Feb 05, 2025

अचम्मको प्रेमको प्रकट

SCRIPTURE READING — १ यूहन्ना ३:१

हेर, परमप्रभु पिताले हामीलाई कसताे किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सनतान भनी कहलिएकाहरू हौं, र साँचचै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिनदैन, किनभने तयसले उहाँलाई चिनेन।“
१ यूहन्ना ३:१
स्वर्ग र पृथ्वीमा परमप्रभुको शासनको आधारभूत आदर्शमय सिद्धान्त वा नीति प्रेम हो। भावनात्मकमात्र होइन तर नीतिगतरूमा पनि इसाई जीवनको प्रत्येक पक्षमा प्रेमको नीति बुनिनु पर्दछ। जुन हृदयमा यो पवित्र सिद्धान्तले अड्डा जमाएको हुन्छ उसमा भएका सबै स्वार्थ र आफ्नाे भाऊ खोज्ने प्रवृति वा मिजासबाट उचलिएर बसेको हुन्छ।
जब हामीले परमप्रभुको प्रेमको परिभाषा दिन उपयुक्त भाषा खोज्छौँ तब हामीमा वा शब्दकोशमा भएका शब्दहरू धेरै कमजोर र यही हो भनेर ठम्याएर पक्रि राख्न सक्दैनौँ। उहाँको प्रेमलाई व्याख्या गर्ने कुनै पनि आँटको मूनि हामी बसिरहेका हुन्छौँ। हामी लाचार भएर यो स्वीकार गर्नै पर्छ,“अहँ, परमप्रभुको प्रेमलाई हामीले कुनै हालतमा व्याख्या र परिभाषित गर्न सक्दैनौँ। उहाँका प्रिय चेलाले व्यक्त गरेका भावनालाईमात्र हामी दोहोऱ्याउन सक्छौँ, “हेर, पिताले हामीलाई कस्ताे किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हाे पनि।“ १ युहन्ना ३:१ यस प्रेमलाई वर्णन गर्न कुनै पनि प्रयास दुधे बालकले पहिलो बोलु उच्चारण गर्न प्रयास गरेको जस्तै हुन्छ। उहाँको प्रेमलाई हृदयमा सजाएर चुपचाप प्रशंसा गर्नु पर्दछ। यस मामिलामा मौन रहनु नै उत्तम छ। हाम्रो मौनताले प्रेमको बारेमा जे बोक्नु छ त्यो यथेस्ट छ। प्रेमको चित्तबुझ्दो वर्णन वा परिभाषा कुनै पनि भाषाभन्दा अपार छ।
पुस्तौँ पुस्तामा बाबुआमाको प्रेम मानिसहरूको हृदयमा सारिएको हुन्छ, मानिसहरूको भावनामा प्रेमले गरेर कोमल, दया र करुणाहरू जाग्छन्, तर परमप्रभुको असमित र कहिल्यै रिक्त नहुने अथाह सीमा नै नभएको सागरको तुलनामा त्यो मानवीय प्रेम केवल सानो खोल्चामात्रै हुन्छ। जिब्रोले उच्चारण गर्न सक्दैन न त कुनै कलमले चित्रण नै गर्न सक्छ। तपाईंको जीवनभर दिनदिनै परमप्रभुको प्रेमको बारेमा ध्यान गर्न सन्नुहुन्छ । तपाईं लगनशील भएर प्रेमको बारेमा बुझ्न बाइबलमा खोज्नु सक्नुहुन्छ । तपाईंलाई परमप्रभुले दिनुभएको सबै शक्ति, सामर्थ्य र दक्षतालाई एकत्रित गरेर उहाँको प्रेमलाई सतहमा ल्याउन प्रयास गर्न सक्नुहुन्छ। स्वर्गका परमप्रभु पिताको प्रेम र करुणालाई बुझ्न अनेकौँ त्याग र तपस्या गर्न सक्नुहुन्छ । तर उहाँको प्रेमको अनन्तता वा प्रचुरता ती सबैभन्दा अपार भएको पाइन्छ। तपाईंले युगौँ युगसम्म उहाँको प्रेमको बारेमा अध्ययन गर्न सक्नुहुन्छ तर त्यसको लम्बाइ, चौडाइ, गहिऱ्याइ र उच्चाइले यस संसारको निम्ति बलि हुन प्रेमले अभिप्रेरित हुनुभएको परमप्रभुले आफ्नाे पुत्र दिनुभएको कारण तपाईंले कहिल्यै पनि पुरा बु्झ््न सक्नुहुनेछैन। अनन्तको समयले पनि यसलाई पूर्णरूपमा प्रकट गर्न सक्दैन। यद्यपि, जब लगनशील भएर बाइबल अध्ययन गर्छौँ, ख्रीष्टको जीवन र मुक्तिको बारेमा घोर्दछौँ र चिन्तन गर्दछौ, तब ती महान् विषयबस्तुहरू झन झन बुझ््न हाम्रो समझशक्ति उघार्दै जानेछ।
३७

previous
अघिल्लो
अर्को
previous
chat