Nov 01, 2024

यस्तो समयको लागि

SCRIPTURE READING — एस्तर ४:१४

यस्ताे बेलामा तिमी चूपै लागी बस्याै भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नषटहुनेछन्। सायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?
एस्तर ४:१४
जसले पापको स्वभावलाई मन पराउँदैन र घृणा गर्दछ र त्यसको प्रतिरोध गर्न परमेश्वरबाट बल पाउँछ, त्यसप्रति सैतानको क्रोध वज्रिन्छ। त्यही आक्रमणकारी जोशले विगतका युगहरूमा सत्य चर्चलाई धुलोपिठो गर्न गर्न खोजेको थियो, त्यही जोशिलो तत्वले परमेश्वरप्रति र दश आज्ञाहरूप्रति बफादार हुने चर्चलाई भविष्यमा पनि आक्रमण गर्ने योजना जारी राख्नेछ।
सम्रात् अहसूरसले उनको प्रधानमन्त्रीको सल्लाह बमोजिम उनको राज्यका सारा यहूदीहरूको हत्या गर्न अध्यादेश जारी गरेका थिए। त्यही खालको अध्यादेश परमेश्वरका बचेखुचेका वा बाँकि जनहरूको विरुद्धमा अन्तिम समयमा सैतान र उसका मतियारहरूले जारी गर्नेछ। जसरी राजाको ढोकामा एस्तर महारानीको काका मोर्देकै मूल ढोकामा त्यस अध्यादेशकोप्रति दु:खी भएर बसेका थिए त्यसरी नै आज पनि सत्य चर्चको सानो झुण्ड जसले साबथ आज्ञालाई पालन गरिरहेकाछन् संसारको अन्त्यमा निडर भएर खडा भइरहेका छन्।
संसारका चालचलन, परम्परा, संस्कार र पतित चर्चहरूको लोकप्रिय साबथ आइतबारलाई नमान्ने अल्प झुण्डमाथि आक्रमण गर्न सैतानले आफ्नो प्रचण्ड क्रोध देखाउनेछ। मानिसहरूलाई सताउन अधिकार पाएका संसारका शासक, बाइबलका विवान अगुवा र पास्टर र अरू इसाईहरू मिलेर परमेश्वरका सत्य जनहरूलाई नाश गर्न षडयन्त्र गरिनेछ। सत विश्वासीहरूको आस्थालाई तहसनहस गर्न ती विषालु तत्वहरूले विभिन्न माध्यमहरू अपनाउनेछन्, जस्तै भाणण, प्रवचन, लेख, विज्ञापन, धक्की लगाउने क्रियकलाप, धम्की, तिरस्कार, गिल्ला, उपहास आदिहरूको प्रयोग। ती खराब तत्वहरूले बाइबल साबथको वकालत गर्ने विश्वासीहरूको खिलाफमा बाइबलबाट “परमेश्वरले यसरी भन्नुभयो“ भन्ने प्रमाण नपाएकोले आफ्नो अज्ञानतालाई लुकाउन विभिन्न नागरिक ऐन कानुनहरू बनाउन दिएर विश्वासीहरूलाई दमन गर्न खोज्नेछन्। आफ्नो लोकप्रियतालाई कायम राख्न र रोमन क्याथोलिक चर्चको संरक्षणमा रहन आइतबार नै साबथ भनेर सबैले मान्नुपर्छ भनेर सदनका विधायीकाहरूले प्रस्तावको अनुमोदन गर्नेछन्। तर परमेश्वरको दश आज्ञामा स्थापित साबथ सत्यलाई विरोध गर्ने कानुनलाई सत्य परमेश्वरको श्रद्धा राख्नेहरूले स्वीकार गर्नेछैन। सत्य र गलतको बीचमा महान् विवादमात्र होइन महान् संग्रामको युद्धभमि हुनेछ अर्थात् आइतबारलाई पालन गरेर पोप र अरू इसाईहरूको बाहुल्यतालाई स्वीकार गर्ने कि सातौँ दिन साबथलाई पालन गरेर सृष्टिकर्ता परमेश्वरको पक्षमा उभिने भन्ने विषयबस्तुको आधार नै परमेश्वरका जनहरू र सैतानको मतियारहरूको बीचमा चर्किने अन्तिम युद्ध हुनेछ।
जुन वचनहरू मोर्देकैले एस्तरलाई सुनाएका थिए ती वचनहरू उच्च पदमा रहेका वा अधिकारमा पहुँच पुगेका आजका स्त्री,पुरुष, युवा र युवतीहरूलाई लागु हुनेछ: “सायद त्यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”
३०६

अर्को
previous
chat