Feb 16, 2025

तपाईँको निम्ति परमप्रभुको वरदान

SCRIPTURE READING — प्रेरित २:३८।

तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफना पापलाई मानीलिएर छोड्नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्टको नाउँमा बपतीसमा लिनुहोस् र तपाईंहरूले परमेश्वरको वरदान पवित्र आत्मालाई पाउनुहुनेछ।“
प्रेरित २:३८।
आफ्नाे चर्चलाई पवित्र आत्माको वरदान दिनेछु भनेर येशूले प्रतिज्ञा गर्नुभएको थियो। त्यो प्रतिज्ञा येशूका प्रथम चेलाहरूलाई मात्र होइन हामीलाई पनि उपलब्ध छ।
पेन्तिकोस्टको समयमा चेलाहरूले जसरी पवित्र आत्माको निम्ति प्रार्थना गरेका थिए, त्यसरी नै सच्चा भावना, गम्भिर, र लगनशील भएर हामी पनि पवित्र आत्माको निम्ति परमप्रभुसँग पुकार्नुपर्दछ। यदि त्यसबेला तिनीहरूलाई पवित्र आत्माको आवश्यकता थियो भने, अहिले हामीलाई उहाँको झन आवश्यकता छ।
हामीमा भएको चाहना र विश्वासको मात्रा अनुसार परिचालन गर्ने हाम्रो खुबीको अनुपातमा हामीलाई पवित्र आत्मा दिइन्छ। हामीलाई दिइएको ईश्वरीय प्रकाश र दिव्यज्ञानलाई भोगचलन गर्ने शक्ति र अधिकार पवित्र आत्माकै खतनमा हुन्छ।
कतिपय मानिसहरूले प्रभुको प्रतिज्ञालाई विश्वास गर्छन् र त्यसलाई पाएको भनेर दावी गर्छन्; तिनिहरूले येशू र पवित्र आत्माको बारेमा चर्चा गर्छन्, तर तिनीहरूको फाइदा तिनीहरूले उठाइरहेका हुँदैनन्। परमप्रभुका माध्यमहरूले तिनिहरूलाई अगुवाइ गर्न र तिनीहरूको काबुमा राख्न समर्पित जीवन बिताइरहेका हुँदैनन्। पवित्र आत्मालाई हामीले आफुखुशी प्रयोग गर्न सक्दैनौँ। बरु पवित्र आत्माले हामीलाई प्रयोग गर्नुपर्दछ। आफ्ना जनहरूको माझमा परमप्रभुले पवित्र आत्माद्वारा काम गर्नुहुन्छ। हामीले यो दावी गर्न सक्नुपर्दछ, “परमेश्वरले हामीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै हामीहरूलाई उहाँको उद्देश्य पुरा गर्न मन र सामर्थ्य दिनुहुन्छ।” फिलिप्पी २:१३
तर‚ कतिले यस कुरामा अर्पित गर्दैन। तिनीहरू आ–आफ्नै तालमा चल्न चाहन्छन्। त्यसैकारणले तिनीहरूले स्वर्गिय वरदान पाउँदैनन्। जो मानिसहरू नम्र भएर परमप्रभुलाई पर्खन्छन्, उहाँको अगुवाइ र अनुग्रहको लागि अपेक्षा गर्छन्, तिनीहरूलाई मात्र पवित्र आत्मा दिइएको हुन्छ। तिनीहरूको माग र उहाँलाई स्वागत गर्ने चाहना अनुसार शक्ति दिन परमप्रभु पर्खिरहनुभएको छ। यो प्रतिज्ञा हाम्रो निम्ति आशिषमय छ, यसलाई हामीले विश्वास र निष्ठाद्वारा दावी गर्नुपर्छ, त्यसपछि हामीलाई चाहिने सबै आशिषहरूले हामीलाई पछ्याउने छ। यो ख्रीष्टको अनुग्रहको खजाना अनुसार दिइन्छ। प्रत्येक भक्तले आफुले प्राप्त गर्न सक्ने खुबी अनुसार उहाँले आपुर्ति गर्नुहुन्छ।
जब पवित्र आत्मा हृदयमा रहन्छन्, तब मानिसलाई आफ्नै चरित्रको खोटलाई देखाउन अगुवाइ गर्छन्, अरूहरूको कमजाेरीप्रति सदाशयता र दया देखाउन अग्रसर गराउँछन्, आफुलाई क्षमा दिएको चाहना अनुसार तिनीहरूलाई पनि क्षमा दिन आतुरी गर्छन्। पवित्र आत्मा हृदयमा हुनेहरू येशूको जस्तै स्वभाव वा मिजास हुन्छन्। तिनीहरू दयालु, करुणामयी, मायालु, सुशिल, भद्र, शिष्ट, र नम्र हुन्छन्।
पवित्र आत्माले नै प्रेम, आनन्द, शान्ति, सामर्थ्य, वा बल र ढाडस प्रदान गर्नुहुन्छ। यो अनन्त जीवनको इनारमा फोहरा उम्रिरहेको जस्तै हो। यो आशिष सबैलाई सित्तैँमा उपलब्ध छ।
४६

previous
अघिल्लो
अर्को
previous
chat