Oct 12, 2024

पवित्र आत्माका बरदानहरू

SCRIPTURE READING — १ कोरिन्थी १२:१,७

भाइ हो, आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भनने मेरो इच्छा छैन। सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।
१ कोरिन्थी १२:१,७
पवित्र आत्माका बरदानहरू र त्यसलाई कार्यान्वयन गर्न चर्चलाई सुम्पेको छ भनेर पावलले स्पष्टरूपमा सबैलाई सुनाएका छन्। ती बरदानहरू किन दिए त भन्दा एफिसी ४:१३। मा नै पावलले यो व्यक्त गर्दछन्, “जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं तबसम्म पवित्र आत्माको बरदानहरू चर्चमा हुन्छन्।“ एफिसी ४:१३ (रूपान्तरित)।
सबै मानिसहरूले एकै खालका बरदान वा दक्षताहरू पाउँदैनन्। तर स्वामीको प्रत्येक सेवकलाई पवित्र आत्माको कुनै न कुनै बरदान वा खुबी दिएको हुन्छ। प्रतिभाशाली, सबै किसिमका दक्षता र सिप भएका मानिसहरू परमेश्वरको निम्ति आवश्यक छ। पावलले स्पष्टरूपमा त्यस मामिलामा यसरी उल्लेख गरेका छन्, “उहाँले दिनुभएको दक्षता वा वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, १२ कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसञ्जित होऊन्।“ एफिसी ४:११-१२ ।
परमेश्वरको महान् दिनसँग त्यतिखेर नै सम्बन्ध राखेर प्रभुले अगमवक्ता योयललाई ती दृश्यहरू देखाउनुभएको थियो। उहाँले पवित्र आत्मा विशेष गरेर प्रकट हुनुहुनेछ भनेर उनलाई प्रतिज्ञा गर्नुभएको थियो। योयल २:२८। जब पेन्टिकोस्टको पर्वमा भेला भएका येशूका अनुयायीहरूमा पवित्र आत्मा खनिए तब त्यो प्रतिज्ञा आँसिकरूपमा पूरा भएको थियो। तर त्यो प्रतिज्ञा त्यसबेला पूर्णरूपमा पूरा हुनेछ जब सुसमाचार सुनाउने काम बन्द हुनेछ। त्यसबेला परमेश्वको अनुग्रह उहाँका अनुयायीहरूमा पवित्र आत्मा खनिएर प्रदान गरिनेछ। चर्चलाई परमेश्वरको अनुग्रह र शक्तिको विशेष आवश्यकता येशूका चेलाहरूको समयमा जस्तै अहिले पनि कम छैन।
परमेश्वरले पुरुष र स्त्रीलाई माथिबाट वर्षिने शक्तिले सम्पन्न गराउनुहुनेछ, जसरी पेन्टिकोस्टको दिनमा उहाँले खनाउनुभएको पवित्र आत्माको प्रतापले हजारौँले मुक्तिको सुमाचार सुनेका थिए। अहिले नै यसै समयमा उहाँको आत्मा र उहाँको अनुग्रह ती सबैमा हुन्छ जसलाई आवश्यकता छ र उहाँको आज्ञा वा वचनलाई अझरसरूपमा पालन गर्दछ।
येशू ख्रीष्टद्वारा पाइने बरदानहरू अहिले नै हाम्रो हुन्, तर त्यसलाई खास ग्रहण गर्ने र प्रयोग गर्ने हामीले पाउने परमेश्वरको पवित्र आत्मालाई ग्रहण गर्नुमा भर पर्दछ।
यदि तिनीहरू ख्रीष्टसँग सम्पर्कमा रहिहरन्छ भने ती आत्मिक बरदानहरू तिनीहरूको हुन्छ। उहाँका जतिसुकै गरिब र अवोध तथा अज्ञानी चेलाहरू किन नहुन् तिनीहरूमा परमेश्वरको शक्तिले तिनीहरूका हृदयहरूमा काम गरिरहन सक्छ। जगतमा भएका अत्यन्तै उच्च प्रभावलाई परिचालन गर्न परमेश्वरले तिनीहरूलाई नै माध्यम बनाउनुहुनेछ।
२८७

previous
अघिल्लो
अर्को
previous
chat