Oct 13, 2024

हाम्रो समयमा अगमवक्ताको आवाज

SCRIPTURE READING — योएल २:२८

त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्।
योएल २:२८
पापबाट मुक्ति पाउने आवश्यक ज्ञान परमेश्वरले मानिसहरूलाई उहाँको वचन बाइबलद्वारा सुम्पनुभएको छ। पवित्र धर्मशास्त्रहरू परमेश्वरको चाहनालाई प्रकट गर्ने आधिकारिक र कहिल्यै गलत नहुने गरि प्रकट गरिएको छ भनेर सबैले स्वीकार्नुपर्दछ। मानिसको चरित्रको स्तरलाई निर्धारण गर्ने, शिक्षादीक्षा वा ईश्वरीय ज्ञानहरूलाई प्रकट गर्ने र सबै अनुभवहरूलाई जाँच्ने औजारको रूपमा परमेश्वरले हामीलाई बाइबल दिनुभएको हो।
परमेश्वरको वचनले उहाँको इच्छा प्रकट गर्छ भन्ने धारणाकोसाथै मानिसहरूलाई अगुवाइ गर्न पवित्र आत्माको उपस्थिति पनि छ भनेर स्वीकार्नु अनिवार्य छ।
पुरानो र नयाँ करार दिएको युगहरूमा व्यक्तिविशेषहरूका दिमागमा पवित्र आत्माले आत्मज्ञानको ज्योति दिन रोक्नुभएको थिएन। ती ज्ञानहरू पवित्र धर्मशास्त्रमा खाँदिएमा प्रकट गरिएको ज्ञानहरू बाहेक थिए। विभिन्न युगहरूमा अगमवक्ताहरू थिए भनेर बाइबलले बताएको छ तर तिनीहरूका सबै वचनहरू लिखितरूपमा छैन। त्यसैरूपमा बाइबल धर्मशास्त्रका पुस्तकहरू निर्धारण गरेको समयपछिपनि पवित्र आत्माको काम निरन्तररूपमा जारी थियो। परमेश्वरका जनहरूलाई दिव्यज्ञान दिन तथा आत्मज्ञानले सुसज्जित पार्न, चेतावनी दिन र सान्त्वना दिन पवित्र आत्मा सक्रिय भइरहनुभएको थियो।
“अन्तिम दिनहरूमा“ दर्शनहरू दिनेछु भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो। तर ती दर्शनहरूबाट दिइने आत्मज्ञानहरू विश्वासको निम्ति नयाँ नीतिहरू थिएन अर्थात् बाइबलमा थप्नको निम्ति थिएन। तर, उहाँका जनहरूलाई सान्त्वना पार्न र बाइबलको सत्यशिक्षाबाट अलमलिएकाहरूलाई सच्याउन परमेश्वरले दर्शनहरू दिने भनेर प्रतिज्ञा गर्नुभएको थियो।
जब म बाइबल पढ्छु तब परमेश्वरले महान् सत्यहरू उघारेर मेरो दिमागमा राखिदिनुभएको हुन्थ्याे। त्यसबेला मलाई प्रकट गरेका विगत र भविष्यका दृश्यहरू उहाँ मानिसहरुलाईं पुऱ्याउन मलाई अऱ्हाउनुभएको हुन्थ्याे
तपाईंको भौतिक सुरक्षामा नै तपाईं अलमलियोस् भनेर कति मानिसहरू चाहन्छन्। तर मेरो काम फरक छ। मेरो सन्देश भनेकै तपाईंलाई सतर्क गराउने हो। तपाईंको जीवनलाई सुधार गर्नुहोस्। जगतका परमप्रभुको विरुद्धमा जाने काम तपाईं रोक्नुहोस्। परमेश्वरको वचनलाई अध्ययन गर्नुहोस् र तपाईं त्यस वचनसँग तालमेल भएर चल्नु भएको छ कि सो समिक्षा गर्नुहोस्। के तपाईंको चरित्र त्यस्तो छ कि स्वर्गले छानबिन गर्दा के तपाईं चोखो र निर्दोष भएको पाइन्छ कि?
२८८

previous
अघिल्लो
अर्को
previous
chat