Oct 02, 2024

शरण दिने सहर

SCRIPTURE READING — भजनसंग्रह १३२:१३-१४

किनभने परमप्रभुले सियोनलाई छाननुभएको छ, उहाँले त्यसलाई आफ्नाे निवासको नििम्त चाहनुभएको छ। “यो सदाकालको नििम्त मेरो विश्रामस्थान हो, म यहाँ सिंहासनमा बस्नेछु, किनकि मैले यही चाहेको छु।
भजनसंग्रह १३२:१३-१४
शताब्दीयौँ देखिको सतावत,ान्द र अन्धकारमा परमेश्वरले आफ्नो चर्चलाई थामी राख्नुभएको छ। उहाँको सत्य चर्चमा एउटा बादल पनि लागेको छैन जुन सामना गर्न उहाँले तयार पार्नुभएको थियो। चर्चलाई आक्रमण गर्ने र उहाँको काममा प्रतिरोध गर्ने शक्तिलाई उहाँले अघि नै देख्नुभएको थियो। उहाँले उहाँको सत्यमा हिँड्ने चर्चलाई त्याग्नुभएको छैन। तर चर्चलाई के हुनेछ भनेर उहाँले भविष्यवाणीद्वारा अग्रिम जानकारीहरू दिनुभएको थियो। ती जानकारीहरू पवित्र आत्माले नै प्रेरित भएका अगमवक्ताहरूद्वारा दिइएका थिए। परमेश्वरको सबै लक्ष्यहरू पूरा हुनेछ। उहाँको दश आज्ञाको विधान उहाँको सिंहासनमा जोडिएको छ, र कुनै पनि दुष्ट शक्तिले यसलाई नाश गर्न सक्दैन। सत्यलाई परमेश्वरले नै प्रेरणा दिनुभएको छ र उहाँले नै सुरक्षित राख्नुभएको छ। समयमा त्यसको विरुद्धमा जाने सबै तत्वहरूमाथि बिजय पाउनेछ।
आत्मिक अन्धकारका युगहरूमा परमेश्वरको चर्च पहाडमाथि बनाइएको सहर जस्तै अटल भएर बसेको थियो। युगौँ युगदेखि र पुस्तौँ पुस्तादेखि स्वर्गको शुद्ध शिक्षादीक्षाहरू बिस्तारै उघार्दै गएका थिए। ती शिक्षादीक्षाहरू परमेश्वरको अनुग्रहको नाट्यशाला हो। उहाँको शक्तिले मानिसहरूका हृदयहरू परिवर्तन भएको हेर्न उहाँ अति प्रसन्न हुनुहुन्छ।
चर्च परमेश्वरको किल्ला हो। यो शरण दिने सहर हो, जुन यस विद्रोही संसारमा स्थापना गर्नुभएको छ। चर्चलाई धोखा दिने, विश्वासघात र गद्दारी गर्ने परमेश्वरलाई नै लक्षित गरिएको ठहर्छ। चर्चलाई परमेश्वरले आफ्नो एकमात्र प्रियपुत्रको रगतको बाजी राखेर किन्नुभएको थियो। सुरुदेखि नै परमेश्वरप्रति बफादारी हुनेहरू मिलेर यस संसारमा चर्च स्थापित भएको थियो। प्रत्येक युगमा परमेश्वरका पहरेदारहरू छन्, जसले तिनीहरू रहेको पुस्तामा परमेश्वरतिर आकर्षित गर्ने विश्वासीलो गवाहीहरू बनेर मानिसहरूको सामु उभिएका थिए। यी पहरेदारहरूले मानिसहरूलाई चेतावनीको सन्देश दिएका थिए। जब तिनीहरू आफ्ना अस्त्रहरू छोड्नुपरेको थियो तब तिनीहरूको काम अरूहरूले गरेका थिए। ती साक्षीहरूसँग गरिएको करारको सम्बन्ध परमेश्वर आफैले गर्न भएको थियो। यसले गर्दा पृथ्वीमा रहेको चर्च स्वर्गको चर्चसँग गाँसिएको थियो। परमेश्वरले उहाँको चर्चको सेवा गर्न उहाँका स्वर्गदूतहरू पठाउनुभएको थियो। नर्कका ढोकाहरू परमेश्वरका जनहरूको निम्ति खोल्न सकिरहेको छैन।
परमेश्वरले उहाँका छोराछोरीहरूलाई अनन्तको प्रेमले प्रेम गर्नुहुन्छ। यस पृथ्वीमा उहाँको हृदयमा सजिएको अत्यन्तै प्रिय बस्तु उहाँको चर्च हो।
२७६

previous
अघिल्लो
अर्को
previous
chat