Oct 18, 2024

येशूप्रति निषठाको प्रमाण

SCRIPTURE READING — यूहन्ना १३:१७

यदि तिमीहरूले यी कुरा जान्याै र ती गऱ्याै भने, तिमीहरू धन्य हुनेछौ।
यूहन्ना १३:१७
एक आपसको गोडा धुने विधि धार्मिक विधि भनेर येशूले स्थापना गर्नुभएको थियो। परमेश्वरका जनहरू उहाँप्रति कतिको भक्तिभाव र निष्ठा छ भनेर जाँच्न त्यो विधि दिइएको थियो। यथार्थमा येशूको बचनमा विश्वासीहरू बफादार भएको छ भनेर त्यस विधिको इमान्दारीपूर्वक पालनाले प्रमाणित गर्दछ। जब आधुनिक इस्राएल वा चर्चले यो पवित्र बिधि अपनाएपछि प्रभुभोजको विधि हुन्छ जसमा प्रभुको मृत्युमा आफूहरू पनि सहभागी भएको छ भनेर प्रतिकको रूपमा स्थापना भएको थियो।
यी बिधीहरू ख्रीष्टका चेलाहरूकै हितको निम्ति दिइएको थियो। जब उहाँले आफ्नो मुखारबाट यो वचन उच्चारण गर्नुभयो त्यसलाई येशूभक्तहरूले व्यवहारिकरूपमा उतारोस भनेर उहाँले अपेक्षा गर्नुहुन्छ, “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।...यदि तिमीहरूले यी कुरा जान्याै र ती गऱ्याै भने, तिमीहरू धन्य हुनेछौ।“ यो गोडा धुने चलनले त्यसमा भाग लिनेहरूको आत्मिक स्थिति कतिको सकल र सत्य छ, तिनीहरूको हृदय र दिमाग प्रभुप्रति कतिको निष्ठावान भनेर जाँच्ने उद्देश्यले स्थापना भएको थियो।
तिनीहरूको खुट्टा धुँदैमा तिनीहरूको पाप पखालिन्दै भन्ने ज्ञान चेलाहरूले बुझ्नुपर्छ भन्ने ख्रीष्टको चाहना हो, तर यस नम्रताको विधिले तिनीहरूको हृदय सफा छ भनेर जाँचेको हुन्छ। यदि हृदय सफा छ भने, त्यो सफा छ भनेर यो गोडा धुने विधिले प्रकट गर्दछ। त्यसकारण, यो विधि महत्त्वपूर्ण छ। उहाँले उहाँलाई विश्वासघात गर्ने यहूदाको पनि गोडा धुनुभएको थियो; तर उहाँले भन्नुभयो, “तिमीहरू सबै सफा वा निष्कलङ्क छैनौ।“ धोखेवाज यहूदाको हृदयलाई येशूले भन्डाफोर गर्नुभएको थियो। यहूदाले उसको प्रभुलाई गद्दारी गर्नेछ भनेर सबैलाई प्रकट गर्नुभएको थियो। तर जब उहाँले यहूदाको गोडा धुनुभयो तब उसको आत्मालाई नैतिक प्रदुषण वा अपवित्रतालाई सफा गरिएको थिएन।
जब विश्वासीहरू नम्रता र प्रभुभोजको विधिको निम्ति भेला हुन्छन् तब मानव दृष्टिले नदेखेका दूतहरू त्यहाँ उपस्थित हुन्छन्। स्वर्गका दूतहरू चासो लिएर त्यस विधिलाई हेरिरहन्छन्। प्रत्येक पल्ट यी विधिहरू अपनाइन्छ त्यसबेला ती अदृश्य पाहुनाहरू त्यहाँ खडा हुन्छन्।
आफूले स्थापना गर्नुभएको विधिलाई अनुमोदन गर्न पवित्र आत्माद्वारा ख्रीष्ट त्यसबेला उपस्थिति हुनुहुन्छ। मानिसको हृदयलाई पाप देखाउन र नरम पार्न उहाँ त्यहाँ हुनुहुन्छ। कुन नियतले यी विधिहरू पालन गर्छन् त्यो उहाँलाई थाहा भएको हुन्छ। नरम र चुर्ण हृदय भएकाले पश्चाताप गरोस् भनेर उहाँ पर्खिरहनुहुन्छ। त्यस मानिसलाई ग्रहण गर्न ख्रीष्ट तयार हुनुहुन्छ। जसले यहूदाका खुट्टाहरू धुनुभयो त्यसरी नै पापको दागले फोहर भएको प्रत्येक मानिसको हृदयलाई सफा गर्न उहाँ उत्सुक हुनुहुन्छ। जो जो उहाँतिर नजर राखेर ती विधिहरूमा भाग लिन्छन् तिनीहरूले ठूलो आशिष पाउँनेछन्।
२९४

previous
अघिल्लो
अर्को
previous
chat