हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐशवर्य तपाईंकै हुन्, किनकि सवर्ग र पृथवीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राजय तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोचच हुनुहुनछ। १
१ इतिहास २९:११
परमप्रभु हाम्रो पिताहुनुहुन्छ जसले हामीलाई आफ्नै छोराछोरीहरूलाई जस्तै माया र स्याहार गर्नहुन्छ। तर उहाँ सारा जगतका महान् राजा अर्थात् शासक पनि हुनुहुन्छ।
उहाँका हातहरूले बनाएको कुनै पनि बस्तुसँग परमप्रभुलाई तुलना गर्न सक्दैन। ती थोकहरू केवल पृथ्वीका मात्र हुन्। तिनीहरूमा कतिपय त मानिसका पापहरूले गर्दा श्रापित भएको छ। यस पृथ्वीका कुनैपनि थोकहरूद्वारा परमप्रभु पितालाई तुलना गर्न सकिन्दैन। पिता त्रीएक परमेश्वरको सबै सम्पूर्णता वा पूर्णता हुनुहुन्छ। मरणशील मानिसको सामु उहाँ अदृश्य हुनुहुन्छ।
महामहिमा परमप्रभुलाई छोपिएको पर्दालाई अनुमानित दर्शन र तर्कहरूका हातले खोलेर हेर्न कसैले पनि चेष्टा गर्नुहुँदैन। प्रेरित पावलले यसरी चित्कार गर्दछन्: “आहा! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने! “किनभने प्रभुको मनलाई कसले जानेको छ?
अथवा उहाँको सल्लाहकार को भएको छ?“ “अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपरोस्?“ किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै नििम्त हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस्।आमेन।“ रोमी ११:३३-३६ उहाँको शक्ति लुकिनु नै उहाँको दयाको प्रमाण हो। रहस्यका अचम्मका बादलहरू र नबुझ्ने ज्ञानले उहाँ ढाक्नुभएको छ। परमप्रभुको उपस्थितिलाई छोपिएको पर्दाले उघार्न प्रयास पनि गर्नु मृत्युलाई निम्त्याउनु हो। यस संसारको कुनै पनि मैहुँ भन्ने मरणशील दिमागले शक्तिशाली परमप्रभु रहनुभएको स्थान र उहाँका कामहरूको गोप्य स्थानमा घुस्न आँट गर्न सक्दैन। जुन नियतले हामीलाई प्रकट गर्न उपयुक्त भएको उहाँले देख्नु हुन्छ र उहाँले हामीसँग गर्नुभएको कारोबार हामीलाई थाहा पाएको भन्दा बढि हामी बुझ्न सक्दैनौँ। उहाँले सबै थोक उहाँको धार्मिकता, न्यायोचित र निष्पक्षतासाथ काम गर्नुहुन्छ। उहाँले जे गर्नुहुन्छ त्यसप्रति हामी कहिल्यै पनि असंतुष्ट हुनुहुँदैन न त आशङ्का नै गर्नुहुन्छ। तर उहाँलाई आदरभक्ति र श्रद्धाले हामीले हाम्रो जीवनलाई अर्पण गर्नुपर्दछ। हाम्रो भलाइको निम्ति जे असल छ र उहाँका लक्ष्यहरू हामीबाट पूरा हुन लायकको छ सो चाहिँदोमात्रामाती हामीलाई उहाँले देखाउनुहुन्छ। त्यो भन्दा बढि उहाँको सर्वशक्तिमान हातमा सुम्पिनुपर्दछ, त्यो पनि सच्चा, इमान्दार र खुशीले भरिएको प्रेमको हृदयद्वारा।
यह्वे‚ बुद्धि, सबै सत्य सत्य र ज्ञानहरूको मुहान हुनुहुन्छ। हाम्रो सामु उहाँको बिशालताको सिमाना तोकिएकोभित्रमात्र हामी अडिरहनुपर्दछ। उहाँको बारेमा अनेकौँ कल्पना, परिकल्पना, दर्शनहरू हामीबाट बिलाएर जाओस्। सिमित र मरणशील मानिसले परमप्रभुको गहिरो कुराहरू पत्ता लगाउन सक्दैन।
उहाँको असिमित महानता र उहाँको उपस्थितिलाई महसुस भएको भावनालेमात्र प्रेरित भएर परमप्रभु परमेश्वर पिताप्रति अगाढ सत्य श्रद्धा हुन्छ। यस अदृश्य परमप्रभुप्रति भावविभोर भएर प्रत्येक हृदय प्रभावित हुनुपर्दछ।
३३