“म परमप्रभु कहिलयै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सनतान हो, तिमीहरू नषट भएका छैनौ। “
मलाकी ३:६
परमप्रभुको व्यक्तित्व र उहाँका विशेषाधिकार वा परमधिकार, उहाँ कहाँ हुनुहुन्छ र को हुनुहुन्छ भन्ने विषयबस्तुलाई छुन पनि हामीले आँट गर्नुहुन्न। जो आफ्नाे दैनिक जीवनमा उहाँसँग घनिष्ठ सम्पर्क राखिरहन्छ र उहाँको बारेमा गहिरोभन्दा गहिरो ज्ञान हुन्छ, सृष्टिकर्ताको बारेमा व्याख्या गर्न मानव प्राणी असरमर्थ छ भनेर उसले अत्यन्तै गहिरोरूपमा महसुस गर्दछ।
परमप्रभु जहिले पनि हुनुहुन्थ्यो। उहाँ महान् मै हुँ हुनुहुन्छ। भजनसंग्रहका लेखकले घोषणा गर्दछन्, “पहाड़हरू उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्ववर हुनुहुन्छ।“ भजनसंग्रह ९०:२ उहाँ उच्च, गौरबशाली र गौरवमय हुनुहुन्छ। उहाँ अनन्त सम्म रहिरहनुहुन्छ। “म परमप्रभु हुँ। म परिवर्तन हुनेछैन वा बदलिनेछैन,“ उहाँले घोषणा गर्नुहुन्छ। उहाँमा कुनै अस्थिरता छैन, न त आफू को हो त्यसबाट फर्किने उहाँको योजना नै छ। उहाँ “हिजो, आज र सधैँभरि वा सदासर्वदा एकसमान हुनुहुन्छ।“ हिब्रू १३:८ ।उहाँ अपार, असिमित र सर्ववव्यापी हुनुहुन्छ। उहाँको महानता र गौरवमयलाई व्याख्या गर्न हाम्रो शब्दकोषमा शब्द नै छैन।
अस्तव्यस्त भएको यस पृथ्वीमाथि उहाँ बिराजमान हुनुभएको छ; उहाँको आँखाले सबै के के भइरहेको छ सो देख्न सक्नुहुन्छ। उहाँको महान् र शान्त स्थानबाट उहाँले जे उत्तम देख्नुहुन्छ सो गर्द आदेश दिनुहुन्छ।
परमप्रभुका मार्गहरू र उहाँले जे गर्नुहुन्छ त्यसको लेखाजोखा राख्न उहाँले आह्वान गर्नुभएको छैन। उहाँका अभिप्राय र उदेश्यहरू अहिलेको निम्ति उहाँको महिमाको बादलले छेकिएकोछ। तर अलिअलि गरेर त्यसको सत्य महत्त्वलाई प्रकट गरिनेछ। तर उहाँको महान् प्रेम उहाँले लुकाउनुभएको छैन। आफ्नो भक्तहरूसँग कारोबार गर्ने जग वा मुल आधार नै उहाँको प्रेम हो।
उहाँको सिंहासनमाथि इन्द्रेणीले उहाँ सत्य हुनुहुन्छ भनेर आस्वासन दिइन्छ। हामीले उहाँको विरुद्धमा पाप गरेकाछौँ र उहाँको निगाहको निम्ति योग्य छैनौँ। तैपनि उहाँ आफैले हाम्रा ओठहरूमा यो अत्यन्तै अचम्मका याचना वा प्रार्थना राखिदिनुभएको छ: “तपाईंका नाउँको खातिर हामीलाई तुच्छ नठान्नुहोस्। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्। हामीसित गर्नुभएको आफ्नाे करारको सम्झना गर्नुहोस्, र त्याे भङ्ग नगर्नुहोस्।“ यर्मिया १४:२१ पापलाई स्वीकार गर्दै पश्चातापको हृदयले हामी अयोग्य छौँ र हामीले पाप गरेकाछौँ भनेर उहाँकहाँ हामी आयौँ भने हाम्रो क्रन्दन सुन्न उहाँले प्रतिवद्धता गर्नुभएको छ। हामीलाई उहाँले दिनुभएको वचनलाई उहाँले पालन गर्नुभएन भने उहाँको सिंहासनको सम्मान नै जोखिममा पर्दछ।
३६