किनभने परमेश्वरले संसारलाई यसताे प्रेम गर्नुभयो, कि उहाँले आफना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विशवास गर्ने कोही पनि नाश नहोस्, तर तयसले अननत जीवन पाओस्।
यूहन्ना ३:१६
अत्यन्तै स्नेही, लालयित र मृत्युभन्दा बलियो प्रेम संसारका जनहरूप्रति परमप्रभुको हृदयमा उम्लिरहेको हुन्छ। आफ्नै पुत्र दिनुभएर उहाँले हाम्रो निम्ति सारा स्वर्ग नै एउटै उपहारस्वरूप खन्याउनुभएको थियो।
यहेवाको कहिल्यै पनि नचुक्ने भलोपन र उदाहरता त्यही उपहारद्वारा दिनदिनै हामीमा बगरिरहेको हुन्छ। प्रत्येक रङ्गीबिरङ्गी सुन्दर फूल र त्यसको मीठो वास्ना हाम्रै रमाइलो र आनन्दको निम्ति उपहारस्वरूप दिइएको हो। सूर्य र जून उहाँले नै बनाउनुभएको हो; सारा नक्षत्र जगतमा कुनै पनि तारा छैन जसले त्यसलाई सौन्दर्यता दिँदैन। हामीले खाने स्वस्थ खानाहरूमा कुनै पनि यस्तो थोक छैन जसले हाम्रो शरीरको पोषणको लागि हुँदैन। सबैमा ख्रीष्टको छाप छ। प्रत्येक थोक मानिसको निम्ति परमप्रभु परमेश्वरको अवर्णिय उपहार एकमात्र पुत्रद्वारा उपलब्ध गराइएको छ। ती सबै उपहारहरू परमप्रभुको रचनाहरूमा बगियोस् भनेर उहाँलाई क्रूसमा टाँगिएको थियो।
हाम्रो मानवीय स्वभाव ग्रहण गर्नुभएर मुक्तिदाताले मानवतासँग आफूलाई यस्तो बन्धनमा बाँध्नुभयो जुन कहिल्यै पनि चुँडिने छैन। अनन्त समयसम्म उहाँ हामीसँग जोडिनुभएको छ। “परमप्रभु परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले एकमात्र पुत्रलाई दिनुभयो। उहाँले येशूलाई केवल हाम्रा पापहरू बोक्नमात्र होइन र हाम्रो सट्टामा बलि हुनुभयो। उहाँलाई पतिन जातको निम्ति उहाँले दिनुभयो। उहाँको अपरवर्तनीय शान्तिको राय वा वचन हामीमा छ भनेर ढुक्क गराउन परमप्रभु परमेश्वरले आफ्नै पुत्रलाई मानव परिवारलाई दिनुभयो। त्यो मानवीय स्वभाव येशूले अनन्तसम्म धारण गरिनै रहनुहुनेछ। परमप्रभु परमेश्वर आफ्नाे वचनमा वचनव हुनुहन्छ भनेर पुरा गरेर नै देखाउनुहुनेछ। “हाम्रा नििम्त एउटा बालकको जन्म भएको छ। हाम्रा नििम्त एउटा छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शक्तिका राजकुमार कहलाइनुहुनेछ।“ यशैया ९:६ परमप्रभुले उहाँको पुत्रको व्यक्तित्वद्वारा मानव स्वभावलाई अङ्गाल्नुभएको थियो। सारा स्वर्ग नै मानवतामा सजिएको थियो, र अनन्तको प्रेमको काखमा मानवता लपेटिएको छ।
अतुलनीय विनम्रतमा येशू झुक्नुभएको थियो। त्यसको फलस्वरूप उहाँ परमप्रभु परमेश्वरको सिंहासनको उच्चाइमा पुग्नुभयो। उहाँको त्यो कार्यले उहाँलाई विश्वास गर्ने प्रत्येक मानिस पनि उचालिएर उहाँसँगै सिंहासनमा बस्न प्रावधान बनिएको छ।
३९