Feb 25, 2025

सनातन परमप्रभु परमेश्वरको उपस्थिति हामीमा जहिले पनि भइरहेको हुन्छ

SCRIPTURE READING — भ‍जन १३९ः७–८

तपाईंका आतमाबाट म कहाँ अलग्ग जान सक्छु? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ, गहिराइमा आफनाे ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
भ‍जन १३९ः७–८
सारा जगतमा सर्वव्यापी र अनन्तको परमेश्वरको उपस्थितिलाई भजनका लेखकले यसरी वर्णन गर्दछन्: “तपाईंका आत्माबाट म कहाँ अलग्ग जान सक्छु? अथवा तपाईंको उपस्थतिबाट म कहाँ भाग्न सक्छु ? म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ, गहिराइमा आफ्नाे ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।” परमेश्वर नभएको कुनै पनि एकान्त ठाउँ हामीले कहिल्यै पनि भेट्टाउन सक्दैनौँ।
परमप्रभु सनातनको परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ जसले स्वर्गहरूमाथी शाषण गर्नुहुन्छ, हामीलाई यो वचन दिनुहुन्छ, “म तिमीहरूको साथमा छु।” जो उहाँका आज्ञाहरू मान्दछन् तिनीहरूले आफुहरूलाई त्यस स्थानमा राख्दछन् जहाँ उहाँको नाउँको महिमाको निम्ति उहाँले तिनीहरूलाई आशिष दिन सक्नुहुन्छ। आफ्नाे स्वार्थलाई प्राथमिकता नदिइकन वा आफ्नाे भाऊ र सम्मान नखोस्ने र उहाँको सेवा गर्नेहरूको साथमा उहाँ जहिले पनि हुनुहुन्छ र सहायता गर्न तत्पर हुनुहुन्छ।
मानिसले बनाएका चर्च, मन्दिर, र भवनहरूमा परमेश्वर बास नबस्नु भएतापनि जब उहाँका जनहरू भेला भएर उहाँको उपासना र आदर गर्छन् त्यहाँ उहाँको उपस्थिति हुन्छ। जब तिनीहरू भेला भएर उहाँलाई खोज्छन्, आफ्ना पापहरूलाई स्वीकार्छन् र एक आपसको निम्ति प्रार्थना गर्छन् त्यहाँ तिनीहरूको साथमा हुनुहुनेछ भनेर उहाँले प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरूको साथमा उहाँ पवित्र आत्माको माध्यमबाट उपस्थित हुनुहुनेछ।
जब येशू स्वर्गमा उक्लनुभयो तब चेलाहरूको माझमा उहाँको उपस्थितिको आभास् अझै पाइएको थियो। उहाँको व्यक्तिगत उपस्थिति तिनीहरूमा थियो। उहाँको प्रेम र ज्योतिले तिनीहरू भरिएको थियो।
त्यसरी नै पवित्र आत्माद्वारा येशू उहाँका भक्तहरूका हृदयहरूमा रहिरने थियो। चेलाहरूसँग उहाँको व्यक्तिगत भौतिक उपस्थितिमा भन्दा उहाँ स्वर्ग जानुभएपछि झन नजिक भएको तिनीहरूले अनुभव गरेका थिए। उहाँको दिव्यज्ञानको ज्योति, प्रेम, र तिनीहरूको जीवनमा उहाँको उपस्थितिको शक्ति तिनीहरूबाट चम्किएको थियो। त्यसले गर्दा जब मानिसहरूले तिनीहरूलाई देखे तब छक्क पर्दै भने, “जब तिनीहरूले पत्रुस र युहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए।“ प्रेरित ४ ः १३ । चेलाहरूलाई उहाँले जे गर्नुभयो त्यही येशूले आज उहाँका भक्तहरूलाई पनि गर्न चाहनुहुन्छ।
हामी प्रभुमा बलियो हुन सक्छौँ र उहाँको शक्तिमा हामी पनि शक्तिशाली हुन सक्छौँ। ख्रीष्टलाई हामीले ग्रहण गर्दा हामीले उहाँको शक्तिको पोशाक लगाएका हुन्छौँ। जब मुक्तिदाता हाम्रो हृदयमा सजिएर बस्नुहुन्छ‚ तब उहाँ हाम्रो सम्पत्ति हुन जान्छ। हाम्रो हृदयमा येशूको उपस्थितिले हामीलाई जोश, जाँगर, उत्साह, र उमङ्ग दिन्छ। हाम्रो जीवनको सम्पू्र्ण आयामहरूको परिचानल गर्न उहाँले उर्जा दिनुहुन्छ र हामीलाई बलियो बनाउनुहुन्छ।
प्रभु येशू तपाईँबाट टाढा हुनुहुन्छ भनेर कहिल्यै पनि नसोच्नुहोस्। उहाँ सधैँ नजिक हुनुहुन्छ। उहाँको प्रेमिलो उपस्थितिले तपाईँलाई घेरिरहेको हुन्छ।
५५

previous
अघिल्लो
अर्को
previous
chat