Oct 03, 2024

परमेश्वरले उहाँको चर्चलाई हिफाजत गर्नुहुन्छ

SCRIPTURE READING — यशैया ४३:२

तिमी पानीबाट भएर जाँदा म तिम्रो साथमा हुनेछु। तिमी नदीहरूबाट भएर जाँदा तिनले तिमीलाई डुबाउनेछैन। तिमी आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनौ। त्यसको ज्वालाले तिमीलाई भस्म पार्नेछैन।
यशैया ४३:२
यस पृथ्वीमा परमेश्वरको चर्च छ। त्यस चर्चको समूदाय परमेश्वरले नै रोजेर स्थापना गर्नुभएको थियो। उहाँका दश आज्ञाहरूको नीति अनुसार चल्ने तिनीहरूको विशेषता हो। उहाँले चर्चलाई समूदायकै रूपमा अगुवाइ गरिरहनुभएको छ। त्यो समूदायका मानिसहरू यहाँ स्वतन्त्र, त्यहाँ स्वतन्त्र, चर्चको संघबाट अलग भएर हाँगा भएर विभिन्न उपनाउँले सम्बोधन गरेर एडभेन्टिस्ट चर्च हुन परमेश्वरले इजाजत दिनुभएको छैन। उहाँ चाहनुहुन्छ सबै एडभेन्टिस्टहरू एक जन भएर उहाँको अगुवाइमा चलुन्।
सेभेन्थ-डे एडभेन्टिस्ट मूख्यालय (वा जनरल कन्फरेन्स)सँगमात्र मिलेर परमेश्वरको काम हुँदैन भने न त शङ्का गर्नुहुन्छ न डराउनुपर्दछ। परमेश्वरले खटाउनुभएको कामको शिर उहाँ नै हुनुहुन्छ। सबै थोक उहाँले नै व्यवस्थित तरिकाले काम चलाउनुहुन्छ। यदि चर्चको कुनै निकाय सुधार्नुपर्छ वा समायोजन गर्नुपर्छ भने त्यसको लागि उहाँ आफै सरिक भएर मिलाउनुहुन्छ। मानविय त्रुटीहरू घुसेर चर्च वा निकाय गलत बाटोमा लागेको छ भने उहाँले नै ठिक गर्नुहुन्छ। परमेश्वरका जनहरू बोकेको आदर्श जहाजलाई परमेश्वरले नै हाँक्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त होऔँ।
धेरै वर्ष अघि जब म अमेरिकाको मेन राज्यको पोर्टलान्डबाट बोस्टन जहाजमा यात्रा गर्दै थिएँ, त्यसबेला हामीमाथि ठूलो आँधीबेरी आयो। समुद्रको ठूला ठूला छालहरूले हाम्रो जहाजलाई पानीमा ठोकर दिन थाल्यो। हाम्रो कोठाको झुन्दिएका सिसाका पानसहरू भुईँमा खसे, बाकसहरू कोठामा भकुण्डो जस्तो गुडे। जहाजमा यात्रा गरिरहेका यात्रुहरू धेरै त्रसित भए, त्यहाँ कोलाहल भयो, रुवावासी चल्यो र धेरैले अब मर्छ भनेर अपेक्षा गर्न थाले।
एक छिनपछि जहाजको चालक हामी भएको ठाउँमा आए। त्यसबेला जहाजको कप्तान त्यस चालकको नजिक उभेर जहाज चलाउनु चक्का वा स्टेरिङ्ग ह्वीललाई समाते। त्यस कप्तानले जहाज यताउती तैरिएकोले केहो होला भनेर जहाजको पाइलटलाई “यो पाङ्ग्रा समातेर चलाउनुहुन्छ कि?“ भनेर अनुरोध गरे। जहाजको क्याप्टेन आफैले जहाजलाई हाँक्न तयार थिएन किनकि उनमा त्यस्तो धेरै अनुभव थिएन। अनि कतिपय यात्रुहरू हताशनिराश र असजिलो माने किनभने अब त्यस चालकले जहाजलाई चट्टानहरूमा ठोकाएर सबैलाई मार्नेछन् भनेर सोचे। त्यसबेला जहाजमा यात्रा गरिरहेकाहरूलाई चालकले सोधे, “के तपाईंहरूमध्येमा यहाँ कोही हुनुहुन्छ जसले यो जहाज घुमाउने पाङ्ग्रा चलाउन सक्नुहुन्छ?“ ती यात्रुहरूलाई थाहा थियो कि तिनीहरूले त्यो चलाउन सक्दैन। तर चालकले त्यस जहाज चलाउने चक्का आफैले चलाए। अनि हामीलाई सुरक्षित बन्दरगाहमा ल्याइदिए।
जब काममा खतरा उत्पन्न भएको छ भनेर तपाईं सोच्नुपर्ने अवस्थामा पुग्दा तपाईं प्रार्थना गर्नुहोस्, “प्रभु तपाईं नै पाङ्ग्रालाई चलाउनुहोस्। हाम्रो अप्ठ्यारो र जिल्ल परेको परिस्थितिबाट गुजार्न सहयोग गर्नुहोस्। हामीलाई सुरक्षितपूर्वक बन्दरगाह वा गन्तव्य स्थानमा पुऱ्याउनुहोस्।“ के परमेश्वरले बिजयउल्लाससाथ हामीलाई गन्तव्य स्थानमा ल्याउनुहुनेछ भन्ने कुरालाई हामी विश्वास नगर्ने कुनै कारण छ त?“ तपाईको सिमित दिमागले परमेश्वर कसरी काम गरिरहनुभएको छ सो तपाईले बुझ्न सक्नुहुन्न। आफ्नो कामलाई हाँक्न परमेश्वरलाई नै सुम्पिदिनुहोस्।
२७७

previous
अघिल्लो
अर्को
previous
chat