Feb 27, 2025

उद्धार वा आफ्ना जनहरूको भलो गर्ने परमेश्वरको अभिप्राय

SCRIPTURE READING — रोमी ८ः२८

हामी जान्दछौँ, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
रोमी ८ः२८
हामीमा केही बहुमुल्य गुण वा दक्षता छ जुन जसलाई येशूले देख्नुहुन्छ। त्यसको बिकास गरोस् भन्ने उहाँको चाहना छ। यदि उहाँलाई महिमा दिने गुण हामीमा केही छैन भने हामीलाई शुद्धिकरण वा प्रशोधन गर्ने काममा उहाँले समय बरबाद गर्नुहुन्न। बेकारमा ढुङ्गा वा धातु उहाँको भट्टीमा फ्याँक्नु हुन्न। बहुमुल्य प्रशोधनलायक धातु वा कच्चा पदार्थ मात्र उहाँले आगोमा हालेर शुद्ध वा प्रशोधन गर्नुहुन्छ।
परमेश्वरले उहाँका सन्तानलाई बिगार्ने बाटोमा कहिल्यै अगुवाइ गर्नुहुन्न। यदि बिग्रने बाटोमा लाग्न तिनीहरू स्वइच्छा वा स्वविवेक प्रयोग गरेर रोज्छन् भने त्यसलाई उहाँले रोज्नु पनि हुन्न। उहाँसँग सहभागी भएर उहाँको लक्ष्य पुरा गरोस् भन्ने उहाँको चाहना हो। त्यस परिप्रेक्ष्यमा तिनीहरू जीवनमा परिआएका सबै कठिनाइ, परिक्षा, दु:खकष्टकाे अन्तले तिनीहरूलाई कहाँ पुऱ्याउँदो रहेछ भनेर सो तिनीहरूले देख्न सकेको भए कस्तो राम्रो हुन्थ्यो।
अहिले हामीले अनुभव गरिरहेका जटिल र हैरान पार्ने समस्याहरू परमेश्वरकै इच्छा अनुसार आउन दिएका हुन् तर किन भन्ने त्यसको जवाफ, आउने संसारमा स्पष्ट गरि हामीले जवाफ पाउनेछौँ। अहिले बुझ्न कठिन विषय र अनुभवहरू त्यसबेला हामीलाई राम्रोसँग व्याख्या गरि बुझाइनेछ। अनुग्रहका रहस्यहरू हाम्रो सामु उघारिनेछ। अहिले हाम्रो सीमित दिमाग केवल अन्यौलता र टुटिएका प्रतिज्ञाहरूको भुमरिमा छौँ, तर त्यसबेला तिनीहरू हाम्रै हितको निम्ति भएका थिए भनेर हामीले देख्न पाउनेछौँ। हामीले अहिले अनुभव गरेका बेसुर नरमाइलो अनुभवहरू हाम्रै हितको निम्ति भएको थियो भनेर त्यसबेला तिनीहरूको तालमेल सुन्दर तरिकाले भएको र अत्यन्तै सिद्ध वा परिपक्व भएको हामीले देख्न पाउनेछौँ। हामी अग्नीज्वालामा उहाँकै महान् र असीमित प्रेमको कारणले होमिएका हौँ भनेर त्यसबेला पत्ता लगाउनेछौँ।
जो येशूको आत्माले ओतप्रोत भएको छ त्यो व्यक्ति ख्रीष्टसँगै टाँसिएर बस्दछ। कसैले उसलाई आक्रमण गरे वा मुक्का हान्यो भने त्यो मुक्का वा आक्रमण मुक्तिदातामै पर्दछ, किनकि उहाँको उपस्थितिले उसको वरिपरि घेरिरहेको हुन्छ। उसको हितको निम्ति जे आउँछ सो ख्रीष्टबाटै आएको हुन्छ। उसले खराब तत्वसँग मुकाविला गर्न आवश्यकता छैन, किनकि उसको प्रतिरक्षा गर्ने येशू हुनुहुन्छ। परमप्रभुको अनुमतिबिना उसलाई कसैले छुन सक्दैन। “सबै थोक” जुन उसको जीवनमा आउन दिएको हुन्छ त्यो “उसकै भलाइको निम्ति हुन्छ किनकि उसले परमेश्वरलाई प्रेम गरेको हुन्छ।”
स्वर्गमा रहनुहुने परमपिता परमेश्वरसँग हजारौँ उपायहरू छन् जुन हाम्रो हितको निम्ति उपलब्ध छन्, तर तिनीहरूको बारेमा हामीलाई केही पनि थाहा छैन। जो मानिसहरूले परमेश्वरको सेवा गर्ने नितिलाई सर्वोच्च प्राथमिकता दिन्छन्, तिनीहरूको निम्ति सबै अन्यौलता र जटिलताहरू बिलाएर जानेछन् र तिनीहरू हिँड्ने बाटो तिनीहरूको निम्ति सजिलो पारिनेछ।
जसरी साना बालकले आफ्ना आमामाथि सबै भरोसा राख्दछ, त्यसरी नै परमेश्वरको अगुवाइमा भरोसा राख्नु पर्दछ। परमेश्वरको मन्दिरमा हन्नाले उहाँप्रति आभारित भएर यो व्यक्त गरेकी थिइन्, “उहाँले आफ्ना पवित्र जनहरूका खुट्टालाई रक्षा गर्नुहुनेछ, तर दुष्टहरू अन्धकारमा मौन गराइएका हुनेछन्।” “केवल बलले मात्र मानिस प्रबल हुन सक्दैन।” १ शमुएल २ः९ जब हामी सबै हिँड्ने चाललाई उहाँलाई सुम्पिन्छौँ, तब उहाँले हाम्रा कदमहरूलाई निर्देशित गर्नुहुन्छ।
५७

previous
अघिल्लो
अर्को
previous
chat