Oct 20, 2024

मेरो रगतमा स्थापित नयाँ करार

SCRIPTURE READING — लूका २२:२०

यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भननुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो।
लूका २२:२०
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। लूका २२:२०।
आफ्ना चेलाहरूसँग रोटी र रस खानुहुँदा ख्रीष्टले आफूलाई तिनीहरूको मुक्तिदाता हुने प्रतिवद्धता जाहेर गर्नुभएको थियो। तिनीहरूलाई नयाँ करार सुम्पिनुभएको थियो। त्यसले गर्दा उहाँलाई ग्रहण गर्ने सबैजना परमेश्वरका सन्तान हुने हक पाएको थियो र ख्रीष्टसँग साझा उत्तराधिकारी हुने अवसर मिलेको थियो। यस नयाँ करारले यस जीवन र आउने जीवनमा स्वर्गबाट दिइने प्रत्येक आशिष तिनीहरूको हुनसक्ने भएको थियो। येशूको रगतले त्यो करार अनुमोदन गरिएको थियो। यो प्रभुभोजको पवित्र विधि पालन गर्दा येशूको असिमित बलिदानलाई उहाँका चेलाहरूले याद गरिराख्नु परेको थियो। त्यो बलिदान व्यक्तिगतरूमा तिनीहरूको निम्तिमात्र नभएर सारा पतित मानव जगतको निम्ति थियो।
प्रभुभोजको बिधि शोकित भएर मनाउने होइन। त्यसको लक्ष्य त्यो होइन। प्रभुका चेलाहरू टेबुल वरिपरि जम्मा भएका थिए। त्यसबेला तिनीहरूको कमिकमजोरी सम्झनु र त्यसको लागि बिलाप गर्ने समय थिएन। तिनीहरूको विगत धार्मिक अनुभवलाई चिन्तन गर्ने पनि होइन। तिनीहरूका त्यो अनुभव तल भएको कि माथि भएको त्यो त्यसबेला सोच्नु उपयुक्त थिएन। तिनीहरूको बीचमा भएको असहमती वा कचकच सम्झिने बेला पनि त्यो थिएन। प्रभुभोजमा आउनुभन्दा अघि तयार गरेको समयमा ती सबै गरिसक्नुपर्दथ्योऊ। आत्म आलोचना, पापको स्वीकार र एक आपसमा मेलमिलाप प्रभुभोजमा आउनुभन्दा अघि भइसकेको हुनुपर्दछ। त्यो समय ख्रीष्टसँग भेट्न आउने समय हो। तिनीहरू क्रूसको छायाँमुनि होइन तर मुक्तिदिने ज्योतिमुनि उभिनु पर्दछ। प्रभुभोजमा आउँदा तिनीहरूको हृदयमा धार्मिकताको सूर्यको चमकको किरणलाई ग्रहण गर्न खुला हृदयले आउनुपर्दछ। तिनीहरूका हृदयहरू ख्रीष्टको अत्यन्तै अमूल्य रगतले पहिले नै धोइसकेको हुनुपर्दछ। उहाँको उपस्थिति प्रति तिनीहरूको विवेक सजग हुनुपर्दछ। तिनीहरूले नदेखेतापनि उहाँका यी बचनहरू सुन्न सक्नुपर्दछ, “शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नाे शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्ताे म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।” यूहन्ना १४:२७ ।
पापको प्रायश्चितको निम्ति येशूले गर्नुभएको बलि पर्याप्त र पूरा थियो। यो उहाँको रगतले लालमोहर लगाएको नयाँ करार हो। धेरै जनाहरूको पाप मोचनको निम्ति त्यो बलि भएको थियो। यो कुरो ख्रीष्टले प्रभुभोजमा घोषणा गर्नुभएको थियो। जो व्यक्तिले विश्वासद्वारा त्यो रस पिउँछ उसले शान्ति पाउँछ र आत्मिक रूपमा शुद्ध भएको हुन्छ। यो गिलियाडको मलहम हो, पापले गर्दा तहसनहस भएको व्यक्तिको आत्मिक, मानसिक र शारीरिक स्वास्थ यसले तन्दुरुष्ट पार्दछ।
२९६

previous
अघिल्लो
अर्को
previous
chat