यसकारण जसताे तिमीहरूका सवर्गमा हुनुहुने पिता सिद्ध हुनुहुनछ, तिमीहरू पनि तयसतै सिद्ध हुनुपर्दछ।
मत्ती ५:४८
समुच्चरूपमा परमप्रभुको काम सिद्ध, उत्कृष्ट र पक्का छ। जतिसुकै शुक्ष्म वस्तुभएतापनि उहाँले सृष्टि गर्नु भएको थोकले पुर्णता पाएको थियो। उहाँले यस संसारको हेरबिचारमा कसरी सक्रिय हुनुहुन्छ भनेर हेर्न घाँसको सानो टुप्पोलाई हेरे पुग्छ। यदि स्वर्गमा रहनुभएको हाम्रो परमप्रभु पिता परमेश्वर जस्तै सिद्ध, सिपालु, निपुण र परिपक्व हुन चाहन्छौँ भने हामीले गर्ने सानोतिनो काममा विश्वासिलो र भरपर्दो हुनुपर्दछ। जे काम गर्दा उपयुक्त र दामी हुन्छ भने त्यसलाई उपयुक्त, दामी र महत्त्वपुर्ण मानेर गर्नुपर्दछ।
आफ्ना सन्तानको निम्ति परमप्रभुको आदर्श, कल्पना र उदेश्य मानिसको पहुँच वा सोच्ने धेरै माथि छ। मानिसको दिमागैमा घुम्न वा घुसाउन नसक्ने तर उसलाई प्रदान गरिने उच्च आदर्श लक्षण परमप्रभुमा छ। सैतानको शक्तिको नियन्त्रणबाट हामीलाई पुरै छुटाएर आफ्नाे पोल्टोमा राख्ने परमप्रभुको चाहना छ भनेर आत्मज्ञान पाउन चाहन्छौँ भने मुक्तिको योजनामा हामी ध्यान गर्न सक्नुपर्दछ। विनम्र, इमान्दार र नम्र भक्तजनलाई येशूले जहिले पनि पापबाट अलग राख्नुहुन्छ। सैतानका दुष्ट कामहरूलाई नाश गर्न उहाँ आउनुभएको थियो। प्रत्येक पश्चातापी र पापबाट अलग हुन चाहने मानिसलाई पाप गर्नबाट जोगाउन उहाँले पवित्र आत्मा खताउनुभएको हुन्छ।
सैतान र उसका मतियारहरूले अनेकौँ प्रलोभन त देखाउँछ। तर एउटा गलत काम पनि सैतान वा उसका दलालले गर्दा म फसेँ भन्ने बहानालाई परमप्रभुले स्वीकार गर्नुहुन्न। आफ्ना चरित्रको कमिकमजाेरीहरूले गर्दा म यस्तो जालमा फसेँ भनेर येशूका कठित वा मुखलेमात्र ठिक्क पार्ने इसाईहरूले सुनाउँदा सैतान खुशी भएर उफ्रन्छ। यस्तै खालका बहानाहरूले नै मानिसलाई पाप गर्न उक्साउँछ। कसैले पनि पाप गर्न छुटकारा छैन। ख्रीष्टको जस्तो पवित्र मिजास पश्चाताप गर्ने र सत्यनिष्ठामा रहने परमप्रभुका प्रत्येक बालकलाई उपलब्ध गराइएको छ।
सच्चा इसाई वा येशूभक्तको आदर्श चरित्र नै ख्रीष्ट जस्तै हुनु हो। जसरी मानिसको पुत्र येशू आफ्नाे जीवनमा सिद्ध, निष्खोट र निष्कलङ्क हुनुहुन्थ्यो, त्यसरी नै उहाँलाई पछ्याउनेहरूको जीवन पनि सिद्ध, निष्खोट र निषकङ्क हुनुपर्दछ। उहाँमा अगाढ निष्ठा र आस्था राखेर परमप्रभुको चरित्रको महिमा हामीले प्राप्त गरुन् भनेर येशूले हामीलाई आज्ञा दिनुहुन्छ।
एउटा सानोतिनो कामले संतुलित चरित्रलाई ढाल्दछ। एउटा गल्ती वा खराबलाई दवाउनु वा त्यसलाई जित्नुको सा त्यसलाई दिमागमा पोषाइ राखियाे भने त्यसले नै मानिसलाई असिद्ध, अपरिपक्व र दोषी बनाउँछ। त्यसले गर्दा उसले पवित्र सहरमा प्रवेश गर्ने अवसर गुमाउँछ। मुक्ति पाएका कुनै पनि व्यक्तिको जीवनमा पापको कुनै दाग देखिनु हुन्न...।
तपाईंले जे काम गर्नहुन्छ सो लगनशील, इमान्दारी, निष्ठावान भएर सही काम गर्नुहोस्। जब तपाईंले यसरी काम गर्नुहुन्छ, तब परमप्रभुले तपाईंको कामलाई अनुमोदन गर्नुहुन्छ, र एक दिन येशूले तपाईंलाई श्यावास दिएर भन्नुहुनेछ, “स्याबास, असल र विश्वासी सेवक! तिमी थोरै कुरामा विश्वासी भयौ, अब म तिमीलाई धेरै कुराको जिम्मा दिनेछु। तिमी आफ्ना मालिकको खुशीमा सहभागी हो।“ मत्ती २५:२१
३८