तैपनि परमेश्वरले उहाँको प्रेम हामीलाई यसरी देखाउनुभयो, हामी पापीहरू छँदै हाम्रा लागि ख्रीष्ट मर्नुभयो। र
रोमी ५:८
जब हामी बाइबल अध्ययन गर्छौँ, बाइबलमा खोजनीति गरेर अमुल्य आत्मज्ञानको खजाना खोज्छौँ, तब एउटा महान् सत्यलाई दिमाग र हृदयमा केन्द्रबिन्दु बनाएर राखीरहनु पर्दछ-त्यो हो येशू ख्रीष्ट र उहाँलाई क्रुसमा टाँगिएको। प्रभावको निम्ति लगानी गरिएको प्रत्येक अरू सत्य यही बिषयमा केन्द्रित गरिएको छ। सम्पुर्ण शक्ति, उर्जा, बल, र सामर्थ्य यही विषयसँग सम्बधित छ, अर्थात् हामीमा भएको वा हामीलाई दिएको सबै शक्ति येशू ख्रीष्ट र उहाँको क्रुसको महिमाको निम्ति परिचालन गर्नको लागि हो। सैतानको पन्जामा परेर पाप र जीवनप्रति अचेत भएको मानिसले पुनर्जीवन पाउन सक्दछ। तर त्यो जीवन कुनै अरू माध्यमबाट होइन, केवल हाम्रो मुक्तिको रचनाकारले क्रुसमा के गर्नुभयो त्यसको उपजले मात्र त्यस मानिसलाई नयाँ जीवन दिन सक्दछ।
क्रुसमा येशू झुण्डिएर आफ्नो शिर निहुराएर मर्नुभएको बेलामा उहाँले यस पृथ्वीमा गाडिएको सैतानको राज्यका खम्बाहरू बोक्नुभएको थियो। त्यसैबेला उहाँले सैतानलाई पराजित गर्नुभएको थियो।
सारा स्वर्गदुतहरूले येशूको सुरक्षा र उहाँलाई उद्धार गर्न तम्तयार भइरहे तापनि उहाँले स्वइच्छाले आफुलाई क्रुसमा सुम्पिनुभयो। स्वर्गदूतहरूले पनि येशू ख्रीष्टसँगै कष्ट भोगेका थिए। परमप्रभु सनातन परमेश्वर पिता आफू पनि येशूसँग क्रुसमा टाँगिनुभएको थियो; किनभने येशू पितासँग एक भएर बुनिनुुभएको थियो। जो मानिसहरूले येशूलाई विश्वास गर्न अस्वीकार गर्दछन्, र तिनीहरूमाथि उहाँको प्रभुत्वलाई पन्छाउँछन्, तिनीहरूले सैतानको शाषणमाथि आफुहरूलाई सुम्पिन आफ्नाे आत्मनिर्णयको अधिकार प्रयोग गरेका हुन्छन्। यो हुनु भनेको तिनीहरू उसको दासत्वको बन्धनमा परेर उसको खतनमा रहनु हो। तैपनि सैतानका ती दासहरूको निम्ति येशू ख्रीष्टले आफ्नो जीवन क्रुसमा सुम्पनुभएको थियो।
सारा संसारका पापहरूका निम्ति मर्नुहुने येशू निर्धारित समयको निम्ति चिहानमा पर्नुभएको थियो। परमप्रभु परमेश्वरको न्यायको कारण उहाँ चिसो ढुँगेनी कैदखानामा हुनुहुन्थ्यो। सारा जगतका न्यायकर्ताप्रति उहाँ जवाफदेही हुनुभएको थियो। उहाँ सारा संसारका पापहरू बोकिरहनु भएको थियो, र उहाँको पिताले मात्र त्यस चिहानरूपि कैदखानाबाट छुटाउन सक्नुहुन्थ्यो।
हाम्रा चाहना, चासो, अभिरुचिहरूमा उहाँ आफै परिचित हुनुभएको थियो। मृत्युको मार उहाँले आफ्नाे छातीमा थाप्नुभएको थियो। मानिसको दोष र दण्ड उहाँ आफैले बोक्नुभयो। मानिसको निम्ति परमप्रभु परमेश्वरमा आफूलाई पुर्ण, निष्कलङ्क, र निर्दोष बलि हुन आफुलाई सुम्पनुभयो। हाम्रो निम्ति उहाँ प्रयाश्चित वा क्षमाबलि हुनुभएको थियो। उहाँको त्यस कार्यले गर्दा पापी मानिसलाई उहाँको सिद्ध धार्मिकता प्रदान गर्न र पूर्ण मुक्ति दिने अधिकार आफुलाई सुरक्षित राख्नुभएको छ। जसजसले उहाँमाथि विश्वास राख्छ र उहाँप्रति निष्ठावान हुन्छ उसको निम्ति व्यक्तिगत मुक्तिदाता हुनुहुन्छ भनेर ढुक्क हुनुपर्छ। त्यो मानिस कहिल्यै पनि नासिने छैन बरु अनन्त जीवनमा सहभागी हुन्छ।
मानिसको मुक्तिको निम्ति मोल तिरिसकेको छ। उसमा भएका सबै थोकहरू र उसको आफ्नै जीवनलाई येशूको रगतले छर्किनुपर्दछ। परमप्रभु परमेश्वरमा आफुलाई अर्पित र समर्पित गरिएको र आफु उहाँको हो भनेर महसुस गर्नुपर्छ।
४३