Oct 27, 2024

मेरो व्यवस्था पालन गर्ने जनहरू

SCRIPTURE READING — प्रकाश १४:१२

परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विशवास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ।
प्रकाश १४:१२
हामी महान् र महत्त्वपूर्ण घट्नाहरूको ढोकामा नै छौँ। भविष्यवाणीहरू पूरा भइरहेकाछन्। अनौठो तर उल्लेखनीय इतिहासका पानाहरू स्वर्गमा रहेका पुस्तकहरूमा लेखिएकाछन्। संसारमा भएका सबै थोकहरू आन्दोलनै आन्दोलनमा हल्लिरहेका छन्। मानौँ हामीमा केवल एक क्षणमात्र बाँकि छ। अन्तिम महायुद्धको निम्ति योजना गर्न सैतान अत्यन्तै व्यस्त छ। त्यसबेला सारा मानिसहरू उसको पक्षमा उभिनेछ।
आत्मिक अन्धकारले मातिएका मानिसहरू हामी अचम्मको प्रगतिमा लागिरहेकाछौँ र दिव्यज्ञानमा अग्रसर भइरहेकाछौँ भनेर धक्कु लगाउँछन्। तर तिनीहरूको भित्री हृदय कतिको दोषी, प्रदुषित र नैतिक भ्रष्ट भएर पतित भइरहेकाछन् भन्ने सर्वज्ञानी परमेश्वरका आँखाहरूले हेरिरहनुहुन्छ। यस पृथ्वी आतङ्‍क, हिँसा र अनेकौँ अपराधहरूले भरिरहेको छ भनेर स्वर्गका दूतहरूले हेरिरहेकाछन्। अनेकौँ चालबाजी खेलेर, एक आपसलाई धोखा दिएर, लुट्न प्रत्येक जालसाजी प्रयोग गरेर मानिसहरू धन कमाइरहेकाछन्। तिनीहरू आफूआफुहरूसँगमात्र होइन परमेश्वरको पनि डकैती गरिरहेकाछन्। परमेश्वरको सम्पत्तिलाई पनि प्रयोग गरेर मानिसहरू आफ्नो स्वार्थपूर्ति गरिरहेकाछन्। आफ्नै लोभ र लालचलाई पोषण गर्न मानिसहरू आफूले भ्याएसम्म हातमा पारेर स्वार्थपूर्ति गरिरहेकाछन्। इन्द्रियतृप्तिको निम्ति अनेकौँ लोभ, लालच, भोग, बिलासीले मानिसहरू मात्तिएका छन्। पहिलो महान् धोखेवाज सैतानका लक्षणहरूलाई मानिसहरूले आफ्ना हृदयहरूमा सजाइरहेकाछन्। सैताको जोश, उत्साहले तिनीहरूको जीवन रंगिएको छ।
तर तिनीहरूमाथि परमेश्वरको न्यायिक क्रोध झुण्डिरहेको छ। तिनीहरूमा ती तत्वहरू छन् जसले गर्दा सोडोम ध्वस्त हुन पुगेका थियो। यस संसार नाश हुने दृश्य अगमवक्ता यूहन्नाले विभिन्न दर्शनहरूद्वारा देखेका थिए। दुष्ट आत्मा वा राझसी प्रवृत्तिलाई पुजा गरेको दृश्य उनलाई प्रकट गरेको थियो। सारा संसार नै बिनाशको बाटोमा उभिरहेको देखिन्छ। तर जब युहन्नाले अत्यन्तै गहिरिएर संसारको गतिविधि हेर्दा उनले त्यस झुण्डलाई देखेका थिए जसले परमेश्वरको दश आज्ञाहरूलाई पालन गरिरहेका थिए। तिनीहरूको निधारमा जीवित परमेश्वरको लालमोहरको छाप थियो। अत्यन्तै भावुक भएर यूहन्नाले यो उच्चारण गरे, “परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने वा येशूमा भएको विश्वास हुने सन्तहरूको धैर्य धारण यसैमा छ।” प्रकाश १४:१२ ( रूपान्तरित ) ।
येशूमाथिको विश्वास वा जुन विश्वास उहाँमा थियो त्यो विश्वास हुनेहरू र दश आज्ञा पालन गर्ने नीतिको झण्डा परमेश्वरले दिनुभएको परिक्षणकालको समयमा विश्वासीहरूले बोकेका हुन्छन्। यो समय फाइफुट्टी लाउने समय होइन। हाम्रो आस्थाप्रति लज्जित हुने समय पनि होइन। प्रत्येक मानिस आआफ्नै ठाउँमा उभिनुपर्दछ। तिनीहरूले जे गरेतापनि, जे सोचेतापनि, जे बोलेतापनि परमेश्वरको आत्माको तालमेलमा बोल्नुपर्दछ।
३०२

previous
अघिल्लो
अर्को
previous
chat