तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
१ पत्रुस ५ः७
परमप्रभु परमेश्वरले सारा मानिसहरूप्रति चासो राख्नु हुन्छ र रेखदेख गर्नुहुन्छ। तिनीहरूलाई कसैले वास्ता नगरे तापनि वा पन्छाए तापनि उहाँले पन्छाउनुहुन्न। उहाँले सबैलाई प्रेम गर्नुहुन्छ। उहाँको अगाडि सबै मानिसहरू बराबर छन्। यस जीवनमा अत्यन्तै गर्हाै बोक्नु परेकाहरूप्रति उहाँको कोमल हृदय पग्लिएको हु्न्छ। तिनीहरूप्रति उहाँको ठुलो दया र करुणा हुन्छ। परमेश्वरका जनहरूले दु:ख, कष्ट, कठिन परिस्थितिहरूको सामना गर्नैपर्छ। तर तिनीहरूमा आइपरेका अपेक्षा नगरेका कठिनाइहरू जोशिलो भएर सामना गर्नुपर्दछ। संसारले तिनीहरूलाई दिनुपर्ने आशिषहरूलाई संसारले नै वेवास्ता गरेतापनि, तिनीहरूको उच्चतम हितको निम्ति उहाँले तिनीहरूमाथी निगाह देखाउनु भएर तिनीहरूको आवश्यकताहरूको परिपुर्ति उहाँ आफैले गर्नुहुन्छ।
कठिन परिस्थिति र स्थानहरूमा उहाँले उहाँको शक्ति र बुद्धि तिनीहरूलाई प्रकट गर्नुहुन्छ जसले नम्र भएर उहाँसँग हारगुहार माग्छन्। प्रार्थना सुक्नुहुने र प्रार्थनाको जवाफ दिनुहुने परमेश्वरमाथि भरोसा राख्नुहोस्। प्रत्येक आपतकालिन अवस्थामा आफुलाई प्रकट गर्नुभएर उहाँले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। अचम्मको शारीरिक, मानसिक, र आत्मिक क्षमताहरू प्रदान गरेर सृष्टि गर्नुभएको मानिसलाई उसको जीवन सम्हाल्न आवश्यक थोकहरूलाई उहाँले लुकाएर राख्नुहुन्न। आफ्नाे वचन वा बाइबललाई हामीलाई दिनुहुनेले-रूखका पातहरूलाई जीवन दिनुहुने-परमेश्वरले सन्तानहरूप्रति उहाँ संवेदनशील हुनुहुन्छ। हामीलाई आवश्यकता भएका भौतिक कुराहरू हामीले कसरी उपलब्ध गर्ने भन्ने हामीलाई चाहिएको ज्ञानलाई उहाँले रोकिराख्नुहुन्न। कतिपय मानिसहरू खराब गर्ने नियतहरूलाई दिमागमा पोशाइ राखेका हुन्छन् वा सानोतिनो समस्या भएतापनि त्यसलाई बढाइचढाइ गरेर ठुलो बनाउँछन् र चिन्ताले आत्तिन्छन्। त्यसको फलस्वरूप, तिनीहरूले पाएका धेरै आशिषहरूप्रति आभारित हुनुको सट्टा ती परिस्थिति वा कठिनाइ र कुइच्छाले तिनीहरूका आँखाहरू बन्द भएका हुन्छन्। तिनीहरूको अगाडि खडा भएका अवरोधहरूलाई हटाउन, शक्ति वा बलको केवल एकमात्र स्रोत परमेश्वरबाट सहायता माग्नुको सट्टा तिनीहरू उहाँबाट टाढा हुन रुचाउँछन्। ती मानिसहरू बेचैन हुन्छन् र असंतुष्टले तिनीहरू छटपटिन्छन्।
परमेश्वरमाथी विश्वास नगर्नु के राम्रो हो त? परमेश्वरमाथी आभारित किन नहुने? उहाँमाथि भरोसा किन नराख्ने? येशू हाम्रो मित्र हुनुहुन्छ। सारा स्वर्ग नै हाम्रो हितको चासो राख्दछ। जब हामी चिन्ताफिक्री र डराउँछौँ तब त्यसले परमेश्वरको पवित्र आत्माको चित्त दु:ख्छ। हामी एकान्तमा बसेर उदासिन भएर चिन्ताफिक्रि गर्ने बानी बसाल्नुहुन्न। त्यसले हामीलाई थकान र पेलानमात्र पार्दछ। यसले हामीले बोकेका दु:खकष्टलाई हलुको पार्न सहायता गर्दैन। यदि तपाईँ थकित हुनुहुन्छ, गऱ्हाै भारी बोकिरहनुभएको छ र अब के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने तपाईँ जस्तोलाई उहाँले बोलाउँदै हुनुहुन्छ। उहाँले यो आग्रह तपाईँको सामु राख्नुभएको छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफना आत्मामा विश्राम पाउनेछौ।“ मत्ती ११ः२८ २९ परमेश्वरमा हामी विश्राम र शान्ति पाउन सक्दछौँ।
५६