Oct 10, 2024

लिया र आधुनिक चर्च

SCRIPTURE READING — मलाकी ४:५

“हेर, परमप्रभुको त्याे महा र डरलाग्दाे दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु। त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।“
मलाकी ४:५-
मलाकीको पुस्तकमा लेखिएका अन्तिम शब्दहरू उल्लेखनीय छन्। ती शब्दहरू भविष्यवाणी हुन्। यसले येशूको पहिलो र दोस्रो आगमनको निम्ति कस्तो तयारी गर्नुपर्छ भनेर औँल्याउँछ।
येशूको दोस्रो आगमनको निम्ति तयार भएर बसेका येशूका भक्तजनहरू विश्वासमा अडिग भएका एलियाको प्रतिनिधित्व गर्दछ, जसरी येशूको पहिलो आगमनमा मानिसहरूलाई तयार पार्न बप्तिस्मा दिने यूहन्नाले एलियको प्रतिनिधित्व गरेका थिए।
हाम्रो सन्देश कुनै घुमाउरो र दिमागले खेलाउने पाराले नभएर यूहन्नाले दिएको जस्तै सिधा र स्पष्ट हुनुपर्दछ। राजाहरूले गरेका पापसँग नडराइ उनले विरोध गरेका थिए। उनलाई थाहा थियो कि उनको त्यो कदमले उनको ज्यानलाई जोखिममा पार्दछ, सत्यलाई उनका ओठहरूबाट उनले कहिल्यै पनि हराउन दिएन।
अहिलेको सारा संसार नै पथभ्रष्ट वा परमेश्वरको चाहनाबाट बिचलित भइरहेको छ। उहाँका भक्तजनहरूले उहाँको व्यवस्था वा दश आज्ञालाई एलियाको आत्मा, जोश र जाँगरले घोषणा गरुन् भन्ने परमेश्वरले आह्वान गर्नुहुन्छ। येशूको पहिलो आगमनको लागि तयारी गर्न बप्तिस्मा दिने यूहन्ना मानिसहरूलाई दश आज्ञाहरूतिर ध्यान दिन आह्वान गरेका थिए। त्यसरी नै हामीले पनि यो सन्देश प्रष्टरूपमा यस संसारमा घन्काइरहनुपर्दछ: “परमेश्वरको भय मान र उहाँको महिमा गर किनभने उहाँले फैसला गर्ने समय आएको छ।“ जसरी जोशिलो र इमान्दारिपूर्वका अगमवक्ता एलिया र बप्तिस्मा दिने यूहन्नाले सन्देश दिएका थिए, त्यसरी नै हामी पनि येशूको दोस्रो आगमनको निम्ति बाटो तयार पार्न प्रयत्नशील हुनुपर्दछ।
हो, परमेश्वरको फैसला गर्ने समय आएकोछ। अनन्तको बिनाशको निकटमा रहिरहेका मानिसहरूलाई चेतावनी दिने अभिभारा परमेश्वरले उहाँको चर्चलाई सुम्पनुभएको छ।
येशूका भक्त वा इसाई हुँ भनेर दावी गर्ने प्रत्येक व्यक्तिले कुनै न कुनै पाराले परमेश्वरले गर्नुभएको आह्वानलाई सक्रिय बनाउन काम गर्न सकिन्छ। जब मानिसहरूको मुक्तिको निम्ति निश्वार्थी र इमान्दारी भएर काम गरेन भने परमेश्वरले कसैलाई पनि निर्दोष ठहऱ्याउनुहुनेछैन।
तपाईंको काम अरूले गर्न सक्दैन न त गराउन सक्नुहुन्छ। तपाईंले गर्न सक्ने काम तपाईंलेमात्र गर्न सक्नुहुन्छ। यदि तपाईंले पाएको दिव्यज्ञानलाई लुकाइराख्नुभयो भने तपाईंको वेवास्ताले कुनै न कुनै मानिस अन्धकारमा रहिरहेको हुन्छ।
स संसारमा जन्मिने र विशेष गरेर उहाँको प्रत्येक भक्तको निम्ति परमेश्वरको मुक्तिको योजनामा सहभागी गराउन स्थान वा जिम्मेवारी दिनुभएको छ।
२८५

previous
अघिल्लो
अर्को
previous
chat