प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
१ यूहन्ना ४ः८
“परमेश्वर प्रेम हुनुहुन्छ।” उहाँको स्वभाव, चरित्र, उहाँको व्यवस्था वा नीति अर्थात् दश आज्ञाहरू, प्रेम हो। यो सधैँ थियो र सदासदा रहिरनेछ।
परमेश्वरको प्रत्येक सृजनात्मक शक्तिको प्रकटले अनन्त प्रेमलाई व्यक्त गर्दछ। उहाँकै शक्तिद्वारा गर्मी र जाडो मौसम, बिऊ रोप्ने र कटानी गर्ने समय, दिन, र रात नियमित क्रमबद्ध रूपमा चलिरहन्छ। सारा बनस्पति, बिरूवामा उम्रिने पातहरू र फुल्ने फूलहरू उहाँकै बचनको उपज हुन्। हामीसँग भएको प्रत्येक असल थोक, प्रत्येक सूर्यको प्रत्येक किरण र वर्षाको पानी, प्रत्येक खाने गाँस, जीवनको प्रत्येक क्षण, सबै प्रेमको उपहार हुन्।
स्वर्गमै पहिला सुरु भएको असल र खराबको बीचमा भइरहेको महान् द्वन्ददेखि विद्रोहीहरूको अन्तिम पतन र पापलाई पुरै उन्मुलन गर्ने योजनाले परमेश्वरको अपरिवर्तनीय प्रेमको प्रदर्शन देखाउँदछ। ख्रीष्टको उपहारले परमेश्वर पिताको हृदयलाई प्रकट गर्दछ।
उहाँको अचम्मको उपहार आफ्नाे एकमात्र प्रिय पुत्र यस संसारलाई दिनुभएर आफू को हो भनेर परमेश्वरले चिनाउनुभएको थियो। मानिसका सन्तानहरूलाई देखाउने उहाँको प्रेम यो भन्दा अरू बढि देखाउन सक्दैन भनेर अरू संसारका जीवहरूले देख्न पाएका थिए। यो प्रेम उहाँको कामले देखाएको थियो। उहाँले यस्तो किसिमको त्याग गर्नुभएको थियो कि त्यसको हिसाबकिताब कसैले पनि राख्न सक्दैन।
परमेश्वर, उहाँको स्वभाव, चरित्र, मिजास, र गुणहरूको बारेमा हजारौँ मानिसहरूको गलत धारणाहरू छन्। खास गरेर तिनीहरूले झुटो भगवानलाई सेवा गरिरहेका छन्। (पौराणिक मध्यपुर्व तथा कनानमा देवताहरूको देवता, जीवन, र सन्तान दिने र पानी पार्ने देवता भनेर बाल तथा उसको मुर्तिलाई मानिसहरूले पुज्दथे)। परमेश्वरको बारेमा गलत धारणाले पिरोलिएका मानिसहरू त्यस बाल अर्थात् झुट देवताका सेवकहरू हुन्। के हामीहरूले बाइबलमा प्रकट गरिएको सत्य परमेश्वर जो ख्रीष्टमा हुनुहुन्छ र प्रकृतिले देखाउँदछ, उहाँको पुजा वा आराधना गरिरहेका छौँ कि उहाँको ठाउँमा कुनै दर्शनको मूर्तिलाई हृदयमा सजाएर पूजा गरिरहेका छौँ? परमप्रभु परमेश्वर सत्यको परमेश्वर हुनुहुन्छ। न्याय र दया उहाँको सिंहासनका गुणहरू हुन्। उहाँ प्रेम, दयामाया र कोमल करुणाको परमेश्वर हुनुहुन्छ। उहाँको पुत्र हाम्रा मुक्तिदाताले उहाँको प्रतिनिधित्व गर्दछ। उहाँ धैर्यता र सहनशीलताको परमेश्वर हुनुहुन्छ। यदि त्यस परमप्रभु परमेश्वरको मात्रै हामीले श्रद्धापुर्वक उपासना गरिरहेका छौँ र उहाँको चरित्रलाई आत्मसाथ गर्न खोजिरहेका छौँ भने, हामीले सत्य परमेश्वरको पुजा वा उपासना गरिरहेका छौँ।
५२