Oct 28, 2024

सारा संसारमा सुसमाचार

SCRIPTURE READING — मत्ती २४:१४

अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।
मत्ती २४:१४
अभिषेक गरिएका पास्टर, गस्पल वर्कर र चर्चका एल्डर वा अगुवाहरूमाथिमात्र यो महान् आदेशको जिम्मेवारी बोकाएको छैन। प्रत्येक व्यक्ति जसले येशूलाई ग्रहण गर्छ, बप्तिस्मा लिन्छ र लिने बेलामा सुसमाचार सुनाउन सहभागी हुन्छु भनेर किरिया खान्छ त्यसले अन्य जनको मुक्तिको निम्ति काम गर्न बोलाइएकोहुन्छ। “पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।“ जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।“ जो तिर्खाउँछ त्याे आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्।“ प्रकाश २२:१७ यो आऊ भन्ने आह्वान चर्चका सम्पूर्ण विशवासीहरूलाई लागु हुन्छ। प्रत्येक येशूभक्त जसले यो आवाजलाई सुन्छ त्यसले सुसमाचारको सन्देश पहाडदेखि उपत्यकासम्म सबैलाई “आऊ“को प्रतिध्वनी गर्दै आह्वान गर्नुपर्छ।
केवल मिशनका पदाधिकारी वा पास्टर वा चर्चका कर्मचारीहरूलाईमात्र सुसमाचार सुनाउने जिम्मा दिएको छ वा तिनीहरूमाथिमात्र भरपर्छ भन्ने कुनै पनि इसाईको सोच नै घातक सोच हो। प्रत्येक विनम्र, मामुली, सेखी नगर्ने, आफ्नो भाऊ वा कदर नखोज्ने र येशूमा समर्पित विश्वासीमाथि प्रभु येशूले उहाँको बगैँचाको हेरचाह गर्न अर्थात् मानिसहरूलाई सुसमाचार सुनाउने भार बोकाइदिनुभएको छ। ठूलो जिम्मेवार बोकेका मिशनका पदाधिकारीहरूमाथि चर्चका सर्वसाधारण सदस्यहरूलाई प्रोत्साहन दिनु आवश्यक छ। चर्चका अगुवा वा कर्मचारीहरू भएर काम गर्नेहरूले यो महसुस गर्नु आवश्यक छ कि सुसमाचार सुनाउने आदेश उहाँको नाउँलाई विश्वास गर्ने सबैलाई प्रभुले खटाउनुभएको छ। पास्टर हुन्, एल्डर हुन् अभिषेक नगरेका र चर्चले तलब नदिएका हुन्, तिनीहरूलाईमत्र नभएर धेरै निष्ठावान सर्वसाधारण विश्वासीहरूलाई आफ्नो बगैँचामा काम गर्न परमेश्वरले खटाउनुहुन्छ।
मुक्तिको सुसमाचार ग्रहण गर्ने र सुसमाचार सुनाउने काममा आफू पनि संलघ्न हुनेछु भनेर बप्तिस्माको समयमा भाकल गर्ने सयौँ, हजारौँ र लाखौँ सेभेन्थ-डे एडभन्टिस्टहरू संसारको बजारमा अझै पनि अल्छि भएर ठिँग उभिरहेकाछन् वा सुसमाचार सुनाउने कुनै न कुनै सेवाकार्यमा संलघ्न हुन अस्वीकार गरिरहेकाछन्। ती मानिसहरूलाई ख्रीष्टले भनिरहनुहुन्छ, “हे अल्छि वा निश्कृय हुनेहरू हो, यहाँ किन दिनभरी उभिरहेका छौ“ अनि उहाँले थप्नुहुन्छ, “जाऊ, बगैँचामा काम गर।“ मत्ती २०:६,७। तर येशूको त्यो आह्वानलाई धेरैले किन वेवास्ता गरिरहेकाछन्? तिनीहरूलाई चर्चमा प्रचार गर्न नदिएको, कुनै पद वा भाऊ नदिएको र चर्चले नखटाएको वा आर्थिक सहयोग नगरेको बहाना बनाउँदै सुसमाचार सुनाउने जिम्मेवारीबाट तिनीहरू पन्छिएर बस्छन्। चर्चको परिसरभन्दा बाहिर वा मिशनका कर्मचारी भएर खटेर काम गर्नेभन्दा धेरै कामहरू छन् जो हजारौँ हजार सर्वसाधारण वा चर्चको तलब खाएर काम नगर्ने तर येशूमा समर्पित विश्वासीहरूको अवस्थित छन् भनेर सबैले महसुस गर्नु अनिवार्य छ।
चर्चका सबै सदस्यहरूमा सेवाको भावनाले प्रेरित होस् भनेर परमेश्वरले धेरै समयसम्म पर्खिरहुनभएको छ। येशूका प्रत्येक भक्तले आआफ्नो क्षेत्रमा आ-आफ्नो खुबी वा दक्षता अनुसार उहाँको निम्ति काम गरुन् भन्ने उहाँको हृदयको चाहना छ। जब परमेश्वरका चर्चका सदस्यहरूले, घरमा होस् वा बाहिर होस् सुसमाचार सुनाउने आदेशलाई हृदयंगम गरि यो काम मिसनकोमात्र होइन मेरो पनि हो भनेर जिम्मा लिन्छन् र युगको अन्त्य हुने चेतावनी सारा संसारलाई तिनीहरूले दिन्छन्, तब प्रभु येशू आफ्नो शक्ति र महामहिमासँग यस संसारमा फर्किनुहुनेछ।
३०३

previous
अघिल्लो
अर्को
previous
chat