प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिनन किसिमले परमेश्वर बोलनुभयो। तर यी आखिरी दिनहरूमा उहाँ आफना पुत्रद्वारा हामीसँग बोलनुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समसत सृिषट रचनु पनि भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिमब र परमेश्वरकै सवभावको वासतविक प्रतिरूप हुनुहुनछ, र समपुर्ण विशवलाई आफनाे शक्तिको वचनले सममालनुहुनछ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उचच सथानमा उहाँ विराजमान हुनुभयो।
हिब्रू १:१-३
परमप्रभु अदृश्य आत्मा हुनुहुन्छ; तैपनि उहाँ हावा वा अनगिन्तियौँ धर्मदर्शनहरूले सिकाएको जस्तै ठोस तत्व नभएको आत्मा वा हावा जस्तो अदृश्य भावानात्मक शक्ति नभएर व्यक्तिगत सर्वगुण, स्वभावहरूले सम्पन्न हुनुभएको र व्यक्तित्व भएको जीव हुनहुन्छ। उहाँ कस्तो खालको आत्मिक परमेश्वर हुनुहुन्छ भनेर उहाँले आफूलाई विभिन्न समयमा प्रकट गर्नभएको थियो।
व्यक्तिगत वा ठोस जीव हुनुहुन्छ भनेर परमप्रभुले आफूलाई उहाँको पुत्रद्वारा प्रकट गर्नुभयो। उहाँ सनातन परमप्रभु पिताको महिमा तेज वा चमक हुनुहुन्छ, र “परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ।“ व्यक्तिगत वा वास्तविक प्रतक्ष्य देखिने मुक्तिदाता हुनुभएर येशू यस संसारमा आउनुभयो। उहाँ आफ्ना चेलाहरूले प्रतक्ष्य देख्ने गरेर व्यक्तित्व भएको व्यक्तिगत मुक्तिदाता आकाशमा उचेलिनुभएको थियो। व्यक्तिगत र व्यक्तित्वभएको मुक्तिदाता भएर स्वर्गको दरवारमा हाम्रो निम्ति पहल गरिरहनुभएको छ।
मैले सिंहासन देखेँ जहाँ पिता र पुत्र बिराजमान हुनुभएको थियो। मैले येशूको मुहार हेरेँ र उहाँको मायालु र स्नेहशील अनुहारलाई देखेर म मनमुग्ध भएको थिएँ। पिताको व्यक्तित्वलाई मैले देख्न सकिँन किनकि महिमित ज्योतिको बादलले उहाँलाई ढाकेको थियो। के पिता पनि उहाँको जस्तै रूप थियो कि भनेर मैले येशूलाई सोधेँ। उहाँले त्यही रूप भएको भन्नुभयो। तर मैले देख्न सकिनँ, किनभने उहाँले मलाई भन्नुभयो, “यदि तिमीले उहाँलाई व्यक्तिकोरूपमा देख्यौ भने तिम्रो अस्तित्व त्यहीँ बिलय हुनेछ।“
परमप्रभुको सत्व, तत्व वा उपस्थिति सबै प्रकृतिमा छ भन्ने दर्शन अरू धर्म वा दर्शनहरूमात्र नभएर बाइबललाई विश्वास गर्छु भनेर दावी गर्ने कतिपय इसाईहरूले पनि सिकाउँदछन्। प्रकृति जतिसुकै सौन्दर्यताको वस्त्रले ढाकिएतापनि यो अत्यन्तै खतरनाक र मानिसलाई धोका दिने शिक्षा हो। यदि पृथ्वीका सबै बस्तुहरूमा परमप्रभु हुनुहुन्छ भने उहाँ सबै मानिसहरूमा पनि हुनुपर्दछ। अनि पवित्र वा पापबाट शुद्ध हुन तिनीहरूले आफूहरूसँग भएको आन्तरिक शक्तिको विकाश गरे पुग्छ भनेर सिकाउन ठाल्दछन्। यो सर्वेश्वरवाद वा प्रकृतिका सबै जीव, जन्तु, पत्थर तथा बनस्पतीमा भन्ने विद्याले आफ्नै तर्क निकाल्दछ। मानिसको क्षमा वा प्रायश्चितको निम्ति कुनै दोस्रो व्यक्तिको आवश्यकता पर्दैन। मानिस आफ्नाे लागि आफै मुक्तिदाता हुनसक्छ। यस किसिमको विद्यालाई अङ्गाल्ने मानिसहरूले पूरै बाइबल काल्पनिक दर्शन हो भनेर विश्वास गर्छन्। बाइबल केवल आत्मिक मनगढन्ते धर्मशास्त्र हो र यस भौतिक जीवनमा त्यसको कुनै सरोकार छैन भन्ने जस्ता अत्यन्तै खतरनाक शिक्षा ती मानिसहरूले सिकाउँदछन्।
आफु कस्तो छु, आफ्नाे व्यक्तित्व कस्तो छ, आफ्नाे रूप र स्वभाव कस्तो छ भनेर परमप्रभुले उहाँको वचनमा आफूलाई प्रकट गर्नुभएको छ। परमप्रभुको बारेमा बाइबलमै खोतलेर बुझ्न कोशिश गर्नुपर्छ। बाइबलभन्दा बाहिर गएर वाहिरीय धर्म, दर्शन, वाद आदिमा परमप्रभुको बारेमा खोझ्न थाल्नु आफूलाई नै खतरमा राख्ने हो। कोही पनि मानिस परमप्रभुको स्वभाव वा चरित्रको बारेमा कुनै अनुमान, अड्कल वा कल्पना गर्ने सोखिनमा पर्नु हुन्न। बाइबलभन्दा बाहिर गएर उहाँको व्यक्तित्व वा स्वभावको बारेमा अनुमान गर्नुभन्दा चुपचाप रहुनै बेश छ। मौनता आफै वकृत्व शक्ति हो अर्थात् त्यस मामिलामा चुप रहनु नै प्रभावकारी सन्देश हो। सर्वज्ञानी परमप्रभु कुनै पनि मानिसको छलफल वा वादविवाद भन्दा माथि वा पार हुनुहुन्छ।
३४