Oct 22, 2024

बप्तिस्मा र येशूको प्रचण्ड पीडा

SCRIPTURE READING — कलस्सी २:१२

बपतिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विशवास राख्नले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।
कलस्सी २:१२
साबथ दिनमै येशू चिहानमा विश्राम लिनुभएको थियो। अनि हप्ताको पहिलो दिनमा स्वर्ग र पृथ्वीका सबै जीवहरू जऱ्याकजुरुक भएर सक्रिय भएका थिए। उहाँका चेलाहरूलाई उहाँले सिकाउनुभएको शिक्षादीक्षालाई नविकरण गर्न उहाँ चिहानबाट पुनरुत्थान हुनुभएको थियो। तर यस तथ्यले हप्ताको पहिलो दिन आइतबारलाई पवित्र बनाइएको थिएन न त साबथ भएको भनेर अनुमोदन गरिएको थियो। आफ्नो मृत्यु हुनुभन्दा पहिले संसारका पापहरूको निम्ति आफ्नो शरीर टुक्रिने र रगत बगिने सम्झनाको निम्ति प्रभुभोजको विधिलाई स्थापना गर्दै घोषणा गर्नुभएको थियो, “जब घरीघरी यो रोटी खान्छौ र कचौराबाट तिमीहरू पिउँछौँ तिमीहरूले प्रभु नआउञ्जेल उहाँको मृत्युको सम्झनामा गर्ने गर्नु।“ १ कोरन्थी ११:२६ रूपान्तरित। येशूलाई विश्वास गर्छु र उहाँतिर म फर्केको छु भनेर पश्चाताप गर्ने विश्वासीले आफ्नो बप्तिस्माको याद गर्दै येशूको मृत्यु भएको थियो, उहाँ चिहानमा गाडिनुभएको थियो र पुनरुत्थान हुनुभएको थियो भन्ने सम्झनाको निम्ति प्रभुभोजमा सरिक हुन्छ। येशूको मृत्यु र चिहानमा गाडिनुभएको जस्तै बप्तिस्माको बेलामा उसलाई पानीमा डुवाइन्छ र जब पानीबाट उसलाई उठाइन्छ तब येशूको पुनरुत्थान भएको जस्तै ऊ पनि पुनरुत्थान भएको हुन्छ। किन त भन्दा ऊपनि येशू ख्रीष्टमा नयाँ जीवन वा पुनर्जन्म भएर बाँच्न सकुन्।
जब महिमाको प्रभु प्रचण्ड पीडा भोगेर क्रूसमा मर्नुभयो तब सारा स्वर्गदुतहरू चकित भएर हेरिरहेका थिए। तर जब जीवन र महिमाको प्रभुले मृत्युको डोरीहरूलाई चुँडाउनुभयो, कैदबाट फुट्कनुभयो र सफल विजेता हुनुभएर देखा पर्नुभयो, तब तिनीहरू अचम्म मानेका थिएनन्। त्यसकारण जब विश्रामको दिनमा प्रभुभोजको विधि पालन गर्छ भने उहाँ क्रूसमा टाँगिनुभएको याद दिलाउँछ। तर न त प्रभु भोज न त येशूको पुनरुत्थानले परमेश्वरको दश आज्ञालाई निलम्बन नगरिएको मलाई देखाइएको थियो; तर त्यसको ठिक बिपरित परमेश्वरका दश आज्ञाहरू कति अटल रहेछ भन्ने बलियो प्रमाण प्रभुभोज र पुनरुत्थानले दिएको थियो।
पाप आउनुभन्दा अघि नै अदनको बगैँचामा साबथको स्थापना भएको थियो र आदम र हव्वा, र जगतका सार जीवहरूले पालना गरेका थिए। परमेश्वरले सातौँ दिनमा विश्राम लिनुभयो र यसलाई आशिष दिनुभयो र पवित्र बनाउनु भयो। साबथ अनन्तकालभरि रहिरन्छ भनेर मलाई देखाइएको थियो। मुक्ति पाएका सन्तहरूले र सारा स्वर्गदुतहरूले महान् सृष्टिकर्ताको सम्मानको निम्ति यो दिनलाई पालन गरिनै रहनेछ।
२९८

previous
अघिल्लो
अर्को
previous
chat