Oct 11, 2024

साबथलाई पालना गर्ने चर्च

SCRIPTURE READING — प्रकाश १२:१७

अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र उनका बाँकि सन्तानसँग युद्ध गर्न गयो। त्यो बाँकि सन्तान तिनीहरू हुन् जो परमेश्वरका दश आज्ञाहरू पालन गर्छन्, र येशू ख्रीषटको गवाही दिन्छन्।
प्रकाश १२:१७
परमेश्वरको विधिको शासन अर्थात् दश आज्ञा अनुसार चल्ने र नचल्नेहरूको बीचमा ठूलो द्वान्द हुन्छ भनेर प्रकाश १२ अध्यायले खुलासा गरेको छ।
परमेश्वरको विधिमा चल्ने वा नचल्ने अर्थात् उहाँको आज्ञा अनुसार चल्ने वा नचल्ने प्रमाण चौथो आज्ञामा उल्लेख गरिएको साबथ पालनाले देखाउँदछ।
साबथले यस पुस्तालाई जाँच्दछ। जब सत्यको आत्मा वा जोश र सत्यमा चौथो आज्ञा पालन गर्छन् तब मानिसहरूले दश आज्ञाका सबै आदेशहरूलाई पालन गर्नेहुन्छन्। तर यो साथब आज्ञालाई पूरा पालन गर्न छमानिसले परमेश्वरलाई सर्वोच्चरूपमा प्रेम गर्नुपर्दछ, र उहाँका सबै जीवहरूलाई प्रेममाभावले व्यवहार गर्नुपर्दछ।
हप्ताको सातौँ दिन शनिबारलाई पवित्र राख्दा परमेश्वरका जनहरूलाई सतावट मिल्नेछ भन्ने समय आउँदैछ। समयहरू र व्यवस्था वा दश आज्ञालाई परिवर्तन गर्ने आफ्नो अधिकार छ भनेर सोच्ने पापको मानिसले जहिले पनि परमेश्वरका जनहरूलाई दवाइएको थियो। त्यस व्यक्ति विशेषले हप्ताको पहिलो दिन आइतबारलाई नै साबथ भनेर मान्नुपर्छ भनेर विभिन्न निकायहरूद्वारा जबरजस्ती लाद्‍नेछ। तर परमेश्वरका जनहरू उहाँको निम्ति अटल भएर उभिरहनुपर्दछ।
कोही मानिस पनि सैतानको प्रलोभन र परीक्षामा नपरोस्। परमेश्वरको व्यवस्थाप्रति उसको प्रतिवद्धताले उसमाथि रिस पोख्न सक्दछ। त्यही कारणले गर्दा हामी हृदय, आत्मा र आवाज उठाएर परमेश्वरसँग यो प्रार्थना गर्न घचेडिनुपर्दछ, “हे परमप्रभु, तपाईंले अब कार्य गर्ने बेला भएको छ, तपाईंको व्यवस्था भङ्ग हुँदैछ।“ भजनसंग्रह ११९:१२६। विश्वव्यापीरूपमै परमेश्वरको व्यवस्थाप्रति घृणा जागिरहेको समयमा म परमेश्वरलाई विश्वासघात गर्नेछैन। यसै बेला मेरो बफादारिताले परमेश्वरको ठूलो सम्मान र महिमा हुनेछ। उहाँको इज्जत थाम्न म कहिल्यै पनि पछि पर्नेछैन।“
जब सबै क्षमता, खुबी, स्रोत र शक्तिहरू परमेश्वरको पक्षमा समर्पण गर्नुपर्ने बेलामा के सेभेन्थ-डे एडभेन्टिस्टहरू चुपचाप बस्ने त? यथार्थमा तिनीहरूको ओठबाट कसैले प्रतिवाद नगर्ने, आदर्शमय र उचाल्ने गवाही दिनुपर्ने बेलामा सिथिल भएर बस्ने त? प्रत्येक सेभेन्थ-डे एडभेन्टिस्टले यो वचन हृदयमा सजाइ राख्नुपर्दछ: “मैले तपाईंका आज्ञाहरूलाई सुन र तेजावी वा निखुर सुनभन्दा पनि बढ़ी प्रेम गरेको छु।” भजनसंग्रह ११९:१२७। जब परमेश्वरको व्यवस्था वा दश आज्ञाहरूप्रति आम जनता खिसी उठाउँछन् र धेरै घृणा जगाउँछन्, त्यसबेला येशूका प्रत्येक अनुयायी निडर भएर एक समय दिएको विश्वासको चिराखलाई उचालेर खडा भइरहनुपर्दछ।
२८६

previous
अघिल्लो
अर्को
previous
chat