Oct 08, 2024

उहाँको चर्चको निम्ति परमेश्वरले चाहनुभएको आदर्श चरित्र अर्थात गुणहरू

SCRIPTURE READING — एफिसी ५:२७

उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्याेचाहिँ पवित्र र निषखाेट होस्।
एफिसी ५:२७
पाप, अधर्मले पोषाइएको र उहाँसँग प्रतिस्पर्धा गर्न खोज्न चाहनेहरूलाईउहाँ अत्यन्तै मनपराउनुहुन्न र डाह गर्नुहुन्छ। तर यस पुस्तामा भएका उहाँका जनहरूका पापहरू र उहाँका आज्ञाहरू पालन नगर्नेहरूलाई सही रहनुभएको छ। यदि परमेश्वरका जनहरू उहाँको सरसल्लाहमा चलेको भए, उहाँको काममा धेरै प्रगति हुन्थ्यो। यस संसारमा भएका सबै मानिसहरूमा सत्यका सन्देशहरू पुगिन्थ्यो। तर पौराणिक इस्राएलीहरू जस्तै अहिले पनि परमेश्वरका जनहरूले परमेश्वरका आज्ञाहरूलाई हृदयदेखि मानेका छैनन्, तिनीहरू अपवित्र र कृतज्ञ्न छन्। त्यसले गर्दा ठूलो स्वरले घोषणा गर्नुपर्ने र सबैले सुन्नुपर्ने अन्तिम सन्देशको काम समापन गर्न लामो समय लागिरहेको छ। परमेश्वरको काममा वाधा आइरहेको छ। परमेश्वरको लालमोहर लाउने समय ढिलो भएको छ। धेरैले सत्यको बारेमा सुनेका छैनन्। तर परमेश्वरको वचन सुन्न र उहाँतिर फर्किने मौका तिनीहरूलाई उहाँले दिनुहुनेछ।
तयार हुनुपर्ने महान् कामको निम्ति तपाईं के गर्दै हुनुहुन्छ? जो मानिस परमेश्वरको वचन अनुसार नचलि केवल संसारसँगमात्र एक भएर सांसारिक ढाँचामामात्र रमाउन चाहनेहरूले पशुको छाप पाउन तयार गरिरहेका छन्। जो मानिसहरू आफूहरूमाथि विश्वास नराखी परमेश्वरको सामु झुकेर आफ्ना आत्माहरूलाई शुद्ध पारिरहेका छन् र सत्यलाई पालन गरिरहेका छन् तिनीहरूमा स्वर्गको छाप परिरहेको हुन्छ र तिनीहरूका निधारहरूमा परमेश्वरको लालमोहरको छाप पाउन तयार गरिरहेको हुन्छ। जब प्रोटेस्टेन्ट, रोमन क्याथोलिक र नागरिक ऐन मिलेर सबैले आइतबारमा नै चर्च जानुपर्छ शनिबार होइन भनेर अध्यादेश जारि गर्छ तब त्यसले निष्ठावानहरू आफ्नो निष्ठामा अडिग रहनेछन् र तिनीहरूको चरित्र अनन्तको निम्ति शुद्ध र दागरहित भएर रहिरहनेछन्। यसैबेला तयारी हुने समय हो। कुनै अशुद्ध वा प्रदुषित पुरुष र स्त्रीको निधारमा परमेश्वरको लालमोहर कहिल्यै पनि लगाइनेछैन। संसारको प्रतिस्पर्धामा रमाउनेहरू, महत्त्वकाँक्षमामात्र तल्लिन हुनेहरू र संसारको रमझममामात्र मनपराउनेहरूको निधारमा परमेश्वरको लालमोहर कहिल्यै पनि लगाइदिनेछैन। परमेश्वरको मोहर लगाउने सबै जना परमेश्वरको सामु दागरहित हुनुपर्छ। तिनीहरू स्वर्गको निम्ति उम्मेदवारहरू हुन्।
प्रत्येक व्यक्ति जसले परमेश्वरको लालमोहर पाउँछ भने उसले परमेश्वरको वचन सुन्नैपर्छ र त्यस वचन अनुसार चल्नुपर्दछ। यदि परमेश्वरको परिवारमा रहन चाहन्छ भने कोही व्यक्ति आफ्नो धार्मिक गतिविधिमा देखावटी र लापर्वाही हुनुहुँदैन। अहिलेनै समय हाे‚जब चार जना स्वर्गदुतहरुले चार वटा बतासहरु समालीरहेका छन् । हामीले हाम्राे स्थान स्वर्गमा सुरक्षित राख्न हामीलाईं आह्वान गरिएकाे छ ।
२८३

previous
अघिल्लो
अर्को
previous
chat