Oct 05, 2024

बेबिलोनको पतन भयो

SCRIPTURE READING — प्रकाश १४:८

अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नाे व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोन सहरको पतन भयो।
प्रकाश १४:८
प्रकाश १४को दोस्रो स्वर्गदूतको सन्देश १८४४ को गृष्मकालमा पहिले प्रचार भएको थियो। त्यसबेला अमेरिकाका विभिन्न चर्चहरूलाई लक्षित गरेर प्रचार गरिएको थियो। त्यहाँ न्यायको बारेमा दिएको चेतावनीको सन्देश सुनाइएको थियो र प्रायजसो सबैले त्यसलाई स्वीकार्न अस्वीकार गरेका थिए। त्यस समय अमेरिकामा चर्चहरू द्रुतगतिरूपमा पतन भइरहेको थियो। तर दोस्रो स्वर्गदूतको सन्देश १८४४ मा पूरै पूरा भएको थिएन। त्यसबेला चर्चहरूमा नैतिक पतन भएरहेको थियो। तिनीहरूले एडभेन्टिस्ट सन्देशको आत्मज्ञान स्वीकार नगरेकोले तिनीहरूको नैतिक पतन त भइरहेको थियो तर तिनीहरूको पूरै पतन भएको थिएन। जब तिनीहरूले यी विशेष आत्मिक सत्यहरूलाई ग्रहण गर्न अस्वीकार गरे तब तिनीहरू आत्मिक र नैतिकरूपमा झन झन निरन्तररूपमा तल्लोस्तरमा झर्न थालेका थियो। यद्यपि यो भन्न सकेको छैन कि “पतन भयो! जाति-जातिलाई आफ्नाे व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।“ त्यसबेला उनले उनको (वा रोमन क्याथोलिकको मोहमा परेर) सारा राष्ट्रहरूलाई फसाउने काम सम्पन्त भएको थिएन। परमेश्वरबाट भ्रष्ट भएर सबै जना त्यसबेला गिरेका थिएनन्।
येशूको दोस्रो आगमनभन्दा पहिले सैतानले आफ्नो जाल प्रभावकारी रूपमा चाल्नेछ भनेर बाइबलले बताउँछ। २ थेस्सोलिनिकी २:९-१२मा लेखिएको छ, “शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे। यसैकारण तिनीहरूले झूटा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन्।“ बेबिलोनको पतन त्यसबेला पूरा हुन्छ जब चर्च र संसारको सभ्यतासँग गठबन्धन पूरा हुन्छ। यो हुने परिवर्तन प्रगतिशील छ, तर प्रकाश १४:८ पूरै पूरा भएको छैन, यो भविष्यमा हुने गतिविधि हो।
अरू चर्चहरूमा कतिपय मानिसहरू आत्मिक अन्धकारमा छन् र परमेश्वरबाट टाढा भइरहेका छन् जसले गर्दा तिनीहरू बेबिलोनीय मनस्थिति वा परमेश्वरका सत्यहरूबाट टाढा छन्, तैपनि ख्रीष्टको सत्य अनुयायीहरूको ठूलो समूह ती चर्च वा सम्प्रदायहरूमा पनि छन्, त्यसले गर्दा तिनीहरूसँगको सम्पर्कमा हामीहरू अलग हुनु अझै आवश्यक छैन। चाहे अरू सम्प्रदायका चर्चहरूमा होस् वा कोही पनि होस् अहिले पनि विशेष सत्यहरूलाई कतिपयले कहिल्यै पनि देखेका छैनन् न त सुनेका छन्।
२८०

previous
अघिल्लो
अर्को
previous
chat