Oct 26, 2024

लाउडिकियाको निम्ति अथाह धनसम्पत्तिहरू

SCRIPTURE READING — प्रकाश ३:१८

यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नाे नगनताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्नु सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किनने म तिमीलाई सल्लाह दिन्‍छु।
प्रकाश ३:१८
लाउडिकियाको चर्चलाई दिएको सन्देश बाइबलको विद्या वा महान् ज्योति वा दिव्यज्ञान र धेरै अवसर पाएकाहरूको निम्ति हो, तर दु:खलाग्दो कुरो त यो छ कि तिनीहरू सबैले त्यो सन्देशलाई न बुझ्न सकेको छ न त सराहना नै गर्न सकेको छ।
इसाईहरू हौँ भनेर दावी गर्ने ठूलो जमात छन् तर तिनीहरूले इमान्दारपूर्वक येशूभावनामाभावित भएर येशूको पछि लागेका छैनन्। आफ्नो स्वार्थलाई त्यागेर, आफ्नो भाउलाई त्यागेर, अरूहरूको अगाडि सम्मान र कदर नखोजेर र आफ्ना स्रोतहरू परमेश्वरको महिमा गर्न र इज्जत थाम्न प्रयोग नगरेर आफ्नो क्रूस उचितरूपमा तिनीहरूले बोकेका हुँदैनन्। तिनीहरू सच्चा इसाई भनेर दावी गर्ला, तिनीहरू नियमितरूपमा चर्च जाला र दशांस र भेटीहरू पनि देला, तर तिनीहरूको चरित्रको तानमा आफ्ना कमजोर र अपरिपक्व वा अशि धागोहरू मिसाएर येशूको सुन्दर नमुनालाई नष्ट गरिरहेकाछन्। तिनीहरूको बारेमा येशूले भन्नुहुन्छ: तिमीहरू धनी छौ र आत्मिक स्तरमा ठूलो उपलब्ध प्राप्त गरेकाछौ र बाइबल तथा अरू धार्मिक ग्रन्थहरूमा पारख भएको छ भनेर दावी गर्छौँ होला। यथार्थमा तिमीहरू न त चिसो न त तातो छ। तिमीहरू बेकारका घमण्डहरूले भरिएका छौ र फुलिएका छौ। जब सम्म तिमीहरूमा मौलिक परिवर्तन हुँदैन, आत्मिक, नैतिक, मानसिक परिवर्तन हुँदैन तबसम्म तिमीहरूले मुक्ति पाउँछ भनेर आशा पनि नगर्नु। तिमीहरूको अपवित्र, मानवीय घमण्ड वा फुर्ती लगाउने विद्या वा वितालाई स्वर्गमा लगेर प्रदुषित पार्न दिइनेछैन। तिमीहरूको जोश, आत्मा र कामलाई म अनुमोदन गर्न सक्दिनँ। मैले देखाएको अनुसरणीय उदाहरण अनुसार तिमीहरू चलेका छैनौ। तिमीहरू आफुहरूले नै आविश्कार गरेका दर्शन र नमुनालाई पछ्याउँदैछौ। तिमीहरू मनतातो भएकोले म तिमीहरूलाई मेरो मुखबाट थुकिदिन्छु।
सत्य गवाहले भन्नुहुन्छ, “यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नाे नग्नताकाे शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु।”
येशू मानिसहरूको ढोका ढोकामा आउनुभएर प्रत्येक मानिसको मनमन्दिरमा धकधक्याउँदै भन्नुहुन्छ, “हेर म तिम्रो ढोकामा उभिएको छु, र ढकढकाउँदैछु।“ स्वर्गको महाजनले जस्तै उहाँले दौलत वा अमूल्य खजानाहरूले भरिएको कन्तुर खोल्दै भन्नुहुन्छ “तिम्रो ढोका खोल। म सँग सौदागिरी गर। म तिमीहरूको मुक्तिदाता हुँ। मसँग व्यापार गर भनेर म तिमीहरूलाई सल्लाह दिन्छु।“
प्रभु येशूको सरसल्लाह प्रोत्साहन, उत्साह र सान्त्वनाले भरिएकाछन्। सेभेन्थ-डे एडभेन्टिस्ट चर्चहरूले सत्य, विश्वास र प्रेमका तेजावी सुन उपलब्ध गर्न सकिन्छ, अनि तिनीहरू स्वर्गकौ दौलतमा धेरै धनी हुनेछन्।
३०१

previous
अघिल्लो
अर्को
previous
chat