Oct 06, 2024

अन्तिम महत्त्वपूर्ण गम्भिर चेतावनी

SCRIPTURE READING — प्रकाश १४:९-१०

त्यसपछि तेस्रा स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्याे पशु र त्यसको मूर्तिलाई पुज्याे र निधार वा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुनने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
प्रकाश १४:९-१०
स्वर्गमा रहेको पवित्रस्थानको पवित्र कोठामा भएको येशूको सेवाकार्य समाप्त भएपछि उहाँ महापवित्र कोठामा पस्नुभएको थियो जहाँ परमेश्वरको व्यवस्था वा दश आज्ञाहरू भएको सन्दुक थियो। त्यसबेला उहाँले तेस्रो सन्देशसहित अर्को शक्तिशाली स्वर्गदूतलाई यस संसारमा चेतावनी दिन पठाउनुभएको थियो। यस सन्देशले परमेश्वरका जनहरूलाई सतर्क गराउन दिइएको थियो। तिनीहरूमाथि आउने सतावट, पीडा र विश्वासलाई त्याग्न चाहने सङ्‍कट तिनीहरूको सामु आएको छ भन्ने कुरा तिनीहरूले बुझ्नुपर्दछ। पशु पोपियतन्त्र प्रतिक हो भनेर प्रायजसो सबै प्रोटेस्टेन्ट वा सुधारवादी इसाई सम्प्रदाय वा डिनोमिनेशले विश्वास गर्दछन्।
पशुको मूर्तिले परमेश्वरको सत्य वचनको सत्य शिक्षादीक्षालाई त्यागेर भ्रष्ट भएको प्रोटेस्टेन्ट वा सुधारवादी इसाई धारणाको प्रतिनिधित्व गर्दछ। सांसारिक शासकहरू शक्ति र नागरिक ऐनको सहायता लिएर तिनीहरूले सिकाएको धर्म वा शिक्षादीक्षालाई मानिसहरूलाई जबरजस्ती लाड्नेछन्।
रोमन क्याथोलिक चर्चको पोपियतन्त्रका विद्वान र नामुद फादरहरूले त्यस चर्चको अधिकारलाई सर्वसम्मतबाट मान्यता दिलाउँदै यो घोषणा गर्नेछन्, “बाइबलमा उल्लेख गरिएको हप्ताको सातौँ दिन पवित्र राख भन्ने परमेश्वरको आज्ञालाई रोमन क्याथोलिक चर्चको अधिकारले आइतबारमा सारिएको छ।“ त्यसकारण परमप्रभु सनातन परमेश्वर सृष्टिकर्ताको चिनारी दिने हप्ताको सातौँ दिन साबथलाई परिवर्तन गर्न खोज्ने आँटले रोमन क्याथोलिक चर्चको आत्मिक अधिकार, छाप र चिन्हलाई देखाउँछ। यो नै पशुको छाप हो।
वर्तमान समयसम्म आइतबारलाई पालन गर्नु भनेको पशुको छाप भन्न मिल्दैन, तर जब रोमन क्याथोलिक चर्च समेत प्रोटेस्टेन्ट चर्चहरूसँग मिलेर पशुको मूर्तिको रूपमा लिइएको आइतबारलाई पालन गर्न नागरिक ऐनको सहायता लिएर अध्यादेश जारी गर्छ तब त्यसबेला आइतबारलाई पशुको छाप भन्न सकिन्छ। त्यसबेला हप्ताको सातौँ दिन शनिबार होइन आइतबारमानै परमेश्वरको आराधना गर्नुपर्छ भनेर जबरजस्ती आम जनतालाई कर लगाउनेछ।
जब सम्म त्यो अध्यादेश जारी हुँदैन तबसम्म मानिसहरूको सामु परमेश्वरका आज्ञाहरू मान्ने कि मानिसका अर्थात् पोपका आज्ञाहरू मान्ने भन्ने निर्णय राखिरहेको हुन्छ। ती मानिसहरू जो परमेश्वरको आज्ञालाई अवहेलना गरेर आइतबार नै साबथ हो भनेर जिकिर गर्छ तिनीहरूले पशुको छाप पाउनेछन्।
जब परमेश्वरले यस खालको महत्त्वपूर्ण चेतावनीका सन्देशहरू प्रचारप्रसार गर्न मानिसहरूलाई खटाउनुहुन्छ तब तिनीहरू आकाशको बीचमा उडिरहेका पवित्र स्वर्गदूतहरूको प्रतिनिधित्व गरेका हुन्छन्। त्यसबेला समझशक्ति र आत्मनिर्णय गर्न क्षमता भएका संसारका प्रत्येक व्यक्तिले ती सन्देशहरूलाई आत्मसात् गर्न परमेश्वरले अपेक्षा गर्नुहुन्छ।
२८१

previous
अघिल्लो
अर्को
previous
chat