Oct 15, 2024

येशूको गवाही

SCRIPTURE READING — प्रकाश १९:१०

अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्ठाे परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।
प्रकाश १९:१०
संसारमा भएका सबै किताब वा विद्याहरूमा परमेश्वरको वचन हाम्रो अध्ययनको मूख्य विषयबस्तु हुनुपर्दछ। बाइबल महान् पाठ्यपुस्तक हो। यो नै सबै शिक्षादीक्षाको आधार वा जग हुनुपर्दछ।
मैले लेखेका सामग्री वा गवाहीहरूले परमेश्वरको वचनलाई तल झार्ने होइन। तर तिनीहरूले बाइबललाई उच्च शिखरमा उचाल्न हो र सबैका दिमागहरू बाइबलतिर आकर्षित गर्न हो। बाइबलमा भएका सुन्दर र सरल सत्यलाई सबैको दिमागमा प्रभावित पारुन् भनेर नै मेरा लेखहरू लेखिएका हुन्।
मैले बहुमूल्य बाइबललाई नै लिएर चर्चको निम्ति धेरै गवाहीहरू लेखेको छु। टेस्टिमोनिज फर द चर्च पुस्तकहरूमा ती गवाहीहरू भरिएका छन्। म ठोकुवा गरेर भन्दछु कि मानिसहरूलाई चाहिने प्रयाजसो सबै ज्ञानहरू ती पुस्तकहरूमा पाइन्छ। मानिसहरूले त्याग्नुपर्ने पापहरूलाई ती पुस्तकहरूले औँल्याउँछन्। मानिसहरूलाई चाहना गरेका सरसल्लाह ती पुस्तकहरूमा पाइन्छ।विभिन्न परिस्थितिहरूलाई समेतेर लेखिएतापनि त्यहाँ दिएका सरसल्लाह त्यही खालका परिस्थितिहरूको अनुभव गर्नेहरूलाई लागु हुन्छ। परमेश्वरले तपाईंहरूलाई एक एक गरेर नीतिहरू दिन खुशी हुनुभएको छ। तर तपाईंहरूमा धेरै छन् जसलाई ती टेस्टिमोनिजहरूमा के छ सो थाहा छैन। धर्मशास्त्र बाइबलमा तपाईंहरू त्यस्तो परिचित नहोला। यथार्थमा, यदि तपाईंले परमेश्‍वरको वचनलाई नै तपाईंको अध्ययनको विषयबस्तु बनाउनुभयो र बाइबलले निर्धारण गरेको स्तरमा तपाईं पुग्न चाहनुहुन्छ र बाइबल पढेर आदर्शमय इसाई सिद्धता वा परिपक्वतामा पुग्न चाहनुहुन्छ वा कुशल येशूभक्त हुन चाहनुहुन्छ भने यी टेस्टिमोनिज अर्थात् मैले लेखेका गवाहीहरूको आवश्यकता पर्ने थिएन।
तपाईंलाई चेतावनी दिन, सतर्क गराउन, सच्च्याउन, सरसल्लाह दिन नै परमेश्वरले ती टेस्टिमोनिज वा गवाहीहरू तपाईंहरूको समक्ष प्रस्तुत गरिएको हो। ती पुस्तकहरूको परम लक्ष्य नै तपाईंहरूको दिमागमा परमेश्वरको वचनमा भएको महत्त्वपूर्ण सत्यहरू प्रभावित पार्नु हो। यो पनि तपाईंहरूले ढुक्क भएर सोच्नुहोस् कि मेरा गवाही वा लेखहरू धर्मशास्त्र बाइबलमा थप्न कुनै नयाँ दिव्यज्ञान होइन। तर प्रेरणाद्वारा पाएका बाइबलमा भएका सत्यहरूलाई नै मानिसको हृदयमा जल्दोबल्दो र स्पष्टरूपमा घुसाउन मेरा लेखहरू उब्जिएका हुन्। परमेश्वर र आफ्ना मानवीय जनहरूप्रति के काम र कर्तव्य छ सो स्पष्टरूपमा विशेग गरेर बाइबलमा उल्लेख गरेको छ। तर केवल थोरैलेमात्र आफूहरूले पाएको दिव्यज्ञानको आदेश पालन गरेकाछन्। मेरा लेखहरूले बाइबलले दिएको भन्दा थप सत्य होइन। तर मेरा टेस्टिमोनिज वा लेखहरूले पहिलानै दिएका महान् सत्यहरूलाई सरलिकरण गरिएको छ। मानिसहरूको दिमागलाई जगाउन र ती सत्यहरूलाई दिमागमा छाप लगाउन परमेश्वरले आफ्नै तरिकाले दिनुभएको सामग्री हो। बाइबलमा लेखेको कुरा मैले बुझिँन भनेर कसैले पनि बहाना बनाउन नपाउन् भन्ने हेतुले मेरा लेखहरू दिएका हुन्।
यदि हामीले ती सामग्री वा टेस्टिमोनिज पुस्तकहरूमा दिएको सरसल्लाहको वेवास्ता गऱ्याै भने परमेश्वरको बाटोबाट तर्किने बहाना के दिन सक्छाैँ र?
२९०

previous
अघिल्लो
अर्को
previous
chat