म तिमीहरूसँग अब धेरै बोल्ने छैनँ, किनभने यस संसारको शाषक आइरहेछ। तयसको ममाथि केही शक्ति वा सरोकार छैन।
यूहन्ना १४:३०
ख्रीष्टको मानव स्वभावमा सिद्ध पापरहित जीवनको बारेमा कुनै पनि गलत धारणा हाम्रो निम्ति स्वीकार्य छैन।
हाम्रो कम्जोर र दुर्बलतामा उहाँ हाम्रो दाजु हुनुहुन्छ, तर हामीमा भएका आवेग, अनुराग र सजिलैसँग पापमा फस्ने मिजास उहाँमा थिए। उहाँको स्वभाव खराबले बेरिएको थिएन। यस पापी संसारमा जमिरहेका सबै संघर्ष, आत्मिक, मानसिक, र शारीरिक यातनाहरू उहाँले भोग्नुभएको थियो। उहाँको मानवता नै प्रार्थनाको अत्यावश्यक अवसर हुन पुगेको थियो।
उहाँ पाप गर्न सक्नुहुन्थ्यो; उहाँ सजिलैसँग सैतानको जालमा परेर पतित हुन सक्नुहुन्थ्यो, र उहाँमा एक क्षण पनि पाप गर्ने झुवाव, प्रवृत्ति, र रुचि थिएन।
मानव पतित अवस्थाको स्वभाव लिनु भए तापनि येशू अलिकति पनि पापमा सहभागी हुनुभएन। मानिसलाई घेरिएको कम्जोर र दुर्बलतामा उहाँ पनि पर्नुभएको थियो। हामीहरूको कमीकम्जोरीहरूका भावनाहरू उहाँमा थियो र उहाँ हामी जस्तै सबै प्रलोभन, लालच, र परिक्षामा पर्नुभएको थियो। तैपनि पापप्रति उहाँ अनजान हुनुहुन्थ्यो। उहाँ कुनै दाग, खोट, र दोष नभएको पाठो हुनुहुन्थ्यो। यदि सैतानले उहाँलाई अलिकति पनि पापमा फसाउन सफल भयो भने उसले येशूको शिरलाई घाइते बनाउन सक्थ्यो। तर उसले केवल उहाँको कुर्कुच्चालाई मात्र छुन सकेको थियो। यदि उसले येशूको शिरलाई छोएको मात्रै भएतापनि सारा मानव जातको आशा चक्नाचुर हुन्थ्यो। आदममाथि आएको परमेश्वरको क्रोध उहाँमाथि बर्सिन्थ्यो। ख्रीष्ट र चर्च आशारहित हुन्थे।
अलिकति नियत र सोचमा पनि ख्रीष्टले सैतानको जालको शक्तिमा आफुलाई पार्न दिनुभएन। येशू आफैले यो सुनाउनुभयो, “यस संसारको राजकुमार वा शाषक आउँछ, त्यसको ममाथि केही शक्ति छैन न त मेरो सरोकार नै छ।“
अविश्वास, नैराश्यता, खिन्नता, उत्साहहिनता, र उदासिनताको हिलोमा पार्ने सैतानको प्रयासमा येशूले आफुलाई पर्न दिनु भएन।
येशूको मानवता ईश्वरीयतासँग संयोजन वा सम्मिलित भएको थियो। त्यही बलमा उहाँको विरुद्धमा सैतानले ल्याउने वा उहाँलाई फसाउने प्रलोभन र लालसाहरूको बिरुद्धमा भिड्न सक्नुभएको थियो, तैपनि पापको अलिकति दागलाई पनि आफुमाथि पर्न दिनुभएन। अचम्मको कुरो त यो छ, त्यही शक्ति आदमका प्रत्येक छोरा र छोरीलाई उपलब्ध गराइएको छ। सैतानको कुनै पनि अस्त्रको सामना गर्न र त्यसमाथि विजयी हुन त्यो शक्ति विश्वासद्वारा येशूलाई ग्रहण गर्ने र उहाँको धार्मिक स्वभाव वा गुण अनुसार चल्नेहरूले दाबी गर्न सक्दछन्।
४२