Oct 17, 2024

मानवप्राणीको सेवक

SCRIPTURE READING — यूहन्ना १३:१६

साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नाे मालिकभन्दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउने भन्दा ठूलो हुँदैन।
यूहन्ना १३:१६
परमेश्वरबाट नै प्रादुर्भाव भएको निस्वार्थ सेवाको परिपक्व वा सिद्ध अनुसरणीय उदाहरण येशूको जीवन र उहाँले सिकाउनुभएको शिक्षाहरूमा पाइन्छ। हाम्रो परमेश्वर आफ्नोलागिमात्र जिउनुहुन्न। सारा संसार सृष्टि गर्नुभएर, सबै थोकहरू समाल्नुभएर उहाँले निरन्तररूपमा अरूहरूको सेवा गर्दै हुनुहुन्छ। परमेश्वरको सेवा गर्ने आदर्श चरित्र उहाँको पुत्रलाई सुम्पिनुभएको थियो। सारा मानव प्राणीको शिर भएर खडा हुन येशूलाई जिम्मा लगाइएको थियो। उहाँकै अनुसरणीय उदाहरणले अरूहरूको सेवा कसरी गर्ने र के सेवा गर्ने भनेर सिकाउनुभएको थियो। उहाँको सम्पर्ण जीवनको नीति नै सेवा गर्नु थियो। परमेश्वरको नीति वा दश आज्ञाहरू पालन गरेर उहाँ जिउनुभएको थियो। उहाँ हाम्रो नमुना हुनुभएर ती आज्ञाहरू कसरी पालन गर्ने भनेर सिकाउनुभएको थियो।
यो नीति आफ्नो चेलाहरूले बुझुन र लागु गरुन् भनेर येशूले बारम्बार सिकाउन प्रयास गर्नुभएको थियो। जब आफ्नो भाऊ खोजेर याकूब र यूहन्नाले येशूको राज्यमा उच्च पद पाउन अनुरोध गरेका थिए, उहाँले भन्नुभयो, “तिमीहरूमा कोही महान् छ भने त्यो व्यक्ति तिमीहरूको सेवक होस्।“ मत्ती २०:२६। उहाँले भन्न खोज्नुभएको नीति यो थियो: मेरो राज्यमा आफ्नो भाऊ खोज्ने, सर्वोच्च हुने, हैकमवाद चलाउने, अरूहरूलाई दवाएर आफू ठूलो हुने वा हाकिम हुने नीतिको ठाउँ छैन। मेरो राज्यमा महानता भनेकै नम्रताको महानता हो। अरूको सेवा गर्न समपर्पित व्यक्तिमात्र मेरो राज्यमा बिशेष हुनेछ।
खुट्टाहरू धुने विधि सेवा गर्ने विधि हो। यो पाठ हामी सबैले सिकुन् र व्यवहारमा लागु गरुन् भन्ने प्रभुको चाहना हो। जब यो विधि ठिकसँग पालन गर्छ तब परमेश्वरका जनहरू एक आपसमा पवित्र सम्बन्धमा ल्याउँदछ र एक आपसमा सहयोग गर्न र आशिष दिने अवसर प्रदान गरिन्छ।
यस विधिले उहाँका जनहरू स्वार्थीभएर एक आपसमा बिचलित नहोस् भन्ने उहाँको चाहना छ। स्वार्थी हुने र आफ्नो भाऊ खोज्ने नीति मानिसको हृदयमा स्वभाविकैरूपमा गाडिएको हुन्छ। आफ्नोमात्र स्वार्थ खोज्ने र आफ्नोमात्र सेवा खोज्ने बानीले स्वार्थी हुने भावनामा बल पुऱ्याउँछ। तर येशू आफैले निस्वार्थी हुनुभनेको के हो भनेर नमुना भएर देखाउनुभयो। यो बिनम्र हुने महान् नीति मानिसलाई आफू खुशीले गरोस् भनेर उहाँले छोड्नुभएको छैन। उहाँको मनस्थितिमा बिनम्र हुने नीतिले यति ठूलो थियो कि उहाँ परमेश्वरको बराबरी भएर पनि आफूलाई वास्ता नगरेर उहाँका चेलाहरूको गोडा धुनुभयो। यो विधि हामी एडभेन्टिस्टहरूको निम्ति ठूलो अर्थपूर्ण छ। यो केवल धार्मिक विधि पूरा गर्न नहोस् भन्ने परमेश्वरको चाहना छ। यो विधिको तात्पर्य हाम्रो जीवनको सम्पूर्ण आयाममा लागु होस् भन्ने उहाँ चाहनुहुन्छ। उहाँ यो चाहनुहुन्न कि औपचारिक पूरा गर्नमात्र एक आपसको गोडा धोओस्। येशू ख्रीष्ट हाम्रो अनुसरणीय उदाहरण हुनुहुन्छ भन्ने महान् सत्य त्यस बिधिले हामीलाई बताउँदछ, ताकि हामी पनि उहाँको अनुग्रहले नम्र भएर एक आपसको सेवा गर्न सकुन्। सारा जीवन नै नम्र भएर सेवाको काममा भरपर्दो र विश्वासीलो होस् भनेर त्यस विधीले औँल्याउँदछ।
२९२

previous
अघिल्लो
अर्को
previous
chat