Feb 15, 2025

त्रीएक परमेश्वरको तेस्रो व्यक्तित्व

SCRIPTURE READING — २ कोरिन्थी १३:१३

प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरूसँग रहोस्।
२ कोरिन्थी १३:१३
जसरी परमप्रभु परमेश्वर व्यक्ति हुनुहुन्छ त्यसरी नै पवित्र आत्मा पनि व्यक्ति हुनुहुन्छ भनेर हामीले महसुस गर्न आवश्यक छ।
पवित्र आत्माको आफ्नै व्यक्तित्व छ, नभए हाम्रा आत्मा वा भावनाहरूलाई उहाँले देख्न सक्नुहुन्नथ्यो र हामी परमप्रभु परमेश्वरका छोराछोरीहरू हौँ भनेर अन्तरआत्माले भन्न सक्दैनथ्यौँ। हामी परमप्रभुका सन्तान हौँ भन्ने महसुस गराउने नै पवित्र आत्मा हो। उहाँ ईश्वरीय व्यक्ति पनि हुनुहुन्छ, नभए परमप्रभु परमेश्वरको दिमागमा लुकिएका ज्ञानहरूलाई उहाँले खोतल्नु सक्नुहुन्नथ्यो।
पवित्र आत्मा स्वतन्त्र, सक्रिय, र स्वाधिन वा अरूहरूमा भर नपर्ने माध्यम हुनुहुन्छ। स्वर्गको परमप्रभुले उहाँको इच्छा अनुसार आफ्नाे आत्मालाई परिचालन गर्नुहुन्छ; र मानव दिमागहरू, मानिसले गर्ने न्याय वा मुल्याङ्कन, र मानव परिपाटीलाई उसले सीमा तोड्न सक्दैन, न त उसले पवित्र आत्मालाई उसको स्वइच्छाले परिचालन गर्न सक्दछ। जसरी हावालाई यताबाट बग उताबाट बग भनेर मानिसले भन्ने सक्दैन न त उसले पवित्र आत्मालाई कसकहाँ जाने, के गर्ने, र कसको माध्यमबाट चल्ने, कहिले आउने, कहिले जाने जस्ता हुकुमहरू दिन सक्छ।
पतित मानिसहरूलाई उद्धार गर्न र आफ्नाे लक्ष्य पुरा गर्न परमप्रभुले सुरुदेखि नै पवित्र आत्माद्वारा काम गरिरहनु भएको छ। उहाँले पवित्र आत्मालाई मानव औजारद्वारा प्रयोग गरिरहनुभएको छ। जुन शक्तिले पुरानो करारका हस्ती पुर्खाहरू जस्तै कालिब र यहोशुलाई विश्वास र साहस दिइएको थियो, येशूका चेलाहरूद्वारा प्रथम चर्चलाई प्रभावकारी ढङ्गले परिचालित गरिएको थियो, त्यही शक्तिले युगौँ युगदेखि परमप्रभुका निष्ठावान सन्तानलाई थामिरहनु भएको छ।
आफ्ना जनहरूलाई उचाल्न र उचालिराख्न शक्ति दिउन् भनेर येशूले उहाँका पितासँग अनुरोध गर्नुभएको थियो। येशूको आग्रहमा आफ्ना जनहरूलाई दिइने विभिन्न वरदानहरूमा पवित्र आत्मा सबभन्दा उत्तम र श्रेष्ठ वरदान थियो। पवित्र आत्माको माध्यमद्वारा मानिसहरूलाई नवजीवन संचार वा पुनरुत्थान गरिएको थियो। पवित्र आत्माको सक्रियताबिना ख्रीष्टको बलिको अर्थ हुने थिएन। खराब तत्व वा सैतानको शक्तिले शताब्दीयौँदेखि मानिसहरूलाई आफ्नाे कब्जामा राख्न सफल भएको अचम्म नै मान्नु पर्दछ। त्रीएक परमप्रभुको तेस्रो माध्यमद्वारा मात्रै पापसँग भिड्न सक्छ र जित्न सक्छ। उहाँ कुनै हेरफेर हुने शक्ति वा उर्जामा होइन वा मानिसहरूले अपेक्षा गरेको अनुसार विभिन्न रूप धारण गरेर आउनुहुन्न। तर जब उहाँ आफ्ना भक्तजनमा आउनुहुन्छ तब परमप्रभुको पुरा शक्तिले आउनुहुन्छ। मानिसलाई परमप्रभुको स्वरूपमा पुनर्स्थापित गर्न प्रभावकारी सहयोगी पवित्र आत्मा नै हुनुहुन्छ।
४५

previous
अघिल्लो
अर्को
previous
chat