Oct 09, 2024

चर्चमा आउने परिक्षा वा सङ्कटहरू

SCRIPTURE READING — प्रकाश १२:१२

यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नाे समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।“
प्रकाश १२:१२
जो मानिसहरू परमेश्वरका आज्ञाहरू पालन गर्छन् र जुन विश्वास येशूमा थियो त्यही विश्वासले सजिएकाेका हुन्छन् तिनीहरूप्रति सैतान र उसका फौजहरू रिसले जुरमुरिरहेको अनुभव गर्नेछन्। यस संसारका सबै मानिसहरू आफ्नै हुन् र आफ्नै प्रभुत्वमा बस्नुपर्छ भनेर सैतानले दावी गर्छ। परमेश्वरको वचनमा नलागी केवल भावनामामात्र उत्तेजित भएर चल्ने भ्रष्ट चर्चहरू वा सम्प्रदायहरूमाथि उसको नियन्त्रण छ; तर एउटा सानो झुण्ड छ जो उसको प्रभुत्वमाथि प्रतिकार गरिरहेको छ। यदि तिनीहरूलाई पनि यस संसारबाट मेटाइदिए उसको जित पूरा हुनेछ। जसरी इस्राएलका वरिपरिरहेका मूर्तिपूजा देशहरूलाई उक्साएर इस्राएललाई नाश गरेका थिए, त्यसरी नै छिटै भविष्यमा यस पृथ्वीका दुष्ट शक्तिहरूलाई परिचालन गरेर परमेश्वरका जनहरूलाई नाश गर्न सैतान अग्रसर हुनेछ। परमेश्वरको दयामा भरपर्नुमात्र ती जनहरूको आशा छ र तिनीहरूको युद्ध गर्ने औजार भनेको केवल प्रार्थनामात्र हुनेछ।
जब महासङ्कट र परिक्षा रानी एस्थरको समयमा भएको थियो त्यो केवल त्यस युगमामात्रै भएको विशेष समस्या थिएन। युगको अन्तलाई हेर्न सक्ने भएका यूहन्नाले यो घोषणा गरेका थिए, “स्त्रीसँग अजिङ्गर रिसले क्रोधित भयो, र उनका बचेखुचेका बाँकि सन्तानसँग युद्ध गर्न गयो, जसले परमेश्वरका आज्ञाहरू पालन गर्छन् र येशू ख्रीष्टको गवाही हुन्छ“ (कतिपय नेपाली बाइबलमा यो अंश हटाइएको छ-अनुवादक)। बर्तमान संसारमा बाँचिरहेका कतिले यी वचनहरू पूरा भएको देख्नेछन्। जब आफ्नो समय छोटो हुँदै जान्छ तब सैतानको क्रोध चर्को हुँदै जान्छ। अनि उसको धोखा दिने छल गर्ने र भष्मासुरको काम चर्को भएर परमेश्वरको विश्वासीहरूलाई महासङ्कटमा पार्नेछ।
आकाश र पृथ्वीमा अनेकौँ डरलाग्दो अलौकिक चर्तिकलाहरू सैतानले देखाउनेछ। आफ्नो र आफ्ना दुष्ट आत्मा वा राक्षसहरूमा भएको चमत्कारीय काम गर्ने शक्तिको प्रदर्शन सारा संसारले देख्नेछन्। दुष्ट स्वर्गदूतहरूका दुष्टआत्माहरू यस देशका राजा र शासकहरूमा र सारा संसारका मानिसहरूमा भित्रिनेछन्। तिनीहरू संसारका मानिसहरूलाई धोखा दिन तल्लिन हुनेछन्। स्वर्गको शासनको विरुद्धमा संघर्ष गर्ने सैतानले ती शासक र मानिसहरूलाई एकत्रित गर्नेछ। सैतानकै तत्वहरूले यस संसारका शासकहरू र तिनीहरूका जनताहरू धोखामा पर्नछन्।
जो मानिसहरू सत्यको खोजी गर्दै त्यसलाई प्यारो ठानेर त्यस अनुसार चल्न चाहन्छ तिनीहरूको पछि नै शत्रुभावले रन्थनिएर सैतानको क्रोध वर्षिनेछ। तर जब उहाँका जनहरू येशूको निकटमा रहिरहन्छ, तब सैतानले तिनीहरूलाई कहिल्यै पनि कमजोर पार्न सक्दैन।
२८४

previous
अघिल्लो
अर्को
previous
chat