Feb 17, 2025

रहस्यमय र कोमल उपस्थिति

SCRIPTURE READING — यूहन्ना ३:८

हावा जता मन लाग्यो त्यतै बहन्छ। हावाको आवाज त तिमीहरू सुन्छौ, तर त्यो कहाँबाट आउँछ अनि कहाँ जान्छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्माबाट जन्मिएको मानिस पनि त्यस्तै हुन्छ।“
यूहन्ना ३:८
परमप्रभुको महानतालाई हामी बुझ्न सक्दैनौँ। “परमप्रभु आफ्नाे पवित्र मन्दिरमा हुनुहुन्छ, उहाँको सिंहासन स्वर्गमा छ, उहाँले हरेक ठाउँमा मानिसहरूलाई हेर्नुहुन्छ र तिनीहरूले गरेका काम जान्नुहुन्छ।” भजनसंग्रह ११:४ पवित्र आत्मा सर्वत्र हुनुहन्छ। परमप्रभुको कामको बारेमा, उहाँको व्यक्तिगत चासो र उहाँका हातका कामहरूको बारेमा उहाँ गहिरो रूपमा परिचित हुनुहुन्छ। परमप्रभु परमेश्वरको सम्पूर्ण व्यक्तिगत क्रियाकलापमा पवित्र आत्मा उहाँसँगै भिड्नु भएको छ।
सबैथोक निर्माण गर्ने पवित्र आत्मा हुनुहुन्छ। उहाँले नै मानिसलाई सृष्टि गर्नुभएको थियो। मानिसमा ज्ञान र प्रेम गर्ने खुबी उहाँले नै सृजना गर्नुभएको थियो। मानिसको अन्तर्आत्माको शुद्ध चाहनालाई संतुष्ट बनाउन उहाँ एक्लै हुनुहुन्न। कुनै ठोस वा देख्न नसकिने नीति, दर्शन, वा शिक्षा र कुनै अदृश्य भावनाको तत्वलाई जुरमुराएर राख्दा मानिसको आवश्यकता र यस जीवनमा पाप, शोक, र पीडा भोगिरहेका अन्तर्आत्माको चाहना वा मागलाई संतुष्ट पार्न सक्दैन। दश आज्ञाहरूलाई र त्यसको उर्जालाई मात्र विश्वास गरेर पुग्दैन। दश आज्ञा आफैले करुणा देखाउन सक्दैन। कतिले त दश आज्ञालाई छापामा लेखेर वा पत्थरमा कुँधेर पुजा गर्लान्, तर हामीलाई चाहेको बेलामा चित्कार गर्दा यसले कहिल्यै पनि सहयोग गर्न सक्दैन। सर्वशक्तिमान परमप्रभुको हातले हामीलाई सम्हाल्नुहुन्छ भन्ने ज्ञान हामीमा हुनुपर्दछ। उहाँ हाम्रो घनिष्ठ र अपरिमेय वा अनन्तको मित्र हुनुहुन्छ जसले हामीप्रति दयामाया देखाउनुहुन्छ। उहाँको न्यानो र कोमलताले भरिएको हृदयमाथि विश्वास गरेर उहाँको हातलाई हामीले पक्डि राख्नु पर्दछ। आफु कस्तो छ र आफू कोहो भनेर परमप्रभुलाई प्रकट गर्ने बाइबललाई पनि हामीले हृदयमा सजाएर राख्नु पर्दछ।
आत्मिक कुराहरू आत्मिक मानिसले मात्र बुझ्न सकिन्छ। शारीरिक, सांसारिक, वा भौतिक थोकहरूमा मात्र दगुर्ने मानिसहरूले आत्मिक रहस्यहरू बुझ्न सक्दैनन् न त बुझ्न नै चाहन्छन्। संसारका बुद्धिजीविहरूले परमप्रभुको आत्माले मानव हृदयमा कसरी प्रभाव पार्नुहुन्छ वैज्ञानिक नीतिहरूलाई खोतल्न र व्याख्या गर्न प्रयास गर्दछन्। त्यतातिर अलिकति पनि तिनीहरूले ध्यान दिन थाल्यो भने तिनीहरू सन्देह, अन्यौल, र भ्रमको भुमरीमा पर्दछन्। सरल रूपमा भन्नुपर्दा बाइबलको आत्मिक क्षेत्र परमप्रभुको रहस्यभित्र पर्दछ। कुनै पनि मै हुँ भन्ने मानव दिमागले पुरै बुझ्न सक्दैन। परमप्रभुमाथि आस्था, निष्ठा, र अपरिवर्तित हृदय भएका मानिसहरूले बुझ्नै सक्दैनन्।
पवित्र आत्माको स्वभाव रहस्यमय छ। मानिसहरूले उहाँको बारेमा न त वर्णन नै गर्न सक्छन् न त व्याख्या नै, किनभने परमप्रभुले तिनीहरूलाई प्रकट गर्नुभएको छैन। अनेकौँ भावना र काल्पनिक विद्या वा दर्शनहरूले घचेटिएर बाइबलबाट नै अंशहरू निकालेर अनेकौँ दृिष्टकोणहरू राख्न सक्दछन्। तिनीहरूले आ–आफ्नै तालले धारणाहरू राख्न सक्दछन्; तर ती धारणाहरूलाई स्वीकार गर्दा चर्चलाई बलियो बनाउँदैन, न त सच्चा आत्मिक जीवनको प्रगति नै गर्न सक्छ। मानिस जतिसुकै गहिरिएर बुझ्न खोजे तापनि परमप्रभु वा पवित्र आत्माका रहस्यहरूको बारेमा मौन हुनु नै सुनौलो कदम हो।
४७

previous
अघिल्लो
अर्को
previous
chat