Oct 14, 2024

नडराउ, म तिमीसँग छु

SCRIPTURE READING — यशैया ४१:१०

नडराउ, म तिमीसँग छु

तिमी नडराऊ, किनकि म तिमीसित छु। निरुत्साहित नहो, किनकि म तिम्रो परमेश्वर हुँ। म तिमीलाई बलियो पार्नेछु। म तिमीलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तिमीलाई समाल्नेछु।
यशैया ४१:१०
१८४४ को महान निराशको अनुभव भएको केही समयपछि मलाई पहिलो दर्शन दिएको थियो। म एक जना ख्रीष्टलाई विश्वास गर्ने बहिनीकहाँ भेटघाट गर्न गएको थिएँ। उनको हृदय मेरो हृदयसँग बुनिएको थियो। हामी पाँच जना महिलाहरू थियौँ। परिवारको बेदीमा हामी घुँडा टेक्दै प्रार्थना गर्दै थियौँ। जब हामी प्रार्थना गर्दै थिएँ तब परमेश्वरको शक्ति ममाथि पऱ्याे। यस्तो अनुभव मैले पहिला कहिल्यै पनि गरेको थिइँन। मेरो वरिपरि चहकिलो ज्योतिले बेरिएको जस्तै मलाई अनुभव भयो। अनि म यस पृथ्वीबाट माथि माथि गइरहेको थिएँ। मैले यस संसारमा रहेका एडभेन्टिस्टहरूलाई हेर्न खोजेँ, तर मैले कसैलाई पनि देखिँन। अनि एउटा आवाजले मलाई भन्यो; “फेरि हेर, तर अझ माथि।“ अनि मेरा आँखाहरू उठाएर हेरेँ। त्यहाँ सिधा र साँघुरो बाटो देखेँ। त्यो बाटो पृथ्वीभन्दा धेरै माथि थियो। त्यही बाटोबाट एडभेन्टिस्टहरू स्वर्गको सहरतिर यात्रा गर्दै थिए।
पछि मैले यो दर्शन विश्वासीहरूलाई सुनाएँ। यो त परमेश्वरबाट नै दिइएको दर्शन हो भनेर तिनीहरू विश्वस्त भए। जब मैले गवाही दिएँ तब परमेश्वरको आत्माको उपस्थित भएको हामीले महसुस गऱ्याै । अनन्त जीवनको गम्भिर उपस्थिति भएको हामीले अनुभव गऱ्याै। ममा शव्दले नै वर्णन गर्न नसकिने भयले भरियो। म कमजोरी र धेरै सानी केटीलाई परमेश्वरको जनहरूलाई उहाँको ज्योति फैलाउने औजारको रूपमा चुन्नुभएको आभास् पाउँदा मेरो औठबाट शब्द नै निस्कन सकेन।
त्यसपछि छिट्टै नै दोस्रो दर्शन पाएँ। मैले कस्तो दु:ख र परिक्षा भोग्नुपर्नेछ भनेर त्यस दर्शनमा देखाइएको थियो।तैपनि जे भएतापनि अरूहरूकहाँ गएर मलाई प्रकट गरिएको दर्शन सुनाउने मेरो कर्तव्य हो भनेर मलाई महसुस गराइएको थियो।
धेरै दिनसम्म रोइकराइ मैले प्रार्थना गरेँ। मैले मध्य रातसम्म नै प्रार्थना गरिरहेँ। मलाई दिएको दर्शन र सन्दैश मभन्दा बढि खुबी भएको व्यक्तिलाई देओस् भनेर मैले पुकारेँ। तर मैले गर्नुपर्ने कर्तव्यमा परिवर्तन आएन।
मेरो मुक्तिदाताले उहाँको सन्देशवाहक हुनुपर्छ भनेर सुनाउनुभयो। “तिम्रो काम,“ उहाँले मलाई निर्देशन दिनुभयो, “मेरा वचनहरू बोक्ने हो। मेरो आत्मा र शक्ति तिमीमा हुनेछ।.... प्रभुले नै तिमीलाई सन्देशहरू दिनुहुनेछ।“
जब प्रभुले दिनुभएको सन्देशहरू लेख्दछु तब त्यसबेला मेरो धारणाहरूमात्र व्यक्त गर्न म लेख्दिनँ। परमेश्वरले दर्शनमा खोलेर देखाउनुभएको सन्देशहरू म कलमले उतार्दछु। ती सन्देशहरू उहाँको सिंहासनबाट चम्किरहेको बहुमूल्य ज्योतिका किरणहरू हुन्।
२८९

previous
अघिल्लो
अर्को
previous
chat