Oct 24, 2024

हामीहरू निर्माणकर्ताहरू हौँ, भत्काउनेहरू होइन

SCRIPTURE READING — यशैया ५८:१२

तिमीहरूका मानिसहरूले पुराना भगनावशेष फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्। तिमीहरू ‘भत्केका पर्खालहरू निर्माण गर्ने’ र ‘बस्ने घरहरूका निम्ति बाटो फेरि नयाँ बनाउनेहरू’ भनिनेछौ।
यशैया ५८:१२
के परमेश्वरको जीवित चर्च छैन र? उहाँको चर्च छ, तर त्यो चर्च सफल भएर बिजय उल्लासले अरूहरूभन्दा हामी केही कमीछैनौँ भनेर गर्ब गर्ने नभएर लडाकु चर्च हो। हामीलाई दु:ख लाग्छ कि हाम्रो चर्चमा आत्मिक र वौद्धिकरूपमा अपाङ्ग सदस्यहरू छन्। थोरैमात्र किन नहोस् प्रभुले सेभेन्थ-डे एडभेन्टिस्ट चर्चमा परिपक्व र येशूभावनामामात्र तल्लिन भएको विश्वासीहरू ल्याउनुहुन्छ भने, त्यस चर्चलाई तहसनहस गर्न एडभेन्टिस्ट भनाउँदाहरू नै किन नहुन् तर येशू र चर्चप्रति इमान्दारी र निष्ठावान नभएकाहरूलाई सैतानले सङ्गतिमा भित्राउँछ। जब येशूले असल बिउहरू छरिरहनुहुन्छ भने त्यसैबेला सैतानले सामाका बिउहरू पनि छरिरहेका हुन्छन्। चर्चका सदस्यहरूको बीचमा दुई प्रतिान्दीहरू निरन्तर युद्धस्तररूपमा काम गरिरहेकाछन्। एउटाले चर्चलाई शुद्ध गर्न प्रयास गरिरहेको छ भने अर्कोले परमेश्वरकै जनहरूलाई भ्रष्ट बनाउन र नैतिकरूपमा पतन गराउन दुष्प्रयास गरिरहेको छ।
वर्तमान संसारमा केवल एउटामात्र चर्च छ जुन अतिक्रमणको मारमा छ, र त्यसबाट जोग्न पर्खालहरू पनि बन्दैछ। भत्केका र उजाड भएका पुरानो स्थान वा कतिपयले पन्छाएका बाइबलीय विद्याहरूलाई पुननिर्माण गर्दै संसारका मानिसहरूको ध्यान आकर्षण गरिरहेको छ। दाजुभाइदिदीबहिनी अर्थात् येशभावनामा चल्न चाहने विश्वासीहरूलाई दोष दिन खप्पिस भएको सैतानसँग मिलेर खडा हुने अरू चर्चहरूलाई बेबिलोन वा भ्रष्ट चर्च भनेर जोशिलो पाराले निन्दा गर्ने चर्च सेभेन्थ-डे एडभेन्टिस्ट हो। परमेश्वरका दश आज्ञाहरू कायमै छ भनेर दावी गर्ने र प्रचार गर्ने एडभेन्टिस्टहरूको विरुद्धमा कतिपय संसारका मानिसहरू र इसाईहरूसमेत घृणाले जुरमुर्याइरहेका छन् र युद्ध गरिरहेका छन् । यह्वेको बफादार चर्चले त्यस युद्धमा सामेल भइरहनुभनेको चानचुने होइन। यो संग्राम भनेको के हो भनेर महसुस गर्ने एडभेन्टिस्टहरू युद्धस्तरमा लाग्ने चर्चसँग आफ्ना अस्त्रहरू प्रयोग गर्दैन, बरु तिनीहरूले आफ्ना सबै शक्ति, दक्षता, सीप र प्रतिभाहरूलाई सञ्चय गरि परमेश्वरका जनहरूसँग संयुक्त भएर सबै खालका दुष्ट तत्व र सैतानसँग कुस्ती खेल्न तम्तयार हुनेछ।
जो मानिसहरू परमेश्वरले नै सिकाउनुभएको हो र अगुवाइ गर्नुभएको हो भन्दै आधिकारिक चर्च संगठनसँग छुटेर आआफ्नै झुण्ड खडा गरेर, स्वतन्त्र भएर वा व्यक्तिगतरूपमा एडभेन्टिस्ट सन्देशलाई सुनाउँछन् तिनीहरूले वर्षौँ लगाएर परमेश्वरले निर्माण गर्न खोज्नुभएको चर्चलाई भत्काउन र टुक्रा गर्न खोजिरहेका हुन्छन्। यस मामिलामा म यो जिकिर गरेर भन्दछु कि ती एडभेन्टिस्ट भनाउँदाहरूले परमेश्वरको इच्छा र मर्मलाई पालन गरिरहेका छैनन्। यो कुरा यकिन होस् कि ती स्वतन्त्र एडभेन्टिस्ट झुण्डहरू महान् धोखेवाजको पक्षमा उभिरहेका छन्। तिनीहरूलाई विश्वास पनि नगर्नुहोस र तिनीहरूको पछि नलाग्नुहोस्।
३००

previous
अघिल्लो
अर्को
previous
chat