Oct 29, 2024

प्रेमले प्रेम नै जन्माउँछ

SCRIPTURE READING — रोमी ८:३२

जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि सित्तैँमा उहाँकै साथमा दिनुहुनेछैन र?
रोमी ८:३२
जो मानिसहरू येशूप्रतिको आस्थामा लागेर सकल र पक्का परिवर्तन हुन्छन्, परमेश्वरले तिनीहरूलाई दिएको स्रोतहरू उहाँको कामलाई अघि बढाउन खुला हृदयले सहयोग गर्छन्। हामी येशूका साक्षीहरू हौँ, र सांसारिक चासोहरू र योजनाहरूमा हाम्रो समय र ध्यान त्यसमा हामी हराउनुहुँदैन। येशूलाई विश्वास गरेपनि संसारमै हामी डुविरह्‍यौँ भने उच्च लक्ष्यहरू जोखिममा पर्दछन्।
तपाईंहरू आफ्नो जीवनलाई सहज बनाउन परिश्रम गर्नुहुन्छ र आय आर्जन गर्नुहुन्छ, त्यो मनासिव हो, तर तपाईंहरूले आर्जन गर्नुभएको पैसा “यो मेरे हो” भनेर अनावश्यक थोकहरूमा खर्च नगर्न हार्दिक अनुरोध गर्दछौँ। तपाईहरूलाई खास नचाहिएको थोकहरूमा पैसा खर्च गरेर तपाईंको परिश्रमलाई बर्बाद नगर्नुहोस्। सानोतिनो खर्च गर्नु केही मतलब छैन भनेर तपाईंहरू सोच्नुहुन्छ होला। तर अलिअलिहरूलाई जम्मा गऱ्याे भने त्यो धेरै हुन जान्छ। प्रत्येक फजुल वा अनावश्यक खर्च गर्ने बानी छोड्नुहोस्। आफ्नो क्षणिक स्वार्थ पूरा गर्न वा अरूहरूको सामुने कोही भन्दा कोही कम छैन भनेर प्रत्येक फूर्ति देखाउने आदत छोड्नुहोस्।सरल थोकहरूमा संतुष्ट हुनुहोस्। तपाईंको पैसाले अरूहरूको मुक्तिको लागि प्रयोग गर्न सकिन्छ। सबैले दिने पद्धति बसाल्नुहोस्। छोराछोरीहरूले एक एक पैसा बचाएर परमेश्वरलाई दिने बानी बसाल्न बाबुआमाहरूले तिनीहरूलाई सिकाओस्। त्याग र आफ्नो स्वार्थलाई पन्छाएर सुसमाचारको सेवाकार्यलाई सहयोग गर्नुपर्दछ।
चर्चलाई कति दिने भनेर चर्चका सदस्यहरूले गनगन नगरोस्। कतिपय समयमा आवश्यकताको निम्ति चर्चले बारम्बार आह्वान किन गर्नुपर्ने हुन्छ? के सुसमाचार सुनाउने उाेग द्रुत गतिमा बढाउन होइन र? जबसम्म सुसमाचार प्रचारद्वारा मानिसहरूलाई मुक्ति दिलाउने काम भइरहन्छ तबसम्म त्यसको लागि दिने र खर्च गर्ने काममा कमी हुन दिनुहुन्न। हाम्रो प्रभु येशूलाई अस्वीकार नगरि चर्चले आफ्नो काम र इज्जतलाई बरबाद गर्न सक्दैन।
येशूलाई विश्वास नगरि रन्थनिएर बसेका मानिसहरूलाई प्रेम गरेर कलभरीको क्रुसमा येशूकहाँ ल्याउनुपर्दछ। परमेश्वरबाट हराइरहेकाहरू प्रतिको प्रेमले हामीलाई स्वार्थलाई पन्छाएर त्याग गर्ने बानीतिर हामीलाई अग्रसर गराउँदछ। हाम्रा स्रोत र साधन परमेश्वरबाट तर्किएर गएका एक जनाको निम्ति भनेपनि प्रयोग गर्नुपर्छ। जब ख्रीष्टको आफ्नो सम्पत्ति उहाँलाई नै दिने चलन येशूको अनुयायीहरूले बसाल्दछन् तब तिनीहरू स्वर्गमा धन थुपारिरहेको हुन्छ। तिनीहरूले यो स्यावास सुन्नेछन्, ‘स्याबास, असल र विश्वासी सेवक! तिमी थोरै कुरामा विश्वासी भयौ , अब म तिमीलाई धेरै कुराको जिम्मा दिनेछु। तिमी आफ्ना मालिकको खुशीमा सहभागी हो।’ मत्ती २५:२१ जो मानिस येशूको कदममा हिँड्छ वा येशूभावनामा हिँड्छ उसको त्याग र प्रयासले मानिसहरू अनन्त जीवनमा सहभागि गराउँछ भने त्यो आनन्द नै तिनीहरूको इनाम हुनेछ।
३०४

previous
अघिल्लो
अर्को
previous
chat