तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।“ फेरि उहाँले भन्नुभयो, “इस्राएलीहरूलाई तिमीले यसो भन्नु,“ “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो’।
प्रस्थान ३:१४
ख्रीष्टमा भएको जीवन मौलिक वा आफ्नै सृष्टिकर्ता हुनुभएकोले सृष्टि नगरिएको, कसैबाट सापटी नलिएको र कसैबाट प्राप्त नभएको हो। “जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ…” १ युहन्ना ५:१२ येशूको ईश्वरीयता नै विश्वासीहरूको अनन्त जीवनको आश्वासन हो।
स्वर्ग र पतित मानव जातीको बीचमा जे जे संवाद वा सम्पर्क भयो त्यो ख्रीष्टबाट नै भएको थियो। परमप्रभुको पुत्रले नै हाम्रा प्रथम् बाबुआमालाई मुक्तिको प्रतिज्ञा दिनुभएको थियो। पुरानो करारका सबै अग्रजहरूको सामु उहाँ आफै प्रकट हुनुभएको थियो। सुसमाचारको सन्देशलाई आदमले बुझेका थिए।
येशू उहाँका जनहरूको निम्ति ज्योति हुनुहुन्थ्यो-संसारको निम्ति पनि ज्योति हुनुहुन्थ्यो। त्यो ज्योति वा दिव्य आत्मज्ञानको स्रोत उहाँ यस संसारमा मानव चोला लिएर आउनुभन्दा अघि हुनुहुन्थ्यो। पापले गर्दा अन्धकारले लपेटिएको यस संसारमा पहिलो आशाको किरण उहाँद्वारा नै छेडिएको थियो। यस पृथ्वीको प्रत्येक पतित मानव प्राणीमा आवश्यक भएको स्वर्गको चमक वा उज्यालोपना उहाँद्वारा नै खसिएको थियो। मुक्तिको योजनामा, येशू अल्फा र ओमेगा हुनुहुन्छ; पहिलो र अन्तिम।
होरेबको पहाडमा मोशालाई येशूले नै “मैँ हुँ म नै हुँ: तिमीले इस्राएली जनहरूलाई म हुँ ले तिमीलाई पठाएको हो भनेर सुनाउनु।“ यो नै इस्राएलीहरूलाई उद्धार गर्ने परमप्रभुको बचनको प्रतिबद्धता थियो। त्यसकारण, उहाँ मानव चोला लिएर आउनुभयो र आफुलाई तिनीहरूको सामु मैँ हुँ भनेर घोषणा गर्नुभयो। बेथलेहममा बालक भएर जन्मिनु भएको येशू विनम्र, शालिन, र दीनहिन मुक्तिदाता हुनुभयो।” हामी स्वीकार गर्दछौं, कि हाम्रो विश्वासको रहस्य अति महान् छ: उहाँ स्वयम् शरीरमा प्रकट हुन पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदुतहरूबाट देखिनुभयो, “जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।” १ तिमोथी ३:१६ ।
यही अबोध बालक प्रतिज्ञा गरिएको सन्तान वा बिऊ थियो, जुन अदनको बगैँचाको ढोकाको बेदीमा औँल्याइएको थियो। उहाँ नै शिलोह अर्थात् शान्ति दिनुहुन्थ्यो। अगमक्ताहरूले भविष्यवाणी गरेको व्यक्ति उहाँ नै हुनुहुन्थ्यो। उहाँ नै सारा राष्ट्रहरूको चाहना थियो। उहाँ नै दाउदको जरा र सन्तान हुनुहुन्थ्यो। उहाँ नै बिहानीको चम्किलो तारा हुनुहुन्थ्यो।
र उहाँले भन्नुभयो: “असल गोठालो मै हु।” “जीवित रोटी वा जीवनको रोटी मै हुँ।” “म नै बाटो, सत्य र जीवन हुँ।” “प्रत्येक प्रतिज्ञालाई पुरा गर्ने मै हुँ। म हुँ: नडराऊ।” परमप्रभु हामीमा हुनु नै हामीलाई पापबाट मुक्त गर्न जमानी हुनुभएको छ।
४०