Feb 19, 2025

सान्त्वनाकारी वा सहयोगी र शिक्षक

SCRIPTURE READING — यूहन्ना १४:२६

पिताले मेरो नाउँमा सहायता गर्न पठाउनुहुने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले भनेका सबै कुराको समझना गराउनुहुनेछ।
यूहन्ना १४:२६
पवित्र आत्मा येशू ख्रीष्टको प्रतिनिधी हुनुहुन्छ। उहाँले मानव व्यक्तित्वको वस्त्र पहिरिनुभएको छ। उहाँ मानवीय व्यक्तित्व वा मानवीकरणबाट स्वतन्त्र हुनुहुन्छ। मानवताको पोशाक पहिरिनु भएकोले ख्रीष्ट व्यक्तिगत रूपमा प्रत्येक ठाउँमा एकैचोटी उपस्थिति हुन सक्नुहुन्न। त्यसकारण चेलाहरूको हितको निम्ति उहाँ पिताकहाँ जान आवश्यक थियो र यस पृथ्वीमा पवित्र आत्मालाई उहाँको प्रतिनिधि बनाएर पठाउनु परेको थियो। पवित्र आत्माको सर्वव्यापी उपस्थिति, स्वर्गमा नै रहनुहुने व्यक्तित्व र ख्रीष्टसँग व्यक्तिगत सम्पर्कमा रहिरहनु भएकोले कसैले उहाँमाथि माथ वा उहाँलाई काबुमा राख्न सक्दैन न त उहाँबाट फाइदा नै लिन आँट गर्न सक्दछ। पवित्र आत्माद्वारा प्रत्येक व्यक्ति ख्रीष्टकहाँ पुग्न सक्छ वा उहाँको पहुँचमा छ।
सबै समयमा र सबै ठाउँहरूमा, सबै दु:खकष्ट, शोक र पीडाहरूमा, जब परिस्थिति अन्धकार देखिन्छ र भविष्य अन्यौल भएको हुन्छ, असहाय वा एक्लोपनाको महसुस हुन्छ, तब विश्वाससाथ हामीले प्रार्थना गर्दा त्यसको जवाफको निम्ति सान्त्वनाकर्ता वा सहयोगी पवित्र आत्मालाई हामीकहाँ पठाउनुहुन्छ। परिस्थितिले गर्दा यस संसारका हाम्रा प्रियजन र मित्रहरूबाट हामी अलग हुन्छौँ होला; तर कुनै परिस्थिति, कुनै दुरीले स्वर्गको सहयोगीबाट हामीलाई अलग राख्न सक्दैन। हामी जहाँ भए तापनि, जहाँ गए तापनि, उहाँ जहिले पनि हाम्रो दाहिने हातमा रहेर हामीलाई सहयोग गर्न, समाल्न, दिगो राख्न, उचाली राख्न, र खुशी पार्न तत्पर हुनुहुन्छ...।
पवित्र आत्मालाई “सत्यको आत्मा” भनेर सम्बोधन गरिएको छ। सत्यलाई व्याख्या गर्ने, स्थिर पारी राख्ने र कायम राख्ने पवित्र आत्माको काम हो। सत्यमा सान्त्वना, आराम, र शान्ति हुन्छ तर, संसारका झुटमुट र मानिसलाई फसाएर फाइदा उठाउने खालको विद्या, दर्शन, वा वादमा वास्तविक सान्त्वना, आराम र शान्ति मिल्दैन। बाइबलबाट पवित्र आत्माले मानिसहरूको दिमाग वा चेतनामा बोल्नुहुन्छ र हृदयमा सत्यलाई प्रभाव पार्न सक्छ।
जो मानिसहरू परमप्रभुको आत्माको प्रभावमा रहन्छ तिनीहरू अतिवादी, कट्टर, धर्मान्ध, र अरूमाथि जबरजस्ती धर्मलाई लाड्न खोज्दैन, बरू तिनीहरू शान्त, स्थीर र आफ्नाे विश्वास, आस्था, र निष्ठामा अडिग भएर बस्छ, तिनीहरू कुनै देखावटी वा तडकभडकबाट, बढि खर्चिलो वा अमितव्ययी र असंमयमीबाट स्वतन्त्र हुन्छ। तिनीहरूको सोचबिचार, बोक्ने शैली, र क्रियकलापहरू पवित्र आत्माकै प्रभावमा चलिरहेको हुन्छ। यस संसारमा मानिसलाई अन्यौलमा पार्ने, भ्रममा पार्ने अनेकौँ शिक्षादीक्षा, दर्शन र वादहरू छन्। सत्यको प्रमाणलाई अडिग भएर बस्ने भक्तहरूलाई पवित्र आत्माले अगुवाइ गर्नुहुन्छ र तिनीहरूलाई सुरक्षित राख्नुहुन्छ।
प्रत्येक पुरुष, महिला, र बालक यदि परमप्रभुको आत्माको बशमा चल्दैन भने सैतानलाई उसको जालोमा तिनीहरूलाई फसाउन सजिलो पार्दछ। उसका वचनहरू र उसका चर्तिकलाहरूले अरूहरूलाई सत्यको मार्गबाट टाडा राख्न अगुवाइ गर्दछ।
४९

previous
अघिल्लो
अर्को
previous
chat