Oct 01, 2024

परमेश्वरको हृदयमा अति प्यारो

SCRIPTURE READING — यशैया ४९:१५-१६

“के कुनै आमाले आफ्नाे दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तिमीलाई बिर्सन सक्दिनँ। हेर्, मैले तिमीलाई मेरो हत्केलामा खोपेको छु। तिम्रा पर्खालहरू निरन्तर मेरै सामुनने छन्।
यशैया ४९:१५-१६
येशूको चर्च उहाँको नजरमा अति बहुमूल्यको छ। यो एउटा बाकस हो जहाँ उहाँका बहुमूल्य रत्न र हारहरू छन्। तिनीहरू उहाँका आस्थावान र निष्ठावान भक्तहरू हुन्।
आफ्नै जीवन सुम्पेर ख्रीष्टले चर्चलाई कस्तो प्रेम गर्नुभयो भनेर देखाउनुभएको थियो (एफिसी ५:२५)। चर्चलाई येशूको आफ्नै रगत बगाएर किन्नुभएको थियो। प्रकाशको पुस्तकमा परमेश्वरको ईश्वरीय पुत्र सातवटा सुनौलो पानसहरूको बीचमा हिँडिरहनुभएको थियो भनेर उल्लेख गरिएको छ। ती बलिरहेका पानसहरूमा चाहिने तेल येशू आफैले आपुर्ति गर्नुहुन्छ। दियो बाल्ने उहाँ नै हुनुहुन्छ। “उहाँमा जीवन थियो; र त्यो जीवन मानिसहरूको ज्योति थियो।“ यूहन्ना १:४। कुनै पनि दियो, कुनै पनि चर्च आफै चम्किन सक्दैन। मानिसमा हुने दिव्यज्ञानको ज्योति येशूबाट नै फैलिन्छ। शक्तिशाली परमप्रभु परमेश्वर र थुमा आफै ज्योति हुनुहुन्छ।
चर्चले दु:ख पाइरहन्दा कतिपय समयमा परमेश्वरले बिर्सनुभयो कि भनेर देखिन्छ। चर्चका शत्रुहरूले चर्चलाई हानी र नोक्सान पुऱ्याइरहँदा परमेश्वरको उपस्थिति ओझेलोमा परेको जस्तो देखिन्छ। तर परमेश्वरले बिर्सनुभएको छैन। यस संसारमा चर्च जस्तो उहाँको हृदयको प्यारो अरू केही पनि छैन। चर्चमा सांसारिक नीतिनियमहरू पसेर भ्रष्ट होस् भन्ने परमेश्वरको चाहना होइन। सैतानको प्रलोभन, मोह र जालमा फसेर उहाँका जनहरू हारेको जीवन बिताउन् भन्ने उहाँको इच्छा होइन। त्यस परिस्थितिमा उहाँले तिनीहरूलाई त्यसै छोड्नुहुन्न।
परमेश्वरले हाकाहाकी भन्नुभएको छ कि आमाले आफ्नो दुधे बालकलाई विर्सेपनि वा त्यागे पनि उहाँले त्याग्नुहुन्न न त बिर्सनै हुन्छ। कमलो हृदयले चिन्ता गरेर परमेश्वरले उहाँका जनहरूलाई सम्झिनुहुन्छ। उहाँको सामु सम्झनाको पुस्तक हुन्छ, ताकि उहाँका जनहरूलाई उहाँले उहाँले स्याहार्न कहिल्यै पनि नबिर्सुन्।
“प्रत्येक मानिसको माया बन्धन तोडिन सक्छ,
साथी साथीहरूको बिचमा विश्वासघात गर्ला,
आफ्ना हृदयमा सजाइराखेका छोराछोरीहरूलाई
आमाहरूले सम्झिन छोड्छन् होला,
आकाश र पृथ्वी आखिरमा गायब होला;
तर यहोवाको प्रेमलाई
कसैले परिवर्तन गर्न सक्दैन।“
२७५

अर्को
previous
chat