Oct 04, 2024

फैसला वा न्यायिक निर्णय गर्ने समयको सन्देश

SCRIPTURE READING — प्रकाश १४:६-७

अनि अर्को स्वर्गदूतलाई मध्य आकाशमा उड़िरहेका मैले देखें। पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो। तिनले चर्को सोरमा भने, “परमेश्वरको भय मान वा उहाँलाई श्रद्धा देखाउ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्दवत् गर।
प्रकाश १४:६-७
एक जना सिधा, इमान्दारी र परिश्रमी किसानीले बाइबलको आधिकारिताप्रति शङ्का र उपशङ्का व्यक्त गरेका थिए। तैपनि सत्य के हो भनेर भित्री हृदयदेखि नै इमान्दार भएर आफूखुशी बाइबल पढ्न थालेका थिए। ख्रीष्टको दोस्रो आगमनको सन्देश फैलाउने काममा अगुवाइ गर्न परमेश्वरले यही व्यक्तिलाई विशेष गरेर रोज्नुभएको थियो।
त्यस मानिसलाई बाइबलमा भएका भविश्यवाणीहरूलाई बुझाउन उनकहाँ परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनुभएको थियो। यस संसारका मानिसहरू विश्व इतिहासको अन्तिम घडीमा बाँचिरहेका छन् भन्ने विभिन्न दृश्यहरूद्वारा उनले बाइबलबाट विद्या सिके, तर तिनीहरूलाई यो थाहा थिएन भनेर पनि उनले महसुस गरे। आफ्नो खेतबारीको काम छोडेर त्यो सन्देश सुनाउन आफूलाई समर्पित गर भनेर परमेश्वरले उनलाई सुनाउनुभयो। डराइ डराइकन परमेश्वरको राज्यका रहस्यहरू मानिसहरूको सामु विलियम मिलरले प्रस्तुत गर्न थाले। बाइबलमा भएका भविष्यवाणीहरूलाई औँल्याउँदै उनको श्रोतावर्गहरूलाई सिकाउन थाले र ती भविष्यवाणीहरूको अन्त येशूको दोस्रो आगमनमा हुँदैछ भनेर उनले जोरकातोरले सिकाउन थाले।
विलियम मिलेर प्रचार गरेका सत्यलाई हजारौँले अङ्गालेका थिए। त्यो सत्य सन्देश एलियाको जोश र शक्तिले सुनाउन धेरै मानिसहरूलाई परमेश्वरले खटाउनुभएको थियो। त्यस सत्यको सन्देश गम्भीर थियो र परमेश्वरको क्रोधबाट भाग्न मानिसहरूलाई चेतावनी दिइएको थियो। विभिन्न चर्चका धेरै मानिसहरू मनलाई हलुका बनाउने त्यस सन्देशले एक भए। आफूहरू परमेश्वरको मार्गबाट भ्रष्ट भएका तिनीहरूले महसुस गरे। तिनीहरू पश्चातापको आँशु बगाउँदै भित्री हृदयदेखि नै पीडाको अनुभव गरेर परमेश्वरको सामु नम्र भएर आफूहरूलाई उहाँलाई सुम्पेका थिए। पापीहरू आत्म परिवर्तन भएको र इसाईहरूको बीचमा आत्मिक जागरण भएकोले त्यो सन्देश परमेश्वरबाट आएको थियो भनेर प्रमाणित गरेको थियो।
विश्वासीहरू स्पष्ट भएर येशूको आगमन १८४४ मा हुनेछ भनेर सबै ढुक्क भए थिए। तिनीहरूले प्रस्तुत गरेका तर्कहरू तिनीहरूको विरोधीहरूले विवाद गर्न सकेको थिएन।
“न्यायको समय आयो,“ भन्ने घोषणाले मानिसहरूको मुक्तिको निम्ति ख्रीष्टले गर्नुहुने समापन कामलाई औँल्याउँछ। हाम्रो निम्ति येशूले गरिरहनुभएको पहल वा विन्ति समाप्त नहुञ्जेल यो सत्यलाई प्रचार गरि नै रहनुपर्दछ। अनि उहाँले त्यो काम सक्नुभएपछि यस पृथ्वीमा उहाँको आगमन महिमाको साथ हुनेछ र उहाँका जनहरूलाई उहाँले आफूसँग लानुहुनेछ।
२७८

previous
अघिल्लो
अर्को
previous
chat