अब हे पिता, संसारको सृष्टि हुनु अघि तपाईंको सामु मेरो जुन महिमा थियो, आफनाे उपस्थितिले मलाई महिमित पार्नुहोस्।
यूहन्ना १७:५-६
यस पृथ्वीको जग बसाल्नुभन्दा अघि येशू ख्रीष्ट परमप्रभु परमेश्वर पितासँग एक हुनुहुन्थो। यो नै अन्धकारमा उहाँको ज्योति चम्किरहनु हो। पृथ्वी सुरु हुनुभन्दा अघिको जुन ईश्वरीय तेजस्वीमय र उज्ज्वल महिमा येशूमा थियो, त्यो महिमा मानव अवतार लिएर आउनुभएको उहाँमा पनि थियो।
येशूको अस्तित्व केवल उहाँको दुई हजार वर्ष अघि मानवीय अवतार देखि सुरु भएको होइन। उहाँको अस्तित्व सदाकाल थियो, र उहाँ परमप्रभु परमेश्वरको स्व-अस्तित्व पुत्र हुनुहुन्छ। येशूको पुर्वउपस्थिति वा अस्तित्वले हाम्रो दिमागलाई मिति वा दिन विहिन युगतिर तान्छ। कुनै पनि क्षण वा समय थिएन जसमा उहाँको परमप्रभु अनन्तको परमेश्वरसँग घनिष्ठ दोस्ती थिएन भनेर उहाँले हामीलाई आश्वासन दिनुहुन्छ।
उहाँको दिव्य वा ईश्वरीय जीवनलाई कुनै पनि मानवीय हिसाबले लेखाजोखा गर्न सकिँदैन। यस संसारमा मानव चोला लिएर आउनुभएको अघिको अस्तित्व कुनै पनि मानवीय अनुमान र चित्रणहरूले कोर्न सकिँदैन।
समग्रमा भनुपर्दा उच्चभन्दा पनि उच्च हिसाबमा उहाँ वास्तविक परमप्रभु परमेश्वर हुनुहुन्थ्यो। सारा अनन्तकालदेखि उहाँ परमप्रभु परमेश्वरसँग निरन्तर रूपमा हुनुहुन्थ्यो। उहाँको बारेमा समग्र रूपमा भन्नुपर्दा उहाँ सदासदा आशिष पाउनुभएको परमप्रभु परमेश्वर हुनुहुन्छ। परमप्रभुको अनन्तदेखि अस्तित्व हुनुभएको दिब्य तथा ईश्वरीय पुत्र प्रभु येशू ख्रीष्ट अलग विशेष व्यक्ति हुनुहुन्छ, तैपनि उहाँ पितासँग एक हुनुहुन्थ्यो। स्वर्गका सबै महिमालाई उहाँको महिमाले माथ गरिन्थ्यो अर्थात् उहाँको महिमा स्वर्गको महिमाभन्दा माथी थियो। स्वर्गका सबै बुद्धिजीविहरूको बुद्धि वा ज्ञान उहाँकै खतनमा थियो। स्वर्गदूतहरूले उहाँलाई दिएका पूजनीय आदर र श्रद्धा उहाँले ग्रहण गर्नुहुन्थ्यो र यो ग्रहण गर्ने उहाँको अधिकार थियो।
उहाँ परमप्रभु परमेश्वरको बराबरीमा हुनुहुन्थ्यो। उहाँ अपार, असिमित. र सर्बशक्तिमान हुनुहुन्थ्यो। तर उहाँ विनम्र हुनुभएर वा झुकिएर मरणशील मानवको रूप धारण गर्नुभयो। मानव परिवारको सदस्य भएकोले उहाँ मरणशील हुनुभएको थियो, तर उहाँ परमप्रभु परमेश्वर जस्तै हुनुहुन्छ। यस संसारको निम्ति जीवनको मूलस्रोत उहाँ नै हुनुहुन्थ्यो। उहाँको आफ्नै ईश्वरीय शक्तिले मृत्युको हाँक वा ललकारलाई रोक्न सक्नुहुन्थ्यो र त्यसको प्रभुत्व रहन उहाँ अस्वीकार गर्न सक्नुहुन्थ्यो; तर स्वइच्छाले आफ्नाे जीवन लेटाउनुभयो, जसले गर्दा उहाँले अरूहरूलाई जीवन दिन सकुन् र अमरत्व वा अजम्बरी जीवन भनेको के हो त्यो सबैको सामु प्रस्तुत गर्न सकुन्। सारा संसारका पापहरू उहाँले बोक्नुभयो, पापको दण्डलाई उहाँले भोग्नुभयो, त्यो उहाँमा पहाड जस्तै खसेको थियो। सबै त्याग गरेर उहाँ मानिसको निम्ति बलि हुनुभयो, ताकि मानिस अनन्तसम्म नमरोस्। उहाँ वाध्य भएर मर्नुभएको होइन तर आफ्नै स्वइच्छा वा आत्मनिर्णयले मर्नुभएको थियो।
ख्रीष्टको मानव अवतार र मानिसको निम्ति पश्चातापको विधि पुरा गरिएको अचम्मको रहस्यलाई आदमको प्रत्येक छोरा र छोरीलाई सुनाउनै पर्दछ।
३९