Feb 23, 2025

परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न

SCRIPTURE READING — प्रेरित १०ः३४ – ३५

तब पत्रुसले बोल्न थाले, “साच्चैं नै म देख्दछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातीमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोगय हुन्छ।“
प्रेरित १०ः३४ – ३५
परमेश्वर कसैको पक्षपात गर्नुहुन्न। परमेश्वरको सामु राष्र्ट वा जाती सबै बराबर छ तर ती मानिसहरू जसले बाइबलबाट ज्ञान सिके तापनि वा कुन उचित मार्गमा हिँड्नु पर्छ भनेर उहाँको नीति वा व्यवस्थालाई थाहा पाउँदा पाउँदै बेवास्ता गरेर चल्छ भने तिनीहरूले पाउने आशिष श्रापमा परिणत हुनेछ र तिनीहरूले पाउने दया न्यायहरूमा परिणित हुनेछ।
सबै पापहरू एउटै खालका छन् भनेर परमेश्वरले ठान्नुहुन्न। उहाँको सामु कुनै पाप ठूलो हुन्छ भने कुनै पाप सानो हुन्छ। मानिसको दोष उसको पाप अनुसार हुन्छ। यद्यपि सानो ठुलो पाप वा सानो ठुलो गल्ति भनेर पापसँग खेलवाड गर्नु खतरा छ। परमेश्वरको सामु कुनै पाप सानो छैन। मानिसको न्याय वा मुल्याङ्कन पक्षपातपुर्ण हुन्छ। त्यो पनि सतप्रतिसत ठिक हुन्छ भन्ने छैन। तर परमेश्वरले सबै थोक जस्ताको त्यस्तै हेर्नुहुन्छ। जड्याहाँ वा जाँडरक्सी मनपराउने मानिसहरू स्वर्गमा पुग्न सक्दैनन् भनेर बाइबलमा उल्लेख गरिएको छ भनेर तिनीहरूलाई कतिपयले दोषी ठहऱ्याउँछन् भने, घमण्ड, अहँकार, स्वार्थपना र लोभलाई कतिपयले पन्छाएको हुन्छ। तर यी मनोवृत्ति पापहरू परमेश्वरको सामु विशेष आपत्तिजनक छन्, किनभने ती पापहरू उहाँको उदार चरित्रको बिपरित छन्। पापमा प्रवेश नगरेका जगतको वातावरण नै निस्वार्थ प्रेम हो।
पाप सानोतिनो नै किन नहुन् त्यो परमेश्वरको मर्यादा वा चरित्रको विरुद्धमा अति ठुलो छ भनेर हेर्न चाहन्छ भने क्रुसमा हेर्न सकिन्छ। परमेश्वर धेरै असल हुनुहुन्छ त्यसकारण पापीको पापलाई उहाँले आँखा चिम्लनुहुन्छ मानिसहरूले भन्छन् भने कलभरीमा तिनीहरूले हेरुन्। मानिसलाई पापबाट मुक्ति दिन क्रुसबाहेक अरू कुनै उपाय थिएन। येशूको त्याग र बलिबिना फोहरी पापको शक्तिबाट मानव जात भाग्न असम्भव थियो, न त पवित्र जीवहरूसँग फेरि हेमचेम वा संवाद गर्न सकिन्थ्यो। त्यतिमात्र होइन येशूको बलिबिना मानिसहरू सत्य आत्मिक जीवनमा सहभागी हुन पनि असम्भव थियो। त्यसैकारण परमेश्वरका आज्ञाहरू नमान्ने र पापमै रुचाउने मानिसहरूको दोष उहाँ आफैले भोग्नुभयो र पापीहरूको बदलीमा उहाँले बेदना र पीडा भोग्नुभयो। परमप्रभु परमेश्वरको पुत्रको प्रेम, दु:ख, कष्ट, वेदना, र पीडाले पाप कतिको भयानक ठुलो छ भनेर प्रमाणित गर्दछ र उहाँको बलि बिना पापको प्रभुत्वबाट कोही उम्किने आश पनि गर्न सक्दैन न त सत्य उच्च, आदर्श, निस्वार्थी र आत्मिक जीवन बिताउन सकिन्छ। सही, इमान्दारी, अनुसरणीय आत्मिक जीवन बिताउन कोही चाहन्छ भने उसले आफ्ना जीवनलाई येशू ख्रीष्टमा समर्पण गर्नै पर्दछ।
पापको भुमरिबाट कोही उचालिन चाहन्छ भने उसले परमेश्वरको भलाइ, दया र प्रेममा ध्यान दिएर त्यसमा डुबिरहोस्। उहाँकहाँ आउने पापबाट क्षतविक्षत भएको मानिसलाई अस्वीकार गर्नुहुन्न।
५३

previous
अघिल्लो
अर्को
previous
chat