Oct 07, 2024

निधारमा परमेश्वरको लालमोहरको छाप कसलाई लगाइनेछन्?

SCRIPTURE READING — प्रकाश ७:२-३

तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें। पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञजेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।“
प्रकाश ७:२-३
जीवित परमेश्वरको लालमोहर ती मानिसहरूका निधारमामात्र लगाइदिनेछन् जसले यस संसारमा येशू ख्रीष्टको चरित्रलाई प्रतिविम्ब गरिरहेका हुन्छन्। जसरी मैनले लालमोहरको छापलाई उतार्दछ त्यसरी नै मानिसले परमेश्वरको पवित्र आत्मालाई हृदयमा छाप लगाउँदै ख्रीष्टको स्वरूप आफ्नो जीवनको प्रत्येक क्षेत्र वा चरित्रमा कायम राख्छद। परमेश्वरको स्वरूपमा कोही मानिस ढालिन उसले परमेश्वरका दश आज्ञाहरूका नीतिहरूलाई अवलम्बन गरिरहनुपर्दछ।
परमेश्वरको व्यवस्था वा दश आज्ञाहरूको लालमोहर चौथो आज्ञामा पाइन्छ। व्यवस्था वा नीति दिने परमेश्वरको नाउँ र दर्जा वा सार्वभौम सृष्टिकर्ताको अधिकार दश आज्ञाहरूमा केवल यसै आज्ञामामात्र पाइन्छ। सनातन सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ जसले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो भनेर देखाउने र अरू सबै जोसुकै भगवानहरू भनेर दावी गरेतापनि उहाँ सर्वोपरि हुनुभएकोले केवल उहाँप्रतिमात्र श्रद्धा देखाउँदै उहाँको आराधना वा उपासना गर्नुपर्छ भन्ने आदेश र उहाँको दावी केवल चौथो आज्ञामामात्र छ। दश आज्ञाहरूमा अरू कुनै पनि आज्ञा छैन जसले दश आज्ञा वा मानिसहरू चल्नुपर्ने नीतिहरू दिने कसको अधिकार भएको देखाउँछ।
इस्राएलीहरू परमेश्वरको सम्पत्ति हुन् भनेर तिनीहरूका ढोकाका चौकोसहरूमा रगत छर्केर देखाएको थियो। त्यसरी नै यस युगमा परमेश्वरका जनहरूले उहाँका आज्ञाहरू पालन गरेर तिनीहरू परमेश्वरको सम्पत्ति हुन् भनेर देखाउनेछ। तिनीहरूले आफ्नो जीवन पवित्र दश आज्ञाहरूसँग तालमेल गरेर चलाउनेछन्। परमेश्वरका प्रत्येक जनमा उहाँको छाप लगाइदिएको हुन्छ। जसरी पौराणिक इस्राएलीहरूले मृत्युको दूतबाट बच्न र सुरिक्षित हुन आफ्ना घरका चौकोसहरूमा रगतको छाप लगाएका थिए, त्यसरी नै मुक्ति पाएको प्रत्येक जनले परमेश्वरले निर्धारण गर्नुभएको छाप लगाइएको हुन्छ। परमेश्वरले यो घोषणा गर्नुभयो, “त्यसबाहेक तिनीहरूलाई पवित्र पार्ने म परमप्रभु नै हुँ भन्ने कुरा तिनीहरूले जानून् भनेर तिनीहरू र मेरो बीचमा चिन्हको लागि मैले तिनीहरूलाई शबाथदिनहरू पनि ठहराइदिएँ।“ इजकिएल २०:१२ ।
जब परमेश्वरका जनहरूको निधारमा परमेश्वरको छाप हुन्छ-जुन बाहिर देखिने छाप त होइन तर आत्मिक र वौद्धिकरूपमा सत्यलाई जानेर त्यसलाई नहल्लाइ त्यसमा अडिग हुनु हो, त्यसबेला छाप लगाइएका परमेश्वरका जनहरू थर्कमान हुन वा हल्लिन तयार हुनुपर्दछ। अर्थात् परमेश्वरको निष्ठामा रहने कि त्यसबाट पछि हट्ने निर्णय उहाँका सबै जनले निर्णय गर्नुपर्नेछ। यथार्थमा त्यो समय अहिले नै हो; अहिले नै पृथ्वीका सबै भूमिहरूमा परमेश्वरका न्यायहरू भइरहेको छ। के हुँदैछ सो हामीलाई थाहा हुनु जरुरी छ।
२८२

previous
अघिल्लो
अर्को
previous
chat