उहाँले आफना मानिसहरूका नििमत उद्धार उपलबध गराउनुभयो, उहाँले आफनाे करार सदा िसथर रहोस् भनी आज्ञा गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोगय वा श्रद्धेय छ।
भजनसंग्रह १११:९
परमप्रभुको दर्जा, उपाधिलाई र आदरणीय र गौरबमय नाउँलाई कहिल्यै पनि हल्कारूपमा लिनुहुन्न। उहाँको अपस्थितिमा स्वर्गदूतहरू आफ्ना अनुहारहरू छोप्दछन्। करुब र चहकिलो र पवित्र सेराफिम अगुवा स्वर्गदूतहरू उहाँको सिंहासन अगाडि गम्भीररूपमा श्रद्धापुर्वक झुक्दै आउँदछन्। हामी जस्ता मरणशील, पापी, अधर्मी, सीमित बुद्धि र ज्ञान भएका मानिसहरू प्रभु र सृष्टिकर्ताको सामु झन कस्तो भय र श्रद्धापुर्वक आउनुपर्छ होला! परमप्रभुको पवित्र नाउँलाई श्रद्धा र निष्ठापुर्वक र भयमान्दै प्रयोग गर्नुपर्ने मलाई देखाइएको थियो।
परमप्रभुलाई साधारण नाउँले सम्बोधन गर्नु कतिपयले नम्रताको चिनो हो भनेर सोच्दछन। तिनीहरूले उहाँको नाउँ अनावश्यक, अनादार र साधारण शब्दहरू प्रार्थनामा मिसाएर उहाँको घोर अपमान र विटुलो पार्दछन्। “सर्वशक्तिमान परमप्रभु“-अघोर र भयानक पवित्र सम्बोधनलाई उहाँमाथि सत्यनिष्ठा नहुनेले उच्चारण पनि गर्नुहुन्न। उहाँको नाउँलाई अत्यन्तै कोमल स्वरले र श्रद्धा वा भयको भावनालेबाहेक कुनै पनि ओठले उच्चारण गर्नुहुन्न।
ती मानिसहरू जसले परमप्रभुको महानता, गौरबमय राजकीयता र ऐश्वर्यताको महसुस गर्छन् तिनीहरूले आफ्ना ओठहरूबाट पवित्र भय र श्रद्धापुर्वक उच्चारण गर्दछन्।
कतिपय धर्मगुरुहरूलाई “रेभरेन्ड,“ “राइट रेभरेन्ड,“ “श्रद्धेय“ “प्रभु,“ “गुरु महाराज“ र “स्वामी“ भनेर सम्वोधन गर्दछन्। यदि आज येशू यस संसारमा हुनुभएको थियो भने उहाँले कसैलाई पनि त्यसरी सम्बोधन गर्नुहुने थिएन। उहाँले स्पष्टरूमा भन्नुभएको छ, “तिमीहरूलाई कसैले ‘मालिक’ प्रभु वा ‘स्वामी“ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुगन्छ।तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्याे तिमीहरूको सेवक हुनेछ।“ मत्ती २३:१०-११ “पवित्र, श्रद्धेय (रिभरेन्ड) र भयोयोग्य“ परमप्रभु हुनुहुन्छ भनेर बाइबलले बताउँदछ। कुनचाहीँ मानिस होला जो नाउँले सम्बोधन गर्न योग्य हुन्छ? कतिपय धर्मगुरुहरूले आफूहरूलाई “स्वामी“, “गुरुमहाराज“ “श्रद्धेय“, “रिभरेन्ड“ र “फादर वा पिता“ भनेर सम्बोधन गर्न चाहेतापनि तिनीहरूमा जति पनि आत्मज्ञान भएतापनि र तिनीहरूले धर्म वा धर्मात्माको पगरी लगाएतापनि तिनीहरूले कति नै ती ज्ञानलाई प्रकट गर्न सक्छ र? अझ भन्ने हो भने ती उपाधीहरूका बिल्ला लगाउने कतिपयले परमप्रभुको नाउँ र चरित्रलाई गलत प्रतिनिधित्व गरिरहेकाछन् र उहाँको नाउँलाई आफ्ना स्वाभिमानलाई घुसाएर उहाँको अपमान गरिरहेकाछन्। यो कस्तो दु:खलाग्दो कुरो छ कि ती उच्च र पवित्र ओहोदाका पोशाकमा भाऊ खोज्ने प्रवृत्ति, सांसारिक महत्त्वाकाँक्षा, तानासाही, निर्दयता र सबभन्दा घृणित पापहरू बुनिएकाछन्!”
अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्यहाँ खड़ा भएर उहाँले आफ्नाे नाउँ “परमप्रभु” घोषणा गर्नुभयो। त्यसपछि परमप्रभु तिनको सामुन्नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ।” प्रस्थान ३४:५-७ ख्रीष्टको चर्चको बारेमा यसरी लेखिएको छ, “तिनी यही नाउँले कहलाइनेछन्,” “परमप्रभु हाम्रा धार्मिकता”। यर्मिया ३३:१६ येशूका प्रत्येक निष्ठावानको शिरमा यो नाउँ राखिएको छ।
३५