Oct 23, 2024

हामीलाई परमेश्वरले नाउँ दिनुभ

SCRIPTURE READING — व्यवस्था २८:९-१०

परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफनाे लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ। तब पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन् र तिमीहरूसँग डराउनेछन् अर्थात् तिमीहरूप्रति श्रद्धा राख्नेछन्।
व्यवस्था २८:९-१०
यदि हामी महिमित र अनन्तको स्वर्गको राज्यमा सहभागी हुन चाहन्छौँ भने हामी परमेश्वरसँग करारको सम्बन्ध राख्नै पर्दछ, र हामीसँग भएका सबै शक्ति, स्रोत र साधनहरू ख्रीष्टकहाँ मानिसहरू आओस् भनेर प्रयोग गर्नुपर्दछ। परमेश्वरका जनहरू अनौठो, आफ्नै मौलिक मूल्यमान्यता भएको, पवित्र जनहरू, संसारको स्वभाव र व्यवहारभन्दा विशेष फरक भएकाहरू र सबै धर्मका अनुयायीहरूभन्दा फरक हुनैपर्दछ। व्यक्तिगतरूपमा तिनी धर्मपरायणको र सुकामले सुसज्जित भएको भनेर सबैलाई नमुनाको रूपमा देखाइरहनुपर्दछ। हामीले गरेको भन्दा पवित्र र उच्च कामको जिम्मा हामीलाई दिइएको छ। ख्रीष्टले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन।“ संसारका व्यवस्था, ऐन कानुन, नीति, नियम र चालचलनहरू अनुसार ख्रीष्टको राज्य चलिन्दैन। परमेश्वरले उहाँको चर्चलाई संसारको ज्योति भनेर स्थापना गर्नुभएको छ, सारा संसारलाई स्वर्गतिर अगुवाइ गर्ने काम चर्चको हो। यथार्थमा भन्ने हो भने चर्च यस पृथ्वीमा स्वर्गको भाग हो। अज्ञानता, अन्धकारमा अलमलिएर हिँड्नेहरूको बाटोमा चर्च स्वर्गबाट चम्किरहेको किरण हुनुपर्दछ।
तपाईंहरू सारा संसारका मानिसहरू र स्वर्गका जीवहरूको तमासा वा रमिता हो। परमेश्वरका जनहरूले उहाँका दिव्यज्ञानलाई पाउनुपर्दछ र अरूहरूलाई देखाउनुपर्दछ। अब म त इसाई भएँ, म चम्किन चाहन्छु भनेर तिनीहरूले प्रयास गर्नु जरुरी छैन; यदि तिनीहरूका हृदयहरू येशूको दिव्यज्ञानले चम्केको छ र चम्किरहेको छ भने तिनीहरू स्वत चम्किरहनेछन्। येशूको लागि नचम्किकन तिनीहरू बस्नै सक्दैनन्। तिनीहरूकै अनुहारले येशूको चमक देख्नेछ; येशूका प्रत्येक भक्त, सकल र सच्चा चेलाले पापलाई क्षमा गर्ने मुक्तिदातालाई कुनै न कुनै रूपमा प्रकट गरिरहेको हुन्छ।
हामीहरू सेभेन्थ-डे एडभेन्टिस्टहरू हौँ। के हामी हाम्रो नामप्रति लज्जित छौँ त? हामी ठोकुवा गरेर भन्छौँ, अहँ, अहँ! हामी हाम्रा नामप्रति लज्जित छैनौँ। यो नाउँ प्रभु आफैले हामीहरूलाई दिनुभएको थियो। चर्चलाई परिक्षित गर्ने सत्यलाई यो नाउँले औँल्याउँछ। यही नाउँको कारण हाम्रा नयनहरू निरन्तररूपमा येशूतिर लक्षित गरिरहनुपर्दछ।
सेभेन्थ-डे एडभेन्टिस्ट नाउँ आफैले हाम्रो विश्वासको मौलिकतालाई सबैको अगाडि प्रस्तुत गर्दछ, र यो भनेको के हो भन्न बुझ्न चाहने मानिसको दिमागलाई यसले जगाइ दिन्छ। परमेश्वरको बाणबाट हिर्काएको तीरले जस्तै परमेश्वरको व्यवस्थालाई उलङ्घन गर्न चाहने वा दश आज्ञालाई मान्नुपर्दैन भनेर वकालत गर्ने इसाईहरूको दिमागमा हानी दिन्छ र घाइते बनाउँछ। यसले गर्दा तिनीहरू पश्चाताप गर्दै परमेश्वरतिर फर्किन्छन् र हाम्रो प्रभु येशू ख्रीष्टको विश्वासमा समाहित हुन्छन्।तपा येशुगत हुनुहुन्छ भनेर दावी गर्नु हुन्छ भने तपाईकाे धर्मले तपाईलाईके गर्न सकेकाे छ भनेर धेरैका आँँखाहरु तपाईतिर हुन्छ । यदी परमेश्वरले तपाईलाई दिनुभकाे काम विश्वास साथ गरीरहनु भयाे भने तिनिहरुलाई तपाईले ठिक प्रभाव पार्न सक्नु हुनेछ र तपाईद्वारा धेरै मानिसहरु धार्मिकताकाे बाटाेमा अगुवाई हुनेछ ।
२९९

previous
अघिल्लो
अर्को
previous
chat