Feb 21, 2025

पवित्र आत्माको चित्त नदुखाउनु

SCRIPTURE READING — एफिसी ४ः३०

अनि परमेश्वरका पवित्र आत्मालाई दु:खित नतुल्यायो, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ।
एफिसी ४ः३०
विवेक, अन्तर चेतना, र आन्तरिक आवाज परमेश्वरको आवाज हो। जब मानिसको दिमागमा द्वन्द चल्दछ तब उहाँले हामीलाई कुन बाटो रोज्नुपर्छ भनेर हाम्रो विवेकद्वारा औँल्याउनुहुन्छ। जब त्यस आवाजको प्रतिरोध गर्छ वा त्यसलाई सुन्न चाहँदैन तब पवित्र आत्माको चित्त दुख्छ।
पवित्र आत्मालाई दबाउने शक्ति प्रत्येक मानिसमा छ। के रोज्ने नरोज्ने, के सुन्ने के नसुन्ने, कसको आवाज सुन्ने नसुन्ने भन्ने आत्मनिर्णय वा स्वविवेकको स्वतन्त्रता प्रत्येक व्यक्तिमै निहित भएको छ। तिनीहरू के गर्न चाहन्छ वा कसरी चल्न चाहन्छ त्यो चल्ने स्वतत्त्रता तिनीहरूलाई नै दिइएको छ। हाम्रो मुक्तिदाताको नाउँ र अनुग्रहद्वारा तिनीहरू आज्ञाकारी हुनसक्छ। उहाँको आवाज सुन्न उहाँले सहयोग गर्नु हुन्छ। तिनीहरूले सुन्नुपर्ने आवाजप्रति अवज्ञा गरेर चल्यो वा प्रतिरोध गरेर चल्यो भने त्यसको परिणाम तिनीहरूले नै भोग्नुपर्दछ।
पवित्र आत्माको विरुद्धमा पाप वा ईश्वरनिन्दा कुनै अचानक र आकलझुकल कामले गरिँदैन। तर सत्यको प्रमाणलाई थाहा पाएर पनि त्यसलाई स्वीकार नगर्ने र त्यसको प्रतिवाद गर्न अठोट गरि नै रह्यो वा आफ्नै ढिपीमा अडिग भइरह्यो भने उसको विवेक कठोर हुन्छ। अनि पवित्र आत्माको आवाजलाई पनि चिन्न नसकिने हुन्छ र आफ्नै सुरमा चल्ने मानिसले उहाँको निन्दा गरेको ठहर्छ।
मानिसले मुक्ति पाउने छैन भन्ने आदेश परमेश्वरले दिनुहुन्न। मानिसका आँखाहरूमा अन्धकारका जाली राखिदिनुहुन्न जसमा उहाँको दृष्टी घुम्न सक्दैन।तर पवित्र आत्मालाई रोक्न कदम चाल्ने पहिलो मानिस नै हुन्छ। पहिलो पल्ट पवित्र आत्माको आवाजलाई विवेकले पन्छाउँछ भने दोस्रो पल्ट पनि बेवास्ता गर्न गाऱ्हाे हुँदैन। अनि चौथो पल्ट र बिस्तारै बिस्तारै त्यो आवाजलाई दबाउन सजिलो हुन जान्छ। जब पापको फसलको कटानी गर्ने बेलामा अविश्वास र प्रतिरोधको बिऊ छर्नेहरूले कस्तो फसल बटुल्छ होला!
अर्को कुरा गर्दा, आफूले पाएको प्रत्येक आत्मज्ञानको ज्योतिलाई सजाएर राख्नेले ज्योतिकै फसल जम्मा गर्नेछन्। प्रत्येक पल्ट आएको परिक्षा वा प्रलोभनलाई प्रतिरोध गर्न सक्ने वा थाक्न सक्नेले दोस्रो पल्ट पनि थाम्न बलियो हुन्छ। आफ्नाे स्वार्थलाई जितेर विजयी पाउनेले उच्च र आदर्श विजयी जीवन बिताउने बाटो बनाउन सजिलो हुन्छ।
परमेश्वरले कसैलाई नास गर्नुहुन्न। पश्चाताप नगरिकन पापकै हिलोमा रमाएर बस्ने पापी र दुष्टले आफुले आफैलाई नास गर्दछ।
पवित्र आत्माको बिरुद्धमा पाप भनेको कुनै रहस्यमय वा बुझ्न नसकिने भनेर बहाना गर्न आवश्यक छैन। निरन्तर रूपमा उहाँको आवाजलाई कुल्चिरहन, वेवास्ता गर्न र उहाँको आग्रहप्रति जवाफदेही नभएर हृदयलाई कठोर पार्दै पश्चाताप नगर्नु नै पवित्र आत्माको बिरुद्धमा गर्ने पाप हो।
आफ्नाे जीवनलाई ख्रीष्टलाई नसुम्पिकन उच्च र आदर्श जीवन बिताउँछु भन्ने आश गर्नु बेकार छ।
५१

previous
अघिल्लो
अर्को
previous
chat