Oct 16, 2024

सबै थोकहरू प्रमाणित गरेर देखाऊ

SCRIPTURE READING — १ थेसलोनिकी ५:१९-२२

पवित्र आत्मालाई ननिभाओ। अगमवाणीलाई तुच्छ नठान। सबै कुराको जाँच गर। जुन कुरा असल छ त्यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस।
१ थेसलोनिकी ५:१९-२२
“प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो।“ हिब्रू १:१ यी दिनहरूमा परमेश्वरले उहाँको पवित्र आत्माद्वारा दिनुभएका गवाहीहरूद्वारा उहाँ बोल्नुहुन्छ। पहिला त्यस्तो समय कहिल्यै पनि भएको थिएन कि आफ्ना जनहरूलाई उहाँको इच्छाको बारेमा र तिनीहरू कुन बाटोमा जानुपर्छ भनेर उहाँको हृदयदेखि नै परमेश्वरले सिकाउनुभएको थियो।
परमेश्वरले मद्वारा दिनुभएको सुरुका दिनहरूको निर्देशन संसारको अन्तिम दिनहरूमा आत्मसात् गरेर पछ्यायो भने उहाँका जनहरू सुरक्षित नै हुनेछन्।
मेरा टेस्टिमोनिज वा लेखन सामग्रीहरू तिनीहरूको फलबाट नै मूल्याङ्कन गरियोस्। ती सामग्रीहरूमा दिएका शिक्षा कुन आत्मा, जोश वा भावनाले दिएका हुन्? तिनीहरूको प्रभावको नतिजा कस्तो थियो? मैले दर्शनमा पाएका ज्ञानहरूको फाइदा उठाउन चाहने वा फलहरू पाउन सबैले तिनीहरूलाई अध्ययन गर्न सकिन्छ।
तपाईंहरू आफैले अध्ययन गरेर मेरो काम परमेश्वरको हो कि होइन थाहा पाउनुहोस्। परमेश्वरले सैतानसँग साझेदार भएर कहिल्यै पनि काम गर्नुहुन्न। मेरा सामग्रीहरूमा कि त परमेश्वरको छाप छ कि त सैतानको। यस मामिलामा आधा हो, आधा हो भन्ने छैन। टेस्टिमोनिज वा मैले लेखेका गवाहीहरू कि त परमेश्वरको आत्माको अगुवाइले लेखेका हन् कि त सैतानको।
परमेश्वरले दिनुभएको गवाहीलाई नििश्क्रय पार्न सैतानले चल्ने अन्तिम चाल हो। “जहाँ दर्शन-प्रकाश छैन, त्यहाँ मानिसहरू भाँड़िन्छन्। तर त्याे मानिस धन्य हो, जसले व्यवस्था पालन गर्छ।“ हितोपदेश २९:१८ ।परमेश्वरका बचेखुचेका सन्तानले सत्य गवाहीप्रति शङ्का गरुन् र ती गवाहीहरू तिनीहरूको हातमा नपरुन् भने सैतानले बढो चलाखी र अनेकौँ जुक्तिहरू निकाल्ने छन्। तिनीहरूको प्रभावलाई अबमूल्यन गर्न सैतानले विभिन्न तरिका र माध्यमहरू अपनाउनेछन्। बाइबलसँग बाझिने तर होकि भन्ने अनेकौँ किसिमका दर्शन र चमत्कारीय कामहरू देखाएर मानिसहरूलाई गलत बाटोमा सैतानले लानेछ। उसले नै सत्यलाई असत्य मिसाएर सत्य हो भनेर मानिसको सामु अनेकौँ धारणा र शिक्षाहरू प्रस्तुत गर्नेछ। मलाई देखाएका दर्शनहरू अतिवादी हुन् नपढोस् भनेर पन्छाउन सैतानले अनेकौँ चालबाजीहरू खेल्नेछ। तर बाइबलको सत्यको ज्ञानलाई पारख हुनेहरूले मेरा गवाहीहरू सत्य हुन् कि होइनन् भनेर छुट्याउन सक्नेछन्।
जब मेरा टेस्टिमोनिज वा गवाहीका पुस्तकहरू एकफेरा विश्वास गरेर पछि शङ्का गरेर वेवास्ता गर्छन् तब सैतानलाई थाहा हुन्छ कि परमेश्वरका जनहरूलाई धोखा दिन सफल भयो। त्यतिकैमा उसले छोड्ने छैन। उसले मेरा सामग्रीहरूप्रति खुलेआमरूपमा आक्रमण गरेर विद्रोह गर्न प्रयास गर्नेछ। यो कदमलाई समाधान हुन कुनै औषधी हुनेछैन र यसले सैतान र उसका मतियारहरूको नाशतिर लानेछ।
३९१

previous
अघिल्लो
अर्को
previous
chat