भालूले पहिलो पशु सिंहभन्दा शक्ति र महिमामा गिरावट वा कमजोर भएको अवस्थालाई संकेत गर्दछ । महान् बेबिलोन साम्राज्यको सम्पत्ति र भव्यतासँग मादी र फारसी साम्राज्यलाई दाँज्न सकिदैन । “द मेरेस एण्ड पर्सियन” का लेखकले भनेका छन्, “एउटा भालूको क्रूरताको हिसाब र त्यसको रगतप्रतिको प्यासलाई दाँजेर हेर्ने हो भने भालूचाहिँ अति लोभि, खन्चुवा र क्रूर जनावर हो” । मादीहरूको क्रूरतालाई यशैया पुस्तकको १३:१७-१८ पदहरूमा यसरी देखाइएको छ “तिनीहरूका धनुका काँडहरूले जवान मानिसहरूलाई टुक्रा-टुक्रा पार्नेछन्, न त तिनीहरूले केटाकेटीहरूलाई दयाको दृष्टिले हेर्नेछन्” ।
भालू शरीरको एकपट्टिबाट आफैं उठ्यो । त्यो साम्रज्य दुई वटा राष्ट्रियता जुनचाहिँ मादीहरू र फारसीहरूबाट बनेको थियो । यसले एउटा वंशमाथि अर्को वंशको प्रभुत्वलाई जनाउँदछ । मादीहरू प्राचीन वंश थिए जसले पहिले राज गारेका थिए । त्यसपछि आधुनिक वंशका फारसीहरूले मानिसहरूमाथि प्रभुत्व जमाएका थिए । ठीक यही कुरा दानिएल ८ अध्यायमा उल्लेखित दुई सिङ्गे भेंडाले पनि जनाउँदछ । भालूको मुखमा भएको तीन वटा करङहरूले तीन वटा मुख्य शक्तिहरू लिडिया, बेबिलोन र मिश्र देशहरूलाई जनाउँदछ जुन राज्यहरूलाई मादी र फारसी राज्यहरूले पराजित गरेका थिए ।
मादी र फारसी साम्राज्यको चरित्रलाई भालूले उपयुक्त ढङ्गले प्रतिनिधित्व गरेको छ । भालूलाई यसो भनिएको थियो, “उठ् र सक्ने जति मासु खा !” दानिएल ७:५ । बेबिलोन साम्राज्यको भन्दापनि मादी र फारसी साम्राज्यको सिमाना अझै ठूलो थियो । विशेष गरी पूर्वतिर र उत्तरतिर फराकिलो थियो । फारसी राजाले “भारतदेखि कुश (इथियोपिया) देश सम्म १२७ प्रान्तहरूमाथि राज्य गरेको” कुरा एस्तर १:१ पदमा हामीले पढ्न पाउँछौं । अन्त्यमा, मादी र फारसी साम्राज्य विलासी र कमजोर हुँदै गयो । त्यसकारणले ग्रीसको अलेक्जेण्डर महान्ले तिनीहरूलाई पराजित गर्न सफल भए । मादी र फारसी साम्राज्यको सर्वोच्चता ई.पू. ५३९ देखि ई.पू. ३३१ सम्म रह्यो तब अलेक्जेण्डरले फारसीहरूलाई अर्बेलाको युद्ध मैदानमा परास्त गरे ।