कसैले विवाद गर्न नसक्ने हाम्रो बिश्वासको रहस्य अति महान् छ: उहाँ स्वयम शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा निर्दोषी वा धर्मी ठहरिनुभयो, सवर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारको बिश्वास जित्नुभयो, महिमामा माथी उचालिनुभयो।
१ तिमोथी ३:१६
सबै रहस्यहरूमा येशूको मानव अवतार सबभन्दा ठुलो रहस्यमय छ। येशू ख्रीष्ट परमप्रभु पितासँग एक हुनुहुन्थ्यो, तैपनि, परमप्रभु पिताको बराबरीमा हुनुभएको उहाँ आफ्नाे उच्च र महिमित स्थानबाट तल झर्न राजी हुनुभयो। पतित मानव जातिप्रति उहाँको प्रेमको लक्ष्य पूरा गर्नलाई उहाँले त्यो कदम चाल्नुभएको थियो। उहाँ हाम्रो हाड र छाला हुनुभयो।
तेजस्वीमय, महिमित, सर्वशक्तिमान, र दिव्य अर्थात् ईश्वरीय ख्रीष्ट र बेथलहेमको गोठमा लेटिरहनुभएको असहाय शिशुको बीचमा कस्तो विशाल अन्तर! परमप्रभु सर्वशक्तिमान परमेश्वर र निरीह अबोध बालकको दुरीलाई हामीले कसरी नाप्न सक्छौँ र? तैपनि, सारा ईश्वरको सारा परिपुर्णता शरीरमा बास भएको र सारा जगत र पृथ्वीका सृष्टिकर्ता गोठमा अबोध र निरीह बच्चा भएर प्रकट हुनुभयो। उहाँ कुनै पनि स्वर्गदुतहरूभन्दा उच्च स्थानमा हुनुहुन्थ्यो, प्रतिष्ठा, सम्मान, गरिमा, र महिमामा उहाँ परमप्रभु पिता परमेश्वरको बराबरीमा हुनहुन्थ्यो, तैपनि उहाँ मानव भेषमा आउनुभयो! ईश्वरीयता र मानवता रहस्यमय तरिकाले मिसिएको थियो, र मानिस र परमप्रभु परमेश्वर एक हुनुभएकाे थियाे ।
अदनको बगैँचामा खडा भएका निर्दोष र निष्कपट आदमको रूपमा येशू आउनुभयो भने पनि परमप्रभुको पुत्र मानव चोला लिएर आउनु भनेको आफुलाई झण्डै असिमित रूपमा अनादारमा झारिएको हुन्थ्यो। परमप्रभुको प्रतिष्ठामा ठुलो बेइज्जतको मामिला हुन्थ्यो। मानव जाति हजारौँ वर्षसम्म पापले गर्दा कमजोरी हुन पुगेको भएतापनि, येशूले मानव चोला लिन स्वीकार्नुभयो। आदमको प्रत्येक बच्चा वंशाणुगतको महान् नियमको कार्यको नतिजामा रहन्छ, उहाँले पनि त्यही नियममा रहन स्वीकार्नुभयो। उहाँका सांसारिक पूर्खाहरूको इतिहासमा वंशानुगतका परिणामहरू देखाइएका छन्। त्यस किसिमको वंशमा हाम्रो दु:ख, कष्ट, शोक, पीडा, र परिक्षाहरूमा सामेल हुन येशू आउनुभएको थियो। उहाँ मानिसै भए तापनि हाम्रो निम्ति पापरहित जीवनको अनुसरणीय उदाहरण बन्नु भएको थियो।
ख्रीष्टले पाप गर्न असम्भव छ भनेर दावी गर्नेहरूले, उहाँ मानव चोला वा स्वभाव लिएर आउनुभयो भन्ने तथ्यलाई स्वीकार्न सक्दैन। के येशू पनि मरुभूमिमा सैतानको प्रलोभनमा पर्नुभएको थिएन र? बालककालदेखि उहाँको मृत्यु नहुञ्जेल सैतानले उहाँलाई आफ्नाे हत्केलामा राख्न अथक प्रयास गरेको थियो।
मानव जातको सबै कमिकम्जोरी र पापमा फस्ने सम्भावनासहित हाम्रो मुक्तिदाताले मानव चोला लिएर आउनुभएको थियो। सैतानको कुनै पनि प्रलोभन, लालसा, लोभमा फस्न सक्ने मानव स्वभाव लिएर उहाँ आउनुभएको थियो। उहाँले नसहनुभएको र नबोक्नुभएको भार हामीले बोकेका छौँ भनेर दाबी गर्न हामीलाई कहिल्यै पनि सुहाउँदैन।
४१